26.7 C
Birgunj
17 September 2024
KALIKATIMES.COM

प्रभु अस्पतालकाे लाइसेन्स खारेज गर्न मृतकका आफन्तकाे माग

प्रभु अस्पतालमा मृत्यु भएकाे दुबै महिला, बिचमा पत्रकार सम्मेलनमा सहभागि मृतकका आफन्तजन । तस्बिर : कालिका टाईम्स

वीरगंज । वीरगंज पानीटंकी स्थित भ्रखर केही दिन देखी संचालमा आएकाे प्रभु अस्पताल र अस्पतालकी डा. लक्ष्मी थापाकाे लाइसेन्स खारेज गर्न मृतकका आफन्तजनहरुले मांग गरेका छन् । प्रभु अस्पतालमा मृत्यु भएका दुबै युवतीका आफन्तहरुले मंगलबार वीरगंजमा पत्रकार सम्मेलन गर्दै प्रभु अस्पताल र डा. थापा कै कारण आफन्त गुमाउनु परेकाे वताएका हुन् ।

वीरगंज मुर्ली स्थित रहेकाे नेपाल पत्रकार महासंघ पर्साकाे सभा हलमा पत्रकार सम्मेलन गर्दै मृतकका आफन्तहरुले प्रभु अस्पताल र अस्पतालकी डा. लक्ष्मी थापाकाे लापरवाहीले गर्दा नै दुबै जनाकाे मृत्यु भएकाे आराेप लगाए ।

केही दिन पहिला अस्पतालमा अप्रेशन मार्फत बच्चा जन्माएकी बाराको पचरौता नगरपालिका वडा नं. १ पिपरपाती पंचराैता निवासी २५ बर्षिय सुनिता देबी र वीरगंज महानगरपालिका वडा नं. ३ भगवती टोल निवासी ३० बर्षिय अमृता श्रेष्ठको मृत्यु भएको थियाे ।

बाराकाे कलैया उपमहानगरपालिका वडा नं. ४ निवासी मृतक अमृताका श्रीमान् मनमोहन साह र बारा पंचराैता निवासी अर्की मृतक सुनिताका जेठान साहेव ठाकुरले संयुक्त रुपमा पत्रकार सम्मेलनको आयोजना गरी अस्पताल तथा डाक्टरकाे लापरवाहीले आफ्नो प्रियजन गुमाएको आरोप लगाए ।

मृतक परिवारका सदस्यहरुले हाल सम्म अस्पताल तथा डाक्टर मध्ये कसैले पनि उनीहरुको मृत्यु किन र के कारण भयो नबताएको पत्रकार सम्मेलनमा वताए । अप्रेसन भन्दा पहिला दुबै युवतीकाे सबै थाेक ठिक भए पनि अप्रेसनको केहि घण्टामै कसरी सबै कुरा बिग्रेकाे प्रति साेच्नु पर्ने विषय भएकाे वताए । घटनाकाे उच्च स्तरीय जाँचबुझ हुनु पर्ने मृतक सुनिताका जेठान साहेवले माग गरे ।

उनले अप्रेसन नै सही तरिकाले नगरिएको तथा प्याथलोजिकल जाँचहरुमा पनि गम्भीर त्रुटी भएको हुन सक्ने वताए । उनले प्याथलोजिकल रिर्पोटरहरुमा डाक्टरको हस्ताक्षर नहुनु र डाक्टर आफैले गरेको अप्रेसनमा कसरी यस्तो भयो भनेर हामीलाई सोध्नु तथा आफैले लेखेको औषधीले काम गरेन भन्नु आदी कुराहरुले उपचारमा गम्भीर लापरवाही भएको प्रष्ट देखिएको पत्रकार सम्मेलनमा सहभागि मृतकका आफन्तजनहरुकाे भनाई थियाे ।

अप्रेसन भएर बच्चा निकालिएको दुवै महिलामा एकै प्रकृतिका लक्षणहरु देखिनु तथा दुवैको मत्यु हुनु अस्पतालमा भर्ना हुने विरामी मध्ये ८० प्रतिशत गर्भवती महिलाहरुको नर्मल डिरेभरी हुन नसक्नुले पनि अस्पताल तथा अस्पतालका डाक्टर ज्यानमारा रहेको परिवारका सदस्यहरुले पत्रकार सम्मेलनमा आराेप लगाएका थिए ।

