26.7 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

दशौं महात्मा गान्धि स्मृती टि २० काे उपाधी युसिसि वीरगंजलाई

वीरगंज । दशौं महात्मा गान्धि स्मृती टि २० प्रतियाेगिताकाे फाइनल खेलमा युनाईटेड क्रिकेट क्लब(युसिसि) वीरगंज विजयी भएकाे छ । भारत बिहार पूर्वी चम्पारणकाे बेतियामा जारी प्रतियाेगिताकाे आज भएकाे फाइनल खेलमा भारतकाे सिवान क्रिकेट टिमलाई हराउदै युसिसि वीरगंज विजयी भएकाे हाे ।

टस जितेर पहिलाे वैटिङ्ग गरेकाे सिवानले निर्धारित २० ओभरमा सबै विकेट गुमाई एक सय २८ रन बनाएका थिए । जवाफी वैटिङ्गमा उत्रेका युसिसि वीरगंजले १९ ओभर खेल्दै ६ विकेटकाे क्षतिमा एक सय २९ रनकाे लक्ष्य पुरा गर्दै विजयी घाेषित भएकाे युसिसिका सदस्य राजुल हवारीले वताए ।

युसिसिका तर्फबाट बाबुजान अन्सारीले ४ ओभरमा २६ रन खर्चि ४ विकेट लिएका थिए भने आदिल अन्सरीले ४ ओभरमा २७ खर्चि ३ विकेट  लिएका थिए । उक्त खेलकाे म्यान अफ द म्याच र वेस्ट वैटस म्यान युसिसिका संताेष कार्की घाेषित भएका थिए ।

स्पाेर्ट क्रिकेट क्लब बेतियाकाे आयाेजनामा भएकाे प्रतियाेगिताकाे विजेता युसिसिले भारु २० र उपविजेता सिवानले भारु १० हजार नगद सहित कप पुरस्कार पाएका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पोखरिया गोल्डकपकाे उपाधि वीरगंज युथ एकेडमीले जित्याे

कालिका टाईम्स

नेपालले अमेरिकालाई १७ रनले हरायो

कालिका टाईम्स

श्रीदेवी माई नकआउट क्रिकेट टुर्नामेन्टकाे उपाधि प्रिन्स-११ ले जित्यो

कालिका टाईम्स
SQL requests:216. Generation time:4.071 sec. Memory consumption:81.52 mb