Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

राजनितिक भेटघाटलाई अतिरन्जन गरेर दुस्प्रचार : युवा संघ पर्सा

spot_img
spot_img

वीरगञ्ज । राष्टिय युवा संघ पर्साले युवा संघका इन्चार्ज महेश बस्नेतसँग जोडिएर समाजवादी पार्टीका सांसद् डा. सुरेन्द्र यादबको अपहरण सम्बन्धि आएकाे समाचारप्रति आपत्ति जनाएको छ ।

जिल्ला कार्यसमिति पर्साका संयोजक महमद निजामुद्धिनले आइतबार एक प्रेस विज्ञप्ति जारि गर्दै आपत्ति जनाएका हुन् । विज्ञप्तीमा राजनितिकी पुर्वाग्रह राखेर प्रसारण तथा प्रकाशन गरिएका समाचारप्रति ध्यानआकर्षण गराइएको छ ।

राजनितिक पार्टीका नेता तथा कार्यकर्तासँगको भेटघाट तथा वार्तालाई अतिरन्जन गरेर दुस्प्रचार गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ । “युवाहरुमा लोकप्रिय छवी बनाएका हाम्रा राष्ट्रिय इन्चार्ज.महेश बस्नेतलाई राजनीतिक प्रतिशोध साँधेर समाजबादी पार्टीले आफ्नो पार्टी फुटाउने कार्यमा संलग्न भएको भन्दै अनर्गल आरोप लगाउनु आफैँमा हास्यास्पद रहेको सबैलाई अवगत नै भइसकेको छ ।” विज्ञप्तिमा उल्लेख गरिएको छ ।

संघले राजनीतिक भेटघाट र छलफललाई अतिरञ्जित गरि अनर्गल प्रचार प्रसार गरिनु आफैँमा राजनीतिक परिपक्वता नठहरिने जनाएको छ । “अपहरणमा परेको भनेर चर्चामा आएका समाजवादी पार्टीका सांसद डा.सुरेन्द्र यादवले विभिन्न सञ्चारमाध्यममा दिएका पछिल्ला अन्तर्वार्ताहरु नै विवादास्पद देखिएका छन् । कुनै सञ्चारमाध्यममा अपहरण गरिएको भन्ने त कुनै सञ्चारमाध्यममा भेटघाट र छलफल हो भन्ने जस्ता विवादास्पद अभिव्यक्ति उनी आफैँले दिँदै हिँडेकाले उनी कसैको गोटी बनेको स्पष्ट हुन्छ ।” विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सक्षम युवा नेतृत्वलाई राजनितिक पूर्वाग्रह राखेर व्यक्तिगत लान्छना लगाउनेलाई यथाशिघ्र कारवाही गर्नुपर्ने पनि संघले विज्ञप्ती मार्फत माग गरेको सहसंयोजक ओम प्रकाश गुप्ताले बताउनुभयो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...