Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

कांग्रेसको सहमहामन्त्रीमा अजय चौरसिया विजयी

spot_img
spot_img

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साका नेता अजयकुमार चौरसिया मधेसीतर्फको सहमहामन्त्री पदमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी महेन्द्र यादवलाई २३४ मतले पराजित गर्दै चौरसियाले पार्टीको केन्द्रीय पदाधिकारीमा स्थान बनाएका हुन् ।

चौरसिया सहमहामन्त्रीमा निर्वाचित भएसँगै नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी तहमा पुग्ने पर्साका पहिलो नेता बनेका छन् । उनको विजयलाई पर्साको कांग्रेस राजनीतिमा ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ ।

पर्साबाट यसअघि कांग्रेसका नेताहरू केन्द्रीय सदस्यलगायत विभिन्न जिम्मेवारीमा पुगे पनि पदाधिकारी तहमा प्रतिनिधित्व हुन सकेको थिएन । चौरसियाको जितले जिल्लाको राजनीतिक उपस्थिति केन्द्रीय नेतृत्वमा स्थापित गरेको छ ।

मधेसीतर्फको सहमहामन्त्री पदमा महेन्द्र यादवजस्ता स्थापित नेतासँग प्रतिस्पर्धा गरेर हासिल गरेको सफलताले चौरसियाको पार्टीभित्रको राजनीतिक प्रभावसमेत उजागर गरेको छ । उनको विजयलाई पर्साको संगठनात्मक शक्ति र नेतृत्व क्षमताको उपलब्धिका रूपमा समेत विश्लेषण गरिएको छ ।

कांग्रेसको मधेसकेन्द्रित राजनीतिमा लामो समयदेखि जनकपुर क्षेत्रका नेताहरूको प्रभाव रहेको चर्चा हुँदै आएको छ । यस्तो अवस्थामा पर्साबाट चौरसियाले केन्द्रीय पदाधिकारीमा स्थान बनाउनुलाई मधेसभित्र पार्टीको नेतृत्व र शक्ति सन्तुलनमा आएको परिवर्तनका रूपमा हेरिएको छ ।

चौरसियाको विजयले मधेसमा कांग्रेसको संगठनात्मक प्रभाव, क्षेत्रगत प्रतिनिधित्व र नेतृत्वको भूगोलबारे नयाँ बहस सिर्जना गर्ने देखिएको छ । साथै, यसले पर्साको कांग्रेस राजनीतिलाई राष्ट्रिय स्तरमा थप चर्चामा ल्याएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भन्सारबाट सस्तोमा सामान दिलाइदिने भन्दै ठगी गर्ने प्रविण साह पक्राउ

वीरगंज । वीरगंज भन्सारबाट लिलाम हुने सवारीसाधन तथा घरायसी सामान सस्तो मूल्यमा दिलाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले एक जना बिचौलियालाई पक्राउ...

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, फेरि काजीको बिहेको चर्चा

वीरगंज । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर सार्वजनिक भएसँगै प्रेम र विवाहमा पटक–पटक असफल...

पटेर्वा सुगौलीमा ५८ विद्यालयबाहिरका बालबालिका पुनः भर्ना, समावेशी शिक्षामा जोड

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिकामा विद्यालयबाहिर रहेका ५८ जना बालबालिकालाई पुनः विद्यालयमा भर्ना गरिएको छ । युरोपियन युनियनको आर्थिक सहयोग तथा विभिन्न संस्थाको...