Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

नगर प्रमुखको आदेशमा विद्यार्थीमाथी कुटपिट

spot_img
spot_img

वीरगंज । राष्ट्रिय जनता पार्टीका बहुदरमाई नगरकार्य समितिको बैठक आज बहुदरमाई मन्दिरको प्राङ्गणमा सम्पन्न भएको छ ।

राजपाका बहुदरमाई नगरकार्य समितिको नगर अध्यक्ष कृष्ण यादवको अध्यक्षतामा बसेको बैठकले नगरपालिकाका नगरप्रमुख नितेन्द्र साहकाे आदेशमा विद्यार्थीहरुमाथी कुटपिट भएको आरोप लगाएका छन् ।

श्री महाविर साह मा.वि नगरदाहाका विद्यार्थीहरुले शुक्रवार बहुदरमाई नगरपालिकाको कार्यालय पुगी आफ्नो मांग प्रति शान्तिपुर्ण तरिकाले प्रदर्शन गर्दा नगरप्रमुखको आदेशमा नगरपालिकाको कर्मचारीहरुले विद्यार्थी माथी कुटपिट गरेको भन्दै राजपाका बहुदरमाई नगर कार्य समितिले प्रेस विज्ञप्ति सार्वजनिक गरेका छन् ।

घट्नाको घोर भर्तसना गर्दै घटनाको उचित छानवि गरी दोशी माथी कार्वाही, पिडितको क्षेतिपुर्ती र विद्यालयमा उत्पन्न समस्याको समाधान अबिलम्ब गर्न सम्बन्धित निकायसंग मांग गर्दै विज्ञप्ति सार्वजनिक गरिएकाे हाे ।

नगरपालिकाको कार्यालय भित्र नगरप्रमुखको निर्देशनमा छात्रामाथी कुटपिट घट्ना अति नै निन्दनिय भएको बैठकले ठहर गर्दै आगजनीको नाममा नगरपालिकले गरेको चरम भ्रष्टचारका कागजातहरु सखाप पर्ने षड्यन्त्र भएको र विद्यार्थीहरुको हकहितका लागी राजपाले नगरपालिका विरुद्ध संघर्षको कार्यक्रम तय गर्न बाध्य हुने निर्णय भएको नगर अध्यक्ष यादवले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...