13 April 2025
KALIKATIMES.COM

प्रसिद्ध बलीवुड अभिनेता इरफान खानको निधन

प्रसिद्ध बलीवुड अभिनेता इरफान खानको निधन भएको छ।

स्वास्थ्य बिग्रिएपछि मङ्गलवार उनलाई मुम्बईस्थित कोकिलाबेन अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएको थियो।

उनी क्यान्सरबाट पीडित थिए। तर उनलाई सघन उपचार कक्षमा भर्ना गरिनुको कारण थाहा नभएको बीबीसी हिन्दीले जनाएको छ।

खानले पानसिंह तोमर, मकबूल, सलाम बाम्बे, द लन्च बक्स, लाइफ अफ पाई, जुर्‍यासिक वर्ल्ड, स्लमडग मिलीअनेअरजस्ता बलीवुड र हलीवुडमा बनेका चर्चित चलचित्रमा अभिनय गरेका छन्।

उनको अभिनयको धेरैले प्रशंसा गरेका छन्। उनको जन्म सन् १९५७ मा भएको बताइएको छ।

इरफान खानको मृत्यु भएपछि उनका प्रवक्ताले एउटा विज्ञप्ति प्रकाशित गरेका छन्।

“मलाई यकिन छ कि मैलै हारिसकेको छु-अभिनेता इरफान खानले सन् २०१८ मा आफ्नो नोटमा यो मन छुने कुरा लेखेका थिए। क्यान्सर रोग लागेपछि उनी सङ्घर्ष गरिरहेका थिए। आज हामी उनीबीच नरहेको दुख:द खबर हामी दिइरहेका छौँ,” विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

रोमान्टिक शैलीको “जाऊ हिँड पोखरा” सार्वजनिक

कालिका टाईम्स

क्युएफएक्स वीरगंजकाे पहिलो बार्षिकाेत्सवमा दर्शकलाई अफर

कालिका टाईम्स

“इनकार नाम गहवा माई” बोलको भोजपुरी गीत सार्वजनिक

कालिका टाईम्स
SQL requests:215. Generation time:4.204 sec. Memory consumption:82.58 mb