Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, फेरि काजीको बिहेको चर्चा

spot_img
spot_img

वीरगंज । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर सार्वजनिक भएसँगै प्रेम र विवाहमा पटक–पटक असफल हुँदै आएका काजीको बिहे यसपटक हुन्छ कि हुँदैन भन्ने उत्सुकता दर्शकमाझ बढेको छ।

बाँसुरी फिल्म्सको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको ४ मिनेट २१ सेकेन्ड लामो ट्रेलरमा काजीको भूमिकामा रहेका दयाहाङ राईलाई फेरि पनि विवाहका लागि केटी खोजिरहेको अवस्थामा देखाइएको छ। प्रेमिका र परिवारबाट अपेक्षित माया पाउन नसकेका काजीको बेरोजगारी, पारिवारिक तिरस्कार र प्रेम जीवनका उतारचढावलाई ट्रेलरमा प्रस्तुत गरिएको छ।

यसपटक चलचित्रमा दयाहाङ राईको प्रतिपक्षमा अभिनेता विपीन कार्की देखिएका छन्। काजीको विवाहको प्रयास, पुराना प्रेमिकासँगको अप्रत्याशित भेट र विपीन कार्कीसँगको टकरावले चलचित्रको कथालाई थप रोचक बनाउने संकेत ट्रेलरले दिएको छ।

चलचित्रमा दयाहाङ राई र विपीन कार्कीसँगै मिरुना मगर, विजय बराल, बुद्धि तामाङ, रिश्मा गुरुङ, सिर्जना गुरुङ, पुष्कर गुरुङ र माओत्से गुरुङलगायतका कलाकारको अभिनय रहेको छ।

रामबाबु गुरुङको लेखन तथा निर्देशनमा बनेको ‘कबड्डी ५’ लोकप्रिय ‘कबड्डी’ शृङ्खलाको पाँचौँ भाग हो। सन् २०१४ मा पहिलो भागबाट सुरु भएको यस शृङ्खलाले नेपाली दर्शकमाझ विशेष लोकप्रियता हासिल गरेको छ। सन् २०२२ मा प्रदर्शनमा आएको ‘कबड्डी–४ः द फाइनल म्याच’ ले पनि नेपाली बक्स अफिसमा उल्लेखनीय व्यावसायिक सफलता प्राप्त गरेको थियो।

यसपटक पुराना पात्रसँगै विपीन कार्की र सिर्जना गुरुङजस्ता कलाकारको प्रवेशले चलचित्रप्रतिको चासो थप बढाएको छ। काजीको विवाहको कथा कसरी अघि बढ्छ र विपीन कार्कीसँगको टकरावले कथामा कस्तो मोड ल्याउँछ भन्ने कुरा भने चलचित्र प्रदर्शनपछि मात्रै खुल्नेछ।

‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ आगामी कात्तिक ६ गतेदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भन्सारबाट सस्तोमा सामान दिलाइदिने भन्दै ठगी गर्ने प्रविण साह पक्राउ

वीरगंज । वीरगंज भन्सारबाट लिलाम हुने सवारीसाधन तथा घरायसी सामान सस्तो मूल्यमा दिलाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले एक जना बिचौलियालाई पक्राउ...

कांग्रेसको सहमहामन्त्रीमा अजय चौरसिया विजयी

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साका नेता अजयकुमार चौरसिया मधेसीतर्फको सहमहामन्त्री पदमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी महेन्द्र यादवलाई २३४ मतले पराजित...

पटेर्वा सुगौलीमा ५८ विद्यालयबाहिरका बालबालिका पुनः भर्ना, समावेशी शिक्षामा जोड

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिकामा विद्यालयबाहिर रहेका ५८ जना बालबालिकालाई पुनः विद्यालयमा भर्ना गरिएको छ । युरोपियन युनियनको आर्थिक सहयोग तथा विभिन्न संस्थाको...