Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

बिन्दवासिनीले १० लाखमा २० किलाे चामल सहितकाे राहत बाँड्याे

spot_img
spot_img

वीरगंज । पर्साकाे बिन्दवासिनी गाउँपालिकामा वडा  नं. ३ वाहेक राहत वितरण सम्पन्न भएकाे छ । गाउँपालिकाकाे वडा नं. १, २, ४ र ५ मा पहिलाे चरणकाे राहत वितरण सम्पन्न भएकाे निमित प्रमुख प्रशासकिय अधिकृत मुन्ना कुमार राैनियारले वताए ।

राहतमा चामल २० किलाे, दाल एक किलाे, नुन एक किलाे, आलु ५ किलाे, प्याज २ किलाे र ताेरीकाे तेल एक किलाे वितरण गरिएकाे प्रशासकिय अधिकृत राैनियार जानकारी दिए । राैनियारका अनुसार एउटा वडामा एक सय ३५ घरदुरी गरी ६ सय ७५ घरदुरीलाई राहत वितरण गर्नु पर्नेमा हाल सम्म ५ सय ४० घरदुरीलाई राहत वितरण गरिएकाे छ ।

५ वटा वडा रहेकाे गाउँपालिकामा वडा नं. ३ वाहेक सबै वडामा राहत वितरण भइसकेकाे छ ।

उनले भने “हामीले प्रदेश सरकारले राहत वितरणकाे लागि उपलब्ध गराएकाे रु १० लाखबाट मात्र पहिलाे चरणकाे राहत वितरण गरेका छाैं, अरुले गाउँपालिकाबाट पनि थप बजेट खर्च गरी राहत वितरण गरे पनि हामीले त्यस्ताे गरेका छैनाैं । प्रदेश सरकारकाे बजेटबाट भेयाए सम्म सर्बदलिय समितिकाे निर्णय अनुसार गाउँपालिका अन्तर्गतका अति गरिब परिवारलाई मात्र राहत विरतण गरेका छाैं ।”

वाकी रहेकाे वडा नं. ३ काे राहत पनि चाँडै वितरण गरिने र राहत वितरण सम्पन्न भए लगतै राहत वितरण गरिएका परिवारकाे नमावली समेत सार्बजनिक गरिने अधिकृत राैनियारले जानकारी गराए ।

काेराेना भाइरस (काेभिड १९) संक्रमण राेकथाम तथा नियन्त्रकाे लागि भएकाे लकडाउनमा समस्यामा परेका अति गरिब र विपन्न परिवारलाई मात्र पहिलाे चरणकाे राहत वितरण गरिएकाे लेखा अधिकृत मिथिलेश कुशवाहाले वताए । गाउँपालिकाबाट दाेस्राे चरणकाे राहत विरतणकाे लागि सामग्री खरिद पक्रिया समेत अगाडी बढी सकेकाे उनले जानकारी गराए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...