Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

माेटरसाइकलकाे ठक्करबाट बालककाे मृत्यु

spot_img
spot_img

वीरगंज । पर्साकाे बिन्दवासिनी गाउँपालिका वडा नं. ३ झाैवा स्थित सडक खण्डमा आज माेटरसाइकलकाे ठक्करबाट एक बालककाे ज्यान गएकाे छ ।

ना. ६५ प. ६४२९ नम्बरकाे सुपर स्पलेन्डर माेटरसाइकले ठक्कर दिदा साेही ठाउँ निवासी आसमहमद मियाँकाे अढाई बर्षिय छाेरा खुर्सिद आलमकाे मृत्यु भएकाे इलाक प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरिक्षक चन्द्र कुमार सिंहले वताए । विहान १०:३० बजे सडक पेटिमा खेलीरहेकाे बालकलाई भारतिय नागरिकले चलाएकाे माेटरसाइकलकाे ठक्करबाट मृत्यु भएकाे सिंहले जानकारी गराए ।

माेटरसाइकलकाे ठक्करबाट गम्भिर घाइते भएका बालकलाई उपचारकाे लागि नारायणी अस्पताल वीरगंजमा लगिदा अस्पतालले मृत घाेषणा गरेकाे थियाे ।

भारत विहार पश्चिम चम्पारण ग्राम पंचायत रमपुरवा थाना मैनपुर बस्ने चालक राजकुमार दास र माेटरसाइकललाई इप्रका पाेखरियाले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पर्सालाई बुझाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...