25.3 C
Birgunj
19 April 2025
KALIKATIMES.COM

जय गणेश बचतद्वारा महानगरकाे बिपद् काेषमा सहयोग

वीरगंज । जय गणेश बचत तथा ऋण सहकारी संस्था लिमिटेड पर्साले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषका लागि रु १५ हजार सहयोग गरेको छ ।

संस्थाका प्रबन्धक रामबाबु चौधरीले वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगीलाई चेक हस्तान्तरण गर्नुभएको हो । विश्व भरी फैलिएको कोरोना भाइरसको संक्रमणबाट सुरक्षित रहनका लागि थोरै भएपनि सहयोग पुगोस भन्ने अभिप्रायले उक्त रकम सहयोग गरीएको, कोओपरेटिघ म्यानेजमेन्ट क्लब पर्साका अध्यक्ष जीस्नु बरालले बताउनुभयो ।

सो अवसरमा जिल्ला कृषि सहकारी संघ लिमिटेड पर्साका अध्यक्ष शिव कुमार साह लगायतको उपस्थिती रहेको थियो ।

चेक बुझ्दै मेयर सरावगीले सहयोगको लागि जय गणेश बचत तथा ऋण संहकारी संस्था परिवारलाई धन्यवाद दिनुभएको थियो । साथै आगामी दिनमा पनि यसरी सहयोग प्राप्त भई रहोस भन्ने विश्वास समेत व्यक्त गर्नुभएको छ ।

जय गणेश बचत तथा ऋण सहकारी संथाका संस्थापक अध्यक्ष शम्भु प्रसाद गुप्ताले प्रदेश भरीका सहकारीहरूले आ आफ्नो सम्बन्धित स्थानीय सरकार मार्फत सहयोग गरेर कोरोना रोकथाममा टेवा पु¥याउन अपिल गर्नुभएको छ ।

राष्ट्रिय सहकारी विकास बोर्डका सन्चालक सदस्य समेत रहनुभएका गुप्ताले सहकारीहरुले पनि आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्दै सहयोग गर्ने अभियानमा जुटेकोमा खुशि व्यक्त गर्नुभएको जिल्ला सहकारी संघ लिमिटेड पर्साका प्रबन्धक रामअनुप यादबले जानकारी दिनुभयो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर

कालिका टाईम्स

सहकारी दिवसको अवसरमा अस्पताल र बाल आश्रममा फलफुल वितरण

कालिका टाईम्स

नेपाल राष्ट्र बैंक वीरगंजद्वारा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

कालिका टाईम्स
SQL requests:214. Generation time:8.057 sec. Memory consumption:82.59 mb