Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

लकडाउनमा रक्तदान

spot_img
spot_img

वीरगंज । भोलन्टियर समूह बिरगंजको आयोजनामा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कलैयामा भएकाे रक्तदान कार्यक्रममा २ महिला सहित २० जनाले आकस्मिक रक्तदान गरेका छन् ।

विश्वभरी नै महामारिको रुपमा फैलिएको कोरोना भाइरसले संक्रमण राेकथामकाे लागि सरकारले लकडाउन गरेकाे छ । लकडाउन भए देखी नेपाल रेडक्र्स सोसाइटी पर्सा जिल्ला शाखाद्वारा संचालित रक्तसञ्चार केन्द्रमा रक्तदाता एवं रक्तदान गर्ने संस्थाको समेत कार्यक्रम नगर्ने बाध्यता देखिएको छ ।

त्यस कारण बिरामिहरुलाइ रगतपुर्ती गर्न कठिनाइ भोग्नु पर्ने अवस्था देखिएकोले रक्तसञ्चार सेवा केन्द्रका इन्चार्ज सौरभराज पाण्डेकाे समन्वयमा भोलेन्टियर समूह बिरगंजको आयोजनामा कलैयामा रक्तदान गरिएकाे भोलेन्टिय समुहका सचिव बिनय गुप्ताले वताए ।

नेपाल सरकारले २५ जना भन्दा बढिको सहभागीतामा कार्यक्रमहरु गर्नमा राेक लगाएकाे र लकडाउनकाे पालना गर्दै कोरोना भाइरसको संक्रमणको डरको कारणले मानिसहरु घर बाहिर नआउने साथै रक्तदान कार्यक्रममा कमि भएकोले रक्त संचार केन्द्रमा रक्त अभाव हुन नदिन आकस्मिक रक्तदान गर्नका लागि रक्तदातालाई रक्तसञ्चार केन्द्र सम्म आउन जानका लागि गाडिको समेत ब्यवस्था गरिएको ब्लड डोनर्स एसोसिएसन नेपाल पर्साका सचिव अरबिन्द सिहले वताए । लकडाउनमा दिन वा राती जुनसुकै बेला पनि एम्बुलेन्स उपलब्ध गराइने सिंहले जानकारी गराए ।

यस परिस्थितिमा भोलेन्टियर समूह, युवा वचन, सानोपाइला, मानवसेवा आश्रम, फोजिआर, महानगर र सुरक्षानिकायको समन्वयमा जिल्ला प्रहरी कार्यालय पर्सामा हेल्प डेक्स संचालन गरि अतिआवश्यक औषधि र कहि कतै भोकै बसेका ब्यक्तिहरु छन् भने वहाहरुलाई खानाको ब्यवस्थापन गर्ने गरेको र रगतको पुर्तिको लागि पनि हामी विभिन्न समयमा सबैलाइ अनुरोध गर्ने कार्य गरिरहेकाे भोलेन्टियर समुहका संयोजक राजन श्रीवास्तवले वताए ।

भोलेन्टियर समूह बिरगंजद्वारा बाराको बिशम्बर पुर-११ मा संचालित आकस्मिक रक्तदान कार्यक्रममा २ महिला सहित २० जनाले रक्तदान गरेकाे र त्यस कार्यक्रमको सम्पुर्ण समन्वय एवं ब्यवस्थापन समुहका सचिव बिनय गुप्ताले गरेकाे समुहका महासचिव श्याम सरार्फले जनकारी गराए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भन्सारबाट सस्तोमा सामान दिलाइदिने भन्दै ठगी गर्ने प्रविण साह पक्राउ

वीरगंज । वीरगंज भन्सारबाट लिलाम हुने सवारीसाधन तथा घरायसी सामान सस्तो मूल्यमा दिलाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले एक जना बिचौलियालाई पक्राउ...

कांग्रेसको सहमहामन्त्रीमा अजय चौरसिया विजयी

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साका नेता अजयकुमार चौरसिया मधेसीतर्फको सहमहामन्त्री पदमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी महेन्द्र यादवलाई २३४ मतले पराजित...

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, फेरि काजीको बिहेको चर्चा

वीरगंज । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर सार्वजनिक भएसँगै प्रेम र विवाहमा पटक–पटक असफल...