Date
सोम, भदौ १५, २०८३
Mon, August 31, 2026

वीरगंजमा छुट्टै काेराेना अस्पताल बनाउन चिकित्सक संघकाे माग

spot_img
spot_img

वीरगंज । नेपाल चिकित्सक संघ नारायणी शाखा वीरगंजले आज एक प्रेस विज्ञप्ती जारी गर्दै प्रदेश सरकारसंग ५ बुंदे माग गरेकाे छ ।

संघका सचिव डा. उदय नारायण सिंहद्वारी हस्ताक्षतिरत प्रेस विज्ञप्ती मार्फत कोरोना भाइरसको संक्रमणबाट बच्न र बचाउनको लागि प्रदेश २ सरकारसंग बैज्ञानिक हिसाबले क्वारेन्टाईन तथा आईसोलेसन वेडहरुको मूल्याकंन गरि छुट्टै कोरोना अस्पताल बनाउनु पर्ने माग गरिएकाे छ ।

यस्तै चिकित्सक संघले कोरोना हब अस्पतालको अवस्था पहिचान गरि आवश्यक स्तरोन्नतिका लागि पहल गर्नु पर्ने, आवश्यक्ता र जनघन्त्वको आधारमा यथासिघ्र कोरोना परिक्षणको व्यवस्था प्रदेश २ का सबभन्दा ठुलो नारायणी अस्पतालमा गर्नु पर्ने, स्तरिय पर्सनल प्रोटेक्टिभ ईकुपमेन्ट (एएभ्) को व्यवस्था गर्नु पर्ने, संभावित कोरोनाको बिरामीको उपचारक्रममा संलग्न स्वास्थ्यकर्मीलाई छुट्टै क्वारेन्टाईनमा राख्न व्यवस्था गर्नु पर्ने लगायतका माग गरेकाे हाे ।

संघले जारी गरेकाे प्रेस विज्ञप्तीमा विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाईरसले नेपाललाई पनि विश्व स्वास्थ्य संगठनले जोखिम पूर्ण राष्ट्रको रुपमा घोषणा गरेको छ । सोही क्रममा नेपाल चिकित्सक संघ हालको परिस्थितिमा आफ्नो कर्तब्य निष्ठा पुर्बक गर्न रति पनि पछि नहटने तर चिकित्सक तथा स्वास्थ्यकर्मिहरुको सुरक्षाको सम्पुर्ण ब्यवस्था सरोकारवाला निकायहरुले गर्नुपर्ने उल्लेख छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’ : प्रजिअ गणेश अर्याल

नारायणगढ (चितवन) ।  भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी नदी किनारमा भेटिएका शवको व्यवस्थापनका सन्दर्भमा चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अहिले...

अहिलेको प्राथमिकता उद्धारसँगै शव सङ्कलन गर्नु होः सञ्चारमन्त्री डा तिमिल्सिना

नुवाकोट । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाढी प्रभावित क्षेत्रमा उद्धारसँगै शव सङ्कलन हाल सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा...

भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा

जनकपुरधाम ।  रसुवाको भोटेकोशीमा गएको बाढीमा हराइरहेकामध्ये मधेस प्रदेशका ३० जना परिवारको सम्पर्कमा आएका छन् । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता एवं वरिष्ठ प्रहरी...