23.1 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

कालिकामाईमा ७ दिने अगरबती बनाउने तालिम सुरु

agarbati talim_kalikatimes

वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिकाकाे वडा नं. २ भेडिहारीमा आज देखी ७ दिने अगरबती बनाउने तालिम सुरु भएकाे छ । कालिकामाई गाउँपालिकाकाे सहयाेग र एग्रीकल्चर एण्ड स्कील डेभलपमेन्ट प्रा‌.लि. पर्साकाे आयाेजनामा सिपमूलक तालिम सुरु भएकाे हाे ।

तालिमकाे एक कार्यक्रमकाे बिच गाउँपालिका अध्यक्ष नथुनी प्रसाद कुशवाहाले उदघाटन गरेका थिए । हरिकिशाेर प्रसाद चाैरसियाकाे अध्यक्षतामा भएकाे उदघाटन समाराेहमा आयाेजक प्रालिका अमाेद कुमार केवट, नरेन्द्र साह लगायतकाले मन्तव्य राखेका थिए ।

स्थानिय ३० जना महिलाकाे सहभागिता रहेकाे तालिममा सरिता उपाध्याय र विपिन उपाध्यायले प्रशिक्षण दिइरहेका छन् । तालिमबाट सिप सिखेर महिलाहरुले घरेलु तथा साना उद्याेग संचालन गरि आत्मनिर्भर बन्न सहयाेग पुग्ने उद्देश्यले तालिम संचालन गरिएकाे आयाेजक प्रालिका केवटले वताए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

सहकारी ठगहरूले उन्मुक्ति पाउँदैनन् : मन्त्री गुप्ता

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता सम्पन्न, साउथजाेन मावि भए प्रथम

कालिका टाईम्स

स्वर्गीय सन्तोष यादवको प्रथम वार्षिक पूर्णिय तिथिमा श्रद्धाञ्जली सभा

कालिका टाईम्स
SQL requests:215. Generation time:3.304 sec. Memory consumption:81.43 mb