आज भन्दा करिब ४ वर्ष अगाडी लोकसेवाको प्रहरी सेवामा आवेदन दिन्नको लागी म लगायत दुई जन्ना बुटवल जाने योजना बन्यो । योजना अनुसार बिहीवार साझ वीरगंजबाट्ट बस चढी रात्री यात्राको आगाज गर्यौ र लगभग बिहान्नको ३:३० बजे हामी बुटवलको मुख्य चौकमा ओर्लियौ त्यस बसको सहचालकका भनाई अनुसार हामी आवेदन दिने ठाउ नजिकै रहेको र आवेदन दिने समय १० बजे देखी हुनेभएकोले हामी एकै छिन भएपनी आराम गर्न पाउछौ भनेर होटल वा लजको खोजीमा निस्कियौ तर बिहानकाे समय रहेकाले अधिकांश होटल र लजहरू बन्द भएको पायौ ।
केही खुलेकाहरू कोठा दिन मानेन्न र ई सब गर्दा गर्दै बिहान्नको ६ बजिसकेको थियो । उज्यालो थियाे तर ठाउ नँया भएकोले हामी ठाउँ नजिकै भौतारी रहेका थियौ । बिहान भईस्केकोले अब कोठा नखोजी सडकपेटी बनाईएको कुर्सीमा बसिरहयौ, लगभग आठ बजे पछि सडकपेटीमा रहेको सार्वजनिक धारामा हातमुख धोई चिटिक्क परेपछी आवेदन दिने ठाउँ अगाडी बसिरह्यौ । तबसम्म आवेदन दिनेहरूको चाप बढदै गयो र समय पनी भयो । हामी शुरुमै आवेदन दिन्न सफल भयौ ।
तै पनी यो सब गर्दा गर्दै दिनको दुई बजिसकेको थियो र त्यसपछी हामी फेरी बसपार्क गयौ तर वीरगंजकोलागी त्यहाबाट्ट बेल्का छौ बजे बस थियो । हामी टिकट कटायौ र बसलाई पर्खिरहयौ । समयमा बस आयो र हाम्रो यात्रा वीरगंजकोलागी शुरु भयो तर हाम्रो लागी दुर्भाग्य के थियो भने कुनै पार्टीको अहवानमा भोली शनिवारदेखी नेपाल बन्द गर्ने अहवान गरिएरो थियो । तर त्यसको असर भने यातायातमा शुक्रवारदेखी नै शुरु भईसकेको थियो । जसकाे परिणामस्वरूप हामी यात्रा गरेको लगभग पाच कि.मी. मै कुनै गाउँको बस्ती थियो र त्यो गाउँका मान्छेहरू बाटो अवरुद्ध गरी बारीहरूमा लुकेर बसेका छन भन्ने कुरा चालकले हामी सबै यात्रीलाई जानकारी गराउदै हामीलाई फेरी बुटवल फर्किनुपर्ने बताउनुभयो । हामलाई बुटवल ल्याउदा सात बजी सकेको थियो ।
भोली नेपान बन्द हुने भएकोले त्यसको असर बजारमापनी सजिलै हेर्न सकिन्थियौ । ट्याक्सि, बस, केही नपाउने भईयो हामी कुनै बिक्लप होला कि भनेर त्यहीको स्थानियवासी संग जानकारी लिन शुरु गर्यौ र एक जन्नाले बुटवल नजिकै सुनौली नाका रहेको र त्याहा बाट्ट ट्रेन वा बस पुगी सजिलै रक्सौल पुग्न सकिने कुरा बताउनुभयो। ईसब बुझ्दैगर्दा हाम्रो घडीमा रातीको आठ बजिसकेको थियो । हामी फेरी बसपार्क आयौ र सुनौलीको लागी बस भनेर सोध्दै गर्दा आजको अन्तिम बस पाच मिनेट पहिलानै खुलेकोले नजिकै होला दौडेर समात्न सकिन्छ, अहिले यतै कतै चौकमा होला त्यो मान्छेको कुरा चलिरहेकै थियो । हामी दौडे, चौकमा जादा एक मिनेट पहिला हिडेकाे रहेछ, अगाडी हेर्नु भेटनुहुन्छ फेरी दौडियौ, अन्दाजी एक किलोमिटर दौडदा पनी बस भेटाएन ।
सायद त्यो दिन भाग्यमा पिडा लेखिएको थियो । बसेर गाडीको प्रतिक्षा गर्नुको सट्टा पैदल हिडदै गरौ भेट्यो भने बसौला नभए पैदल पुगौला रात आफ्नै हो भनेर म र साथी सल्लाह गरी अगाडी बढदैगयौ । केहीबेरको हिडाई पछी एक जनालाई बसाएर् ट्याक्सि आउदै थियो । हामी रोक्दा पहिला बसाउन्न मानेन । धेरै अनुरोध गर्दा दु:ख सुनाउदा मौकाको फाईदा उठाउन्न नेपालीबाट्ट सिखनुपर्छ भनेजस्तै मोलतोल शुरु भयो । सुनौली नाका सम्म पुर्याउन्न दुई जन्नाको एक हजार भन्यो । गर्दा गर्दै सात सय भन्दा घटी हुदैन्न भन्याे । त्यसपछि हामी बसयौ र एकैछिनमा त्याहा पुग्यौ । पुगेपछी त मईले सात सय इंडियन पैसा भनेको थे भनेर जोर जोरले बोल्न थाल्यो । हामी भनिरहयौ गुहारिरहयौ तर मानेन, हाम्रो लागी भने ठाउ न्या, कोई चिनेको थिएन्न । त्यसैले गाडी रोकेको ठाउँ अरुपनी ट्याक्सिवाला थिए तर कसैले केही भनिरहेको थिएन ।
जे होस हामलाई ठगेर भएपनी ठाउँसम्म पुर्याईदियो भनेर हामी त्यसले भनेजती पैसा दियौ । र नजिकै रहेको सटहि काउन्टरमा केही रुपैया साट्यौ । अब भने हामी इंडियामा थियौ र त्याहा बाट्ट बस समातेर गोरखपुर पुग्यौ त्याहाबाट्ट ट्रेन समातेर इंडिया हुदै रक्सौल पुगी वीरगंमा प्रवेश गर्यौ। सारमा हामी नेपालीलाई नेपालीलेनै लुटिखाने चलन छ । र याहा नेपाली हुन नागरिकता होईन त्याे अनुहार हुनुपर्छ । अनीमात्र आफ्नै देशको नागरिकझै व्यवहार गर्छन यहा ।
लेखक श्याम शर्राफ हुन्,
उनकाे व्यक्तिगत घटनामा घटेकाे यथार्त घटना हाे ।