Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

पत्रकार दुर्व्यवहारकाे बिराेधमा जिप्रकाकाे समाचार बिहिस्कार गर्न निर्णय

spot_img
spot_img

वीरगंज । वीरगन्जको सामुदायिक रेडियो नारायणी एफएममा कार्यरत पत्रकार तिवारी यादव रिहा भएका छन् । वीरगन्जको लिंकरोडस्थित एफएम स्टेशनकै प्रवेशद्वारबाट आज दिउसो २ बजे पत्रकार यादवलाई प्रहरीले पक्राउ गरेको थियो ।

पत्रकार यादव ५ घण्टा पछि रिहा भएका हुन । पर्सा प्रहरीको ज्यादतिको बिरुद्धमा नेपाल पत्रकार महासंघ पर्साले आन्दोलनको घोषणा गरेको छ । महासंघ पर्साका अध्यक्ष श्याम बन्जाराले पर्सेली संचारकर्मीहरु आजैबाट जिल्ला प्रहरी कार्यालय पर्साको सम्पुर्ण समाचार बहिष्कार गर्ने र भोली बिहान ८ बजे घण्टाघरमा धर्ना दिने जानकारी गराउनु भयाे ।

अध्यक्ष बन्जाराले पत्रकार माथि भएकाे दुरव्यहारको घोर बिरोध गर्दै दोषी प्रहरीमाथि कारवाही नभए सम्म आन्दोलन गर्ने जानकारी दिनुभयो । पत्रकार यादवको मोबाईल अहिले पनि प्रहरीले नै राखेको छ ।

यता प्रेस संगठन नेपाल पर्साकाे प्रेस विज्ञप्ति जारी गर्दै विश्व महामारीको रूपमा फैलिएको काेराेना भाईरस काेभिड १९ विरूद्ध साझा लडाइँ लडिरहेकाे अवस्थामा पर्सा प्रहरीको पछिल्लाे गतिविधि प्रति संगठनकाे गम्भीर ध्यानाकर्षण भएको जनाएकाे छ ।

प्रेस संगठन पर्साका अध्यक्ष निरज पिठाकाेठे मगरले विज्ञप्ती जारी गर्दै लकडाउनकाे समयमा अतिअावश्यक कामका लागि निस्किएका सर्वसाधारणदेखि स्वास्थ्यक्षेत्र र सञ्चारक्षेत्रमा खटिएका सञ्चारकर्मीमाथि पनि प्रहरीले दुर्व्यहार गरेकाे एकपछि अर्काे घटना भईरहेकाे छ । अाईतबार मात्रै पत्रकार तिवारी यादवलाई नारायणी एफएम अगाडिबाट प्रहरीले नियन्त्रणमा लिएर दुर्ववहार गरेकाे घटनाकाे संगठन घाेर भ्रत्सर्ना गर्दछ जनाइएकाे छ ।

प्रेस विज्ञप्ती मार्फत नै प्रहरीको व्यवहारले अाम नागरिकमा सुरक्षा निकायप्रतिकाे विश्वास गुम्दै गएकाे भन्दै प्रेस संगठन नेपाल पर्साका सदस्य पत्रकार तिवारी यादवमाथि भएको घटनाकाे निष्पक्ष छानविन गरि दाेषी प्रहरीमाथि कारवाहीकाे माग गरिएकाे छ ।

यसका साथै सञ्चारकर्मीलाई कार्यस्थलमा जाने सहज वातावरण बनाउन अाग्रह गर्दै नेपाल पत्रकार महासंघ पर्सा शाखाले घाेषणा गरेकाे अान्दाेलनप्रति संगठनले ऐक्यबद्धता जनाएकाे अध्यक्ष मगरले वताउनुभयाे।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...