Date
आइत, मंसिर ६, २०८३
Sun, November 22, 2026

प्रगतिशील युवा क्लबको कार्यक्रममा ५१ जनाद्वारा रक्तदान

spot_img
spot_img

वीरगञ्ज । प्रगतिशील युवा क्लब वीरगञ्ज–१५, प्रतिमाचोकको आयोजनामा शनिबार सम्पन्न रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान गरेका छन्। क्लबको २६औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा युवाहरूले उत्साहपूर्वक रक्तदान गरेका हुन्।

‘रक्तदान जीवनदान’ भन्ने मूल नाराका साथ क्लब भवनको प्राङ्गणमा बिहान ९ः३० बजेदेखि रक्तदान कार्यक्रम सञ्चालन गरिएको थियो।

कार्यक्रममा वडा अध्यक्ष रमेश यादवको उपस्थिति रहेको थियो। उनले रक्तदानजस्तो मानवीय सेवामूलक कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै आवश्यक परेका बिरामीको जीवन बचाउन महत्वपूर्ण भूमिका खेल्ने बताए।

रक्तदान कार्यक्रममा सहभागी रक्तदाताहरूले रक्तदानले अरूको जीवन बचाउन महत्वपूर्ण योगदान पुर्‍याउने भन्दै यस्ता सामाजिक तथा मानवीय सेवाका कार्यलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गरेका थिए।

क्लबले सामाजिक उत्तरदायित्वअन्तर्गत स्वस्थ समाज निर्माण र मानवीय सेवाको भावनालाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको जनाएको छ।

रक्तदान गर्नेहरूमा राकेश पटेल, पवन ठाकुर, नवीन पटेल, वासिम अहमद, आदर्श साह, भगवान यादव, राजेश यादव, पनालाल यादव, अनिल साह कानु, सुशील यादव, शिव शम्भु यादव, हरिकिशोर यादव, अनिल साह सोनार, अर्जुन यादव, अलिसेर राय, संगम यादव, पप्पु यादव, अर्जुन साह, सन्तोष ठाकुर, यश यादव र राज सर्राफलगायत रहेका छन्।

क्लबले कार्यक्रममा सहभागी भई अमूल्य योगदान पुर्‍याउने सम्पूर्ण रक्तदाताहरू, वडा अध्यक्ष, सहयोगी तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गरेको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भारत भ्रमणबारे प्रधानमन्त्रीलाई प्रभु साहको सुझाव : भारतसंगको व्यापार घाटा र थाती विषय सुल्झाउनुहोस

विराटनगर । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा दुई देशबीच लामो समयदेखि थाती रहेका सबै विषय...

छात्रामैत्री भलिबल प्रतियोगिताको उपाधि निचुटा माविलाई

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिकामा आयोजित माध्यमिक विद्यालयस्तरीय छात्रामैत्री भलिबल प्रतियोगिताको उपाधि श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, निचुटाले जितेको छ। दिव्य विकास स्रोत केन्द्र,...

राष्ट्रिय स्वाभिमानमा आँच आउने कुनै पनि काम स्वीकार्य हुँदैन : माधव नेपाल

भक्तपुर । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालको राष्ट्रिय स्वाभिमानमा आँच पुग्ने कुनै पनि गतिविधि स्वीकार्य नहुने बताएका छन्। शनिबार भक्तपुरमा नेपाली...