Date
बिहि, अशोज ८, २०८३
Thu, September 24, 2026

प्रतिबंधित नेपाली र निराश प्रेम -मौनता पोखरेल

spot_img
spot_img

प्रतिबंधित नेपाली र निराश प्रेम -मौनता पोखरेल

मेरी प्यारी नर्स,

तिमीले पठाएको पत्र एक बर्ष पछि पाए। कोरोनाको चपेटामा परेर हवाई उडान बन्द भएको बेलामा ,त्यो अमूल्य खत म सगॅ आउन सकेन । तर समय यति बलवान रहेछ म अवाक छु। सुनाउन मन नभएपनि म विवशता को साथ आफु सय्यामा लडेको कुरा भन्दै छु।

तिम्रा चाहना सबै पुरा गर्न सकिन सानु।यहा नेपाल आफैॅ शोकाकुल भई रोईरहेको छ। हेर तिम्रो हाल बुझ्न मैले मेरा सारा मित्रलाई सम्पर्क गरे । तर कतैबाट तिम्रो खबर नआउदा मन बिचलित भयको छ।तिम्रो बुवाआमाको अवस्था नाजुक छ। घरकि एक्ली छोरी बाहिर अध्ययन गर्न गयी उतै हराई भन्ने नराम्रो छ। नेपाली जती भयावह जीवन परेपनी कुरा काट्न छोडदैन।यो खत कोरिरहदा तिमीले पढ़ने छौ भन्ने आश छ।मेरो लागी त परको कुरा आफ्नो बुवाको मुहारमा पर्स्ट र निर्धक्क मुस्कान हेर्न आऊ।केश पाकेकी बुढी आमाको केश सजाउन आऊ।

म तिम्रा हरेक चाहना पुरा गर्न दिलो-दिमाग एक गरी जमर्को गर्दै थिए।नेपाली जती भयावह जीवन कसैको नहोस।नेपाली भनी संसार भर नाम रोशन गर्ने सपना मुलबाटो पुग्ने बेलामा असरल्ल भयो।तर मैले हार मानेको छैन माया म उठ्नेछु।आत्मविश्वास को साहरा म अझै कोरोना युद्ध विजयी हुने विश्वास छ।

छिमेकी देश भारत आफै लाचार छ।नेपाली भनी आज खुषि हुनू की दुखी म असमंजसमा छु।नजिकै रहेको सीमा ले बेफाईदा नि हुदो रहेछ।के धनी र गरीब भन्नु अन्तमा चाहिने सबैलाई सासॅ रहेछ।यो अम्रीतरुपी सासॅ ले त साथ छोड्दो रहेछ पैसा र धनको के घमंड? म आज आफ्नै आखा अगाडी जीउदो शरिर मार्न बाध्य छु।दिनानुदिन लास हरु बेर्ने सेता कपडा देख्दा मन भक्कानिएर आउछ।

सयौ कोष पर सात समुद्र पारी म पक्षी बनी उडेर आउन नी असमर्थ छु।मानव मस्तिष्क जती सोच्यो तातीरहेको कोईला जस्तै तात्ने।म आफ्नै मात्रीभुमीमा भई रहदा त एक्लो छु।झन अमेरिका जस्तो व्यस्त देशमा एक्लै महामारी झेल्नु चानचुने काम होईन।तिमीले पठाएको पत्र भित्रको चेक मैले अक्सिजन दान दिए ।

एउटै परिवार का चार जना मर्दा पनि म आसुका धारा बाहेक केही दिन सक्दिन ।यस्तो परिस्थिति मा पनी ममा बाच्छु भन्ने आशाको किरण पलाएको छ।सगै बसी अशिक्षित र गरीबी रेखा मेट्ने उदेश्य बोकेका हामीहरु आज एकअर्का बाट पर छौ।नमरी बाचे कालले छाडे फेरी भेटौला माया।

पत्रसगै तिम्रो मनपर्ने आपको अचार र गुन्दूरुक छ। नेपाल आएछी भेटौला ।

तिम्रो प्यारो

अन्जान पात्र

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्राइम कमर्सियल बैंकको वार्षिकोत्सवमा रक्तदान, ७५ जनाले दिए रगत

वीरगंज । प्राइम कमर्सियल बैंक लिमिटेडको २०औँ वार्षिकोत्सवको अवसरमा बैंकको वीरगञ्ज शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा चार महिलासहित ७५ जनाले रक्तदान गरेका...

आजपा उपत्यका विशेष कमिटीको अध्यक्षमा पासाङ तामाङ

काठमाडौं । आम जनता पार्टी (आजपा)को उपत्यका विशेष कमिटी पुनर्गठन भएको छ । पासाङ तामाङको अध्यक्षतामा ८७ सदस्यीय कमिटी गठन भएको हो । कमिटीको उपाध्यक्षमा...

भारी वर्षाको सम्भावना, पर्सावासीलाई सतर्क रहन प्रशासनको आग्रह

वीरगंज । जिल्ला प्रशासन कार्यालय पर्साले आगामी दिनमा भारी वर्षा तथा अति भारी वर्षाको सम्भावना रहेकाले जिल्लावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। कार्यालयले बुधबार...