उनीहरुले यस्तो सुविधा सम्पन्न अस्पताल वीरगन्जमा नचाहिएको तथा अस्पताललाई बन्द गरी तत्काल उपचारमा समलग्न रहेको चिकित्सकहरुलाई कारवाही गर्नु पर्ने माग गरे ।

पत्रकार सम्मेलनमा मृतक सुनिताका जेठान साहेव ठाकुरले अस्पतालले रेफर गर्दा समेत रेफर संगै कुनै रिपाेर्ट नदिएका कारण भरतपुर पुग्दा पनि त्यहाँका डाक्टरहरुलाई उपचार गर्न समेत ग्राहाे भएकाे वताए । उनले भने “चितवन मेडिकल कलेजका डाक्टरहरुले तपाईहरु केस बिग्रारेर ल्याउनु भएकाे भन्दैै केही गर्न नसक्ने वताएका थिए ।”

यता अस्पतालले मेडिकल काउन्सिललाई घटना जांच बुझकाे लागि चिठी लेखिएकाे भन्दै आफ्नो वचाऊ गर्दै आएको छ । तर धेरैले अस्पतालले मृतककाे शवकाे पाेस्टमार्टन नगराउनु र घटना बारे स्थानिय प्रशासनलाई जानकारी नगराउनुले प्रमाणहरु मेटाउँने काम भइरहेको दावी गरेका छन् ।

पत्रकार सम्मेलन पिडित पक्षले आफुहरु न्यायको लागि प्रशासनको शरणमा जाने तथा ज्यान मार्ने अभियोगमा डाक्टर र अस्पताल माथी उजुरी दिने वताएका छन् । मृतक दुवै महिलाहरु गर्भवत्ती भएको पहिला महिना देखि नै प्रसुती रोग विशेषज्ञ डा. थापाको सम्पर्क रहेर चेकजांच गराउदै आएका थिए । प्रसुती गराउन अस्पतामा डा. थापा कै सलाह अनुसार भर्ना भएकाे र उनले भने अनुसार सब थाेक गर्दा पनि अप्रशन पछि सब थाेकमा समस्था देख्नुले घटना बारे छानविन हुनु पर्ने पिडितहरुकाे माग छ ।

अस्पताल प्रशासन छानविन तथा जाँचबुझको लागि पनि गम्भीर नरहेको परिवार पक्षले आरोप लगाएको छ । एकै दिन दुई ठूला घटना हुदा समेत अस्पताल प्रशासनले प्रहरी प्रशासनलाई जानकरी समेत नदिएको उनीहरुको आरोप छ ।

डा. थापाले पुस ८ गते मंगलबार राती सुनिताकाे अप्रशेन गरी बच्चा निकालेकी थिइन । पुस ९ गते बुधबार उनकाे पिसाब राेकिए पछि अस्पतालले उनलाई रेफर गरेकाे थियाे । रेफर पछि  भरतपुर लगिएकाे  सुनिताकाे पुस १० गते बिहिबार मृत्यु भएकाे थियाे ।

यस्तै वीरगंजकी अमृताकाे पुस ९ गते बुधबार विहान अस्पतालकी डा. थापाले नै अप्रेशन गरी बच्चा निकालेकी थिइन । डा. थापाकै निगरानीमा उनको सबै चेकजाँच भएको थियाे । उपचार कै क्रमा बुधबार दिउसाे १२ बजे अमृताकाे पनि अचानक पिसाब रोकिएकाे थियाे । त्यस पछि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा साेही दिन अमृताकाे पनि मृत्यु भएकाे थियाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

सखुवा प्रसाैनीकाे प्रमुख प्रशासकिय अधिकृतमा चाैरसिया

कालिका टाईम्स

मिटर ब्याजकाे समस्या समाधानको लागि वीरगंजमा अन्तरक्रिया

कालिका टाईम्स

गढीमाई मेलामा आउन सांसद श्रेष्ठले दिए सरकारलाई चुले निम्तो

कालिका टाईम्स
Comments
SQL requests:210. Generation time:4.672 sec. Memory consumption:79.71 mb