Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

फेटाका प्रशासकिय अधिकृत मेहताद्वारा विद्यालयहरुमा छडके

spot_img
spot_img

वीरगंज । बाराकाे फेटा गाउँपालिकाका प्रमुख प्रशासकिय अधकृत प्राण मेहताले विद्यालयहरुकाे छड्के अनुगमन गर्नु भएकाे छ ।

प्रशासकिय अधिकृत मेहताले साेमबार ४ वटा विद्यालय र एक स्वास्थ्य चाैकीकाे अनुगमन गर्नु भएकाे हाे ।  अधिकृत मेहताले वडा नं. १ अन्तर्गतका श्री नेरा प्रावि त्रिवेणी, श्री नेरा आधारभुत विद्यालय भरवलिया, श्री नेरा प्रावि भलुवही र वडा नं. २ अन्तर्गतका श्री नेरा आधाभुत विद्यालय जगतपुर र वडा नं. १ कै स्वास्थ्य चाैकी भलुवही भरवलियाकाे अनुगमन गरेका हुन् ।

अनुगमनकाे क्रममा विद्यालयहरुमा शिक्षक अनुपस्थित र भाैतिक संरचनाकाे समस्या देखिएकाे अधिकृत मेहताले वताउनु भयाे । विद्यालयहरुमा अनुपस्थित हुने शिक्षकलाई कारवाही गरिने र भाैतिक समस्याकाे समाधान गर्ने वताउनु भयाे ।

अनुगमनकाे कार्य निरन्तर चल्ने र सबैकाे वडा अन्तर्गत विद्यालय र स्वास्थ्य चाैकीहरुकाे अनुगमन गरिने मेहताले जानकारी गराउनु भयाे ।

छडके अनुगमनमा अधिकृत मेहता संगै वडाध्यक्ष जय प्रकाश दास, गाउँ कार्यपालिका सदस्य विरागमण प्रसाद, रामसुनर ठाकुर, सम्बन्धित विद्यालय व्यवस्थापन समिति सदस्य लगायतकाे पनि सहभागिता रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...