Date
मङ्ल, भदौ ९, २०८३
Tue, August 25, 2026

राष्ट्रिय प्रारम्भिक पढाई कार्यक्रमकाे विज्ञ टाेलीद्वारा अनुगमन

spot_img
spot_img

वीरगंज । राष्ट्रिय प्रारम्भिक पढाई कार्यक्रमकाे कार्यान्वयन, स्थिती, प्रभाव र निरन्तरता सम्बन्धि ४ दिने अन्तरक्रिया गाेष्ठि आज वीरगंजमा सुरु भएकाे छ ।

हाेटल दियालाेमा सुरु भएकाे गाेष्ठिमा कार्यक्रमकाे अनगुमन गर्न ५ वटा विज्ञ टाेली गठन गरेकाे छ । वीरगंज महानगरपालिकाका शिक्षा शाखा प्रमुख अरबिन्द लाल कर्ण संयाेजक रहेकाे टाेलीले वीरगंज महानगरका, पाेखरिया नगरपालिकाका शिक्षा शाखा प्रमुख विनाेद पाण्डे संयाेजक रहेकाे टाेलीले पाेखरिया नगरपालिका, शिक्षा समन्वय इकाई कार्यालय पर्साका प्रमुख फत बहादुर संयाेजक रहेकाे टाेलीले पर्सागढी नगरपालिका, सखुवा प्रसाैनी गाउँपालिका शिक्षा शाखा प्रमुख नेपाल इन्दु साह संयाेजक रहेकाे टाेलीले सखुवा प्रसाैनीकाे र शिक्षक महासंघ पर्साका अध्यक्ष संयाेजक रहेकाे टाेलीले पटेर्वा सुगाैली गाउँपालिका अन्तर्गतकाे विद्यालयकाे अनुगमन गर्ने छ ।

५ वटै टाेलीले कार्यक्रम संचालन रहेकाे ५ वटै स्थानिय तहकाे २० वटा विद्यालयहरुकाे अनुगमन गर्ने वताइएकाे छ ।

यसै विच पाेखरिया नगरपालिका अन्तर्गतकाे २ वटा विद्यालयकाे टाेलीले अनुगमन गरेकाे छ । शिक्षा शाखा प्रमुख पाण्डे संयाेजक रहेकाे टाेलीले पाेखरिया नगरपालिका अन्तर्गतकाे श्री नेरा प्रावि फुलवरिया र श्री नेरा प्रावि शिव बर्वाकाे अनगुमन गरेकाे हाे ।

अनुगमन टाेलीमा गैसस महासंघ पर्साका अध्यक्ष छठु साह, रामनारायण कुर्मी लगायतकाे सहभागिता रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पत्रकारविरुद्ध विद्युतीय अपराध मुद्दा दर्ता गरिएकोप्रति समाजवादी प्रेस संगठन पर्साको आपत्ति

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य बुद्धिप्रसाद पन्त (हरि पन्त) सम्बन्धी प्रकाशित समाचारलाई लिएर सञ्चार संस्था तथा पत्रकारविरुद्ध विद्युतीय...

महावीर पुनको मस्यौदा : विज्ञान मन्त्रालयले अर्को NIC/NAST बनाउँदैछ ?

नेपालले पहिलोपटक विज्ञान, प्रविधि तथा नवप्रवर्तनको छुट्टै मन्त्रालय पायो, र त्यही मन्त्रालयले आफ्नो पहिलो ठोस कानुनी दस्तावेज — नियमावलीको मस्यौदा — सार्वजनिक गर्‍यो। यो...

अग्रगामी मोर्चाको भदौ २० गते जिल्ला बैठक, असोज १० गते काठमाडौंमा विशेष भेला

काठमाडौं । विभिन्न ९ दल सम्मिलित अग्रगामी मोर्चाको बागमती प्रदेश समन्वय समितिले आगामी भदौ २० गते प्रदेशका सबै जिल्लामा जिल्ला समन्वय समितिको बैठक गर्ने...