Date
सोम, भदौ १५, २०८३
Mon, August 31, 2026

बिचलित नभई मुलुक र जनताको सेवा गरिरहने छु : सांसद यादव

spot_img
spot_img

वीरगंज । समादवादी पार्टीका नेता एवम पर्सा क्षेत्र न‌ं. १ का सांसद प्रदिप यादवले एक प्रस विज्ञप्ती जारी गर्दै विपक्षीकाे षडयन्त्रबाट आफु किन्चीत पनि बिचलीत नहुने वताउनु भएकाे छ ।

सांसद यादवले आज प्रेस बिज्ञप्ती जारी गर्दै देश र दुनिया यतिखेर कोरोना (कोभिड–१९) भाइरसको नियन्त्रणको लागि प्रयासरत रहको र सोहि क्रममा नेपाल सरकारले पनि देशब्यापी रुपमा लकडाउन घोषणा गरेको सबैलाई जानकारी छ । भारतको रक्सौेलमा नेपालका जनता क्वारेन्टाइनमा राखिएकोमा उनीहरु के कस्ता अवस्थामा बसिरहेका छन, नेपालीलाई सुरक्षित क्वारेन्टाइनमा पुर्‍याउन भारतमा कस्तो प्रबन्ध छं भन्ने जान्न उत्सुक्ता भएर आफु रक्साैलकाे क्वारेन्टाइनमा गएकाे वताएका हुन् ।

यादवले जारी गर्नु भएकाे प्रेस विज्ञप्तीमा भारतिय क्वारेन्टाइनमा रहेकाहरुले नेपालबाट कसैले चाँसो नलिएको भनी गुनासो गरेको सुनियो । सिमावर्ती क्षेत्रको साँसद भएकोले उता भारततर्फ जान सकिन्छ कि सकिदैन भनेर मैले समन्वय थालें । पर्साका प्रमुख जिल्ला अधिकारीसंग सल्लाह लिदा जानुस भनेर प्रतिक्रिया दिनु भयाे ।

सिमा पारीका स्थानिय अधिकारीहरुसंग समन्वयपछि ‘हुन्छ’ भनेर सन्देश आयाे । त्यसपछि बुधवार करिब साढे ३ बजे वीरगन्ज भन्सारमा रहेको सशस्त्र प्रहरी बललाई यसको जानकारी गराउदै अगाडि बढे र रक्सौल स्थित हजारीमल उच्च माध्यमिक विद्यालयमा स्थापना गरिएको क्वारेन्टाइनमा राखिएका नेपालीलाई भेंट्ने मौका पाएँ उल्लेख गर्नु भएकाे छ ।

उनीहरुलाई आफुले भेटेपछी धेरै सुखद अनुभुति गरेको प्रतिक्रिया दिए । मैले लगेको खाने कुरा, फलफुल, जुस, पानी लगायतको सामग्री ब्यक्तिगत सुरक्षा कै दृष्टीकोणले हातहातमा नभई एक ठाउँमा राखेर यसको उपयोग गर्न आग्रह गरेकाे प्रेस विज्ञप्ती मार्फत सांसद यादवले वताउनु भएकाे छ ।

यादवले सिमापारी गएर आएको मँ मात्र जनप्रतिनिधि भने नभइ फागुन २७ गते वाकेको सिमावर्ती भारतीय क्षेत्रमा रहेको क्वारेन्टाइनमा नेपालीहरुसंग भेटन स्वास्थ्य राज्यमन्त्री नवराज रावत आफै जानु भयो, रुपन्देही जिल्लाका प्रदेश सभा सदस्य, सुरक्षाअधिकारी र अन्य जनप्रतिनिधि संचारकर्मीहरु सहित उतरप्रदेशको नवतना स्थित ३ वटा क्वारेन्टाइनमा रहेका ३ सय बढी नेपालीलाई भेंटेर पनि आएका प्रेस विज्ञप्तीमा उल्लेख गर्नु भएकाे छ ।

नेपालमैं पनि बिभिन्न जिल्लाहरुमा मास्क मात्रको भरमा जिल्ला अधिकारीहरु, स्थानीय तहका जनप्रतिनिधि र सूरक्षाकर्मीहरु गएर क्वारेन्टाइनमा भएकोलाई भेंटेको र कुराकानी गरेको समाचारहरु आएका छन् । उनले जारी गरेको प्रेसविज्ञप्तमा यि कसैसंग क्वारेन्टाइनमा वस्ने कुरा नगरिएको र आफुले आफ्नो कर्तब्य पुरा गर्दा किन निशाना बनाइयो त ? भन्ने प्रश्न विज्ञप्तिको माध्यमबाट उल्लेख गर्दै त्यसको जवाफ पाउन बाकी नै रहेकाे जनाउनु भएकाे छ ।

पछिल्लो केही समयदेखि मेरो सक्रियतासंगै बढेको लोकप्रीयतालाई सह्न नसकेका केही प्रतिक्रियाबादी नेताहरुले बिहीवार यसलाई बिभिन्न किसिमको मुद्दा बनाउने प्रयास गरे । बिहीवारै उनीहरुमार्फत बढेको दबाव विच गृह मन्त्रालयले हामीलाई होम क्वारेन्टाइनमा राख्ने भनेको कुरा स्थानीय प्रसाशनमार्फत थाहा पाइयो ।

आफै कानुन निर्माण गर्ने ठाउँमा भएकोले बिधि तथा सरकारी नीति निर्देशनको पालना मैले पनि गर्नु नै पर्छ । त्यस कारण घरभित्रै क्वारेन्टाइनमा बसेको छुँ । वीरगन्जमा कोरोना संक्रमितको उपचारको लागि आवश्यक पर्ने २० सैयाको आइसुलेशन निर्माण, नारयाणी अस्पतालमा एक मात्र रहको भेन्टिलेर थप संख्यामा मँगाउने पहल, वीरगन्जमा कोरोना बिशेष स्पताल स्थापनाको प्रक्रिया अगाडि बढाउने, स्वास्थ्य उपकरणहरु मगाउने लगायतका कामहरु मैले गरे पनि मेरो कार्यसूचीका अन्य धेरै कार्यहरु बाकी रहेको छ ।

यतिखेर म घरभित्रै बसेर त्यतातिर काम गर्दै छुँ, जसको नतिजा पनि चाँडै आउने छ । आफु केही पनि योगदान नगर्ने र काम गर्नेलाई यावत किसिमले हतोत्साहित गर्न खोज्ने प्रक्रियाबादीहरुको गतिबिधिबाट आफु किन्चित पनि बिचलित नभएको बताउदै सबै कार्यकर्ता, शुभेच्छुक र आम जनतालाई उच्च मनोवलका साथ रहन सांसद यादवले प्रेस विज्ञप्ती मार्फ आग्रह समेत गर्नु भएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’ : प्रजिअ गणेश अर्याल

नारायणगढ (चितवन) ।  भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी नदी किनारमा भेटिएका शवको व्यवस्थापनका सन्दर्भमा चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अहिले...

अहिलेको प्राथमिकता उद्धारसँगै शव सङ्कलन गर्नु होः सञ्चारमन्त्री डा तिमिल्सिना

नुवाकोट । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाढी प्रभावित क्षेत्रमा उद्धारसँगै शव सङ्कलन हाल सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा...

भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा

जनकपुरधाम ।  रसुवाको भोटेकोशीमा गएको बाढीमा हराइरहेकामध्ये मधेस प्रदेशका ३० जना परिवारको सम्पर्कमा आएका छन् । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता एवं वरिष्ठ प्रहरी...