23.1 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

नेपाल युवा परिषदको कार्यक्रम संयोजकमा श्रवण साह

बीरगंज । नेपाल यु्वा परिषदले आयोजना गर्न लागेको प्रदेश नं. २ स्तरीय युवा सम्मेलन २०२० अगामी माघ ११ र १२ गते गर्ने निणर्य अनुसार पर्सा जिल्लाका नेपाल युवा परिषद नेपालका अध्यक्ष श्रवण प्रसाद साहलाई केन्द्रिय कार्यसमितिले कार्यक्रम संयोजक नियुक्त गरेको छ ।

केन्द्रिय अध्यक्ष सरोज बानियाको हस्ताक्षरीत रहेको उक्त पत्रमा उल्लेखित निम्न जिम्मेवारीका साथ प्रदेश नं २ को ८ वटै जिल्लाहरुबाट २०० जना युवाहरुलाई सहभागीता गराउने, आवश्कीय आर्थिक संकलन गरी प्रदेश युवा सम्मेलनलाई भव्य तरिकाबाट सम्पन्न गर्ने, बिभिन्न संघसंस्थाहरुलाई सहयोगी संस्थाको रुपमा प्रदेश युवा सम्मेलन २०२० मा गराउने आर्थिक संकलनमा बिशेष प्राथमिकता गराउने, प्रदेश नं २ को प्रदेश युवा सम्मेलन २०२० मा बिभिन्न बक्ताहरुलाई कार्यपत्र प्रस्तुत गर्नको लागि समन्वय गर्ने, प्रदेश नं २ को प्रदेश युवा सम्मेलन २०२० को कार्यक्रम स्थल, प्रमुख अतिथि, बिभिन्न अतिथिहरु, कार्यपत्र प्रस्तुतकर्ताहरु र कार्यक्रमको सम्पूर्ण डिजाईन गरी आवश्यकीय व्यक्तिहरुलाई समिति निर्माण गरी परिचालन गर्न सक्ने तथा अन्य आवश्यकीय कार्यहरु गर्ने गराउन नियुक्ती गरेको हो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

सहकारी ठगहरूले उन्मुक्ति पाउँदैनन् : मन्त्री गुप्ता

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता सम्पन्न, साउथजाेन मावि भए प्रथम

कालिका टाईम्स

स्वर्गीय सन्तोष यादवको प्रथम वार्षिक पूर्णिय तिथिमा श्रद्धाञ्जली सभा

कालिका टाईम्स
SQL requests:215. Generation time:3.969 sec. Memory consumption:81.43 mb