Date
मङ्ल, भदौ १६, २०८३
Tue, September 1, 2026

सिल गरिएको छपकैयामा खाद्यान्न आपुर्ती र रेपिड टेस्ट गर्न साँसद यादवको माँग

spot_img
spot_img

वीरगंज । पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित साँसद प्रदीप यादवले जीवन रक्षाका लागि खाद्यान्न आपुर्ती र रेपिड टेस्टको मांग गरेका छन् |

बुधबार प्रेस बिज्ञप्ति जारि गर्दै सांसद यादवले वीरगन्जको छप्कैयास्थित मस्जिदसंगै रहेको यतिमखानामा बसेका ३ जना भारतीय मुस्लिम धर्मप्रचारकहरुमा कोरोना (कोभिड–१९) भाइरसको संक्रमण पुष्टि भएपछि स्वभाविक रुपमा मानिसहरुमा भय ब्याप्त छ भने प्रहरी र प्रशासनले आवश्यक कडाई अख्तियार गरेको अवस्था छ ।

छप्कैया क्षेत्र यतिखेर सिल गरिएको हुनाले त्यहाँ आवतजावत बन्द छ र आवश्यक बस्तुको पसलहरु बन्द गरिएकाले सवधानीको दृष्टीकोणले प्रसाशनको यो कदम आवश्यक पनि रहेको तर, यसबाट केही मानवीय संकटहरु समेत सिर्जना भएको तिर सम्बन्धीत सबैको ध्यानाकर्षण गराएका छन् ।

सांसद यादवले उक्त क्षेत्र सिल भएपछि अत्यावश्यक बस्तुको अभाव त्यहाँ सिर्जना भई हजारौं मानिसहरु भोकमरीको मुखमा पुगेका छन्, इन्धन, खाद्यान्न र जीवन धान्ने अन्य अत्यावश्यक बस्तुको अभावले मानिसहरुको जीवन गम्भीर रुपमा कठिन भएको बताउदै संबन्धि क्षेत्र सिल गरेपछि त्यहाँ अत्यावश्यक बस्तुको आपुर्ती सरकारी स्तरबाट गरिने गरेको उद्हारण छिमेकी मित्र राष्ट्र भारत र अन्य मुलुकहरुमा अहिले देखिएको जस्तै प्रबन्ध अबिलम्ब मिलाई मानिसहरुलाई उनीहरुको जीवन रक्षाका लागि अत्यावश्यक बस्तुको आपुर्तीको यथासिघ्र ब्यवस्था मिलाउन प्रेस विज्ञप्ती मार्फत गृह मन्त्रालयसंग माग गरेका छन् ।

सांसद यादवले सो छपकैया क्षेत्र सिल भएको एरियामा हजारौं जनता भोकले आजित भएका भोकै पेटले बिद्रोह निम्त्याउछ भने स्थापित सत्य रहेको बताउदै अहिलेकै अवस्था कायम रहे यहाँ मानिसहरुले संक्रमण नियन्त्रणको लागि दिदै आएको सहयोगको निरन्तर कठिन हुने भनि प्रतिक्रिया प्राप्त भएको भएको जानाकरी गराउदै सिल गरिएको क्षेत्रमा घरघरमा ‘रेपिड टेस्ट’ गरेर अवस्थालाई सहज र जोखिम न्युनीकणर गर्न र सो कारण त्यतातिर पनि अबिलम्ब कदम बढाउन माग गरेका छन् ।

अहिले हाेम क्वारेन्टाइनमा रहेका सांसद यादवलेे प्रेस विज्ञप्ती मार्फत यसका साँथै सो क्षेत्रका जनताले संयमता कायम राख्दै प्रशासनिक आदेशको पालना गरी यो विपद नियन्त्रणमा सहयोग गरिदिन आग्रह समेत गरेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

केरालामा ज्यान गुमाएका बिरेन्द्रको शव ल्याउन गाउँपालिका अध्यक्ष यादवले दुई लाख सहयोग गर्ने

वीरगंज । रोजगारीका लागि भारतको केराला पुगेका पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ निवासी २९ वर्षीय बिरेन्द्र मुखिया बिनको निधन भएपछि उनको शव नेपाल...

सूचीकरण तथा नवीकरण नगर्ने पत्रिकालाई लोककल्याणकारी विज्ञापनको रकम उपलब्ध नगराइने

काठमाडौँ । विज्ञापन बोर्डमा सूचीकरण तथा नवीकरण नगरी लोककल्याणकारी विज्ञापन प्रकाशन गर्ने पत्रपत्रिकालाई चालु आर्थिक वर्ष २०८३/८४ देखि त्यस्तो विज्ञापनवापतको रकम भुक्तानी नगरिने भएको...

हेलिकप्टरमार्फत बाढी प्रभावितलाई अत्यावश्यक सामानको व्यवस्थासहित उद्धार

रसुवा । सरकारले हेलिकप्टरमार्फत त्रिशूली नदी उत्तर–पश्चिमतर्फका नुवाकोट र रसुवाका बाढी प्रभावित जनतालाई  खाद्यान्न, नुन–तेललगायत अत्यावश्यक सामग्रीको व्यवस्था गरी राहत वितरण तथा उद्धार कार्यलाई...