Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

माहामारीको समयमा जनताको सेवामा अग्रसर हुन स्थानिय सरकारलाई साहकाे आग्रह

spot_img
spot_img

वीरगंज । विश्वव्यापी रुपमा महमारीको रुपमा रहेको कोरोना भाइरसबाट बच्नका लागी सम्पूर्ण कालिकामाई गाउँपालिका वासिहरुलाई घरमा बस्न नेपाली काङ्ग्रेस कालिकामाई गाउँपालिकाकी सह संयोजक कुन्ती देबी साहले आग्रह गर्नु भएको छ ।

उंहाले आज एक प्रेस विज्ञप्ती जारी गर्दै आआफ्नो घरमा बसी केन्द्र सरकारद्वारा लागु लकडाउनको पुर्ण रुपमा पालना गर्न आग्रह गर्नु भएको हो । यसका सथै उंहाले साथै गाउँपालिकाको सम्पूर्ण वडामा रहेका स्वास्थ्य चौकीलाई आपत्कालिन अवास्था सम्म कम से कम ९ बजे देखी ५ बजे सन्चालन गर्नु पर्ने र विदाको दिन शनिबार पनि स्वास्थ्य संस्था सन्चालन गरिदिनुहुनको लागि हार्दिक अपिल गर्नु भएको हो ।

उंहाले महमारीको आवस्थामा पनि कालिकामाई गाउँपालिकाको स्थानिय सरकार मौन रहेकोले आम सर्बसधारण जनताको सेवामा अग्रसर हुन गा.पा. प्रमुख, उपप्रमुख र वडाअध्यक्षहरु समक्ष प्रेस विज्ञप्ती मार्फत आग्रह समेत गर्नु भएको छ । यसका साथै गा.पा.का सम्पूर्ण वडाका नेपाली कांग्रेस सँग सम्बन्धीत सम्पूर्ण नेता, कार्यकर्ता र अगुवाहरुलाई यस्तो महामारीको दुखद घडीमा सम्पूर्ण सर्वसधारणमा सहयोग गर्न र सेवामा अग्रसर हुन समेत उंहाले अपिल गर्नु भएको छ ।

सह संयाेजक साहले जारी गर्नु भएको प्रेस विज्ञप्ती मार्फत नै महमारीको समयमा आफ्नो जिवज्यान लगाएर जनताको सेवा र सुरक्षामा लागेको प्रहरी प्रशासन, स्वास्थ्यकर्मी, सञ्चारकर्मीलाई समेत बिशेष धन्यवाद ज्ञापन समेत गर्नु भएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...