22.6 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

एच.आई.भि.एड्स. संक्रमितकाे अवस्था बारे अन्तरक्रिय बैठक सम्पन्न

antrakriya baithak sampan_kalikatimes

वीरगंज । विश्व एड्स दिवसको अवसरमा आज वीरगंजमा एच.आई.भि.एडस. संक्रमणकाे अवस्था सम्बन्धि अन्तरक्रिय बैठक सम्पन्न भएको छ । नारायणी अस्पताल वीरगंजमा भएको अन्तरक्रिया बैठकमा बि.स. २०६२ साल देखी हाल सम्मको एक हजार एक सय ९० जना एच.आ.भी. संक्रमितहरुको तथ्याँक प्रस्तुत गरिएको छ ।

छाला रोग विशेषज्ञय तथा एआरटीका जिम्मेवार व्यक्त्ति डा. अतुलेश चौरसियाले प्रस्तुत गरेको नारायणी अस्पताल वीरगंजमा संचालन रहेको एआरटिको तथ्यांक अनुसार पुरुष ४ सय १३, महिला ६ सय ७५, तेस्रो लिङ्गी २८ र बालबालिका ७४ जना एच.आई.भी. संक्रमित रहेका छन् । जस मध्ये ७ सय ७५ जनाको नारायणी अस्पतालमा संचालन रहेको एआरटी सेन्टर मार्फत औषधी उपचार भईरहेको छ । अरु बाकी २ सय ४८ जनाको अरु जिल्लामा औषधी उपचार भइरहेको, एक सय १८ जनाको मृत्यु भइसकेको र ४९ जना सम्पर्क बाहिर रहेको डा. चाैरसियाले जानकारी गराउनु भयो ।

art meeting_kalikatimes

कार्यक्रममा वोल्दै नारायणी अस्पतालका बरिष्ठ फिजिसिएसन डा. मनोज कुमार गुप्ताले प्रदेश २ मा एच.आई.भि. संक्रमण जाँच गर्ने भाइरल लोड मेशिन नहुदा समस्या भएको वताए । उनले भने नेपालको काठमाण्डौ, बिराटनगर र धनगढीमा मात्र भाईरल लोड मेशिन भएका कारण हामीलाई समस्या हुने गरेको छ, व्लड काठमाण्डौ फ्लाईटले पठाउनु पर्ने बाध्यता छ । कहिले काँही व्लडको टेम्प्रेचर मिल्न नसकेर जा‌ंच प्रभावित र फेरी अक्रो पटक पठाउनु पर्ने वाध्यता अन्तको लागि नेपाल सरकारले नारायणी अस्पताल वीरगंजमा पनि भाईरल लोड मेशिनको व्यवस्था गर्नु पर्छ ।

ए.एच.एफ. नेपालका पर्सा प्रतिनिधि आशिष गुरागाईले सिमा क्षेत्रमा एचआईभी संक्रमण बढी फेला पर्ने गरेकाले सावधानी अपनाउन जरुरी रहेको वताए । उनले नारायणी अस्पतालको एआरटी मार्फत एचआईभीको सम्पूर्ण चेकअफ नि:शुल्क हुने गरेको वताए ।

ए.एच.एफ. नेपालकाे सहयाेग र ए.आर.टी. वीरगंजकाे आयाेनामा भएकाे बैठकमा वीरगंज महानगरपालिकाको स्वास्थ्य तथा समाजिक विकास महाशाखाका अरुण कुमार महतो, गैर सरकारी संस्था विजामको अनुगमन तथा मूल्याँकन अधिकृत निरज साह, परियोजना संयोजक आसमा दहाल, नेपाल आरधना समाज, बारा प्लस, निल हिरा समाजका प्रतिनिधि, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

बैठकमा एएचएफले सन् २०१८ देखी नारायणी अस्पतालकाे एआरटी सेन्टरलाई सहयाेग गर्दै आएकाे र छाेटाे समय मै एचआईभी संक्रमितहरुकाे उपचारमा गुणस्तरिय सेवा प्रदान गर्दै आएकाेमा वीरगंज महानगरपालिका स्वास्थ्य तथा समाजिक बिकास महाशाखा लगायतका सराेकारवालाहरुले धन्यावाद दिदै यसलाई निरन्तरता दिनु पर्ने वताएका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:218. Generation time:3.427 sec. Memory consumption:81.45 mb