31.7 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

वीरगंजमा चलचित्र महोत्सव सुरु, राष्ट्रपति भण्डारीले गरिन उदघाटन

chalchitra mohtsaw_kalikatimes
चलचित्र महाेत्सवकाे उदघा६न गर्दै राष्ट्रपति भण्डारी । तस्बिर : प्रणय साह

वीरगंज । चलचित्र जगत आर्थिक क्षेत्रको सकारात्मक प्रभाव पार्ने माध्यम भएको राष्ट्रपति विद्या देवी भण्डारीले वताउनु भएको छ । वीरगंजको आदर्शनगर रंगशालामा आयोजित नेपाली चलचित्र स्वर्णिम महोत्सवको उदघाटन गर्दै राष्ट्रपति भण्डारीले चलचित्र जगत आर्थिक क्षेत्रको सकारात्मक प्रभाव पार्नेमा माध्यम भएकोले यसमा समय सान्दर्भमा समय सापेक्ष तालिम र शिक्षा दिदै भौतिक पूर्वधारको विकास गर्दै जानु पर्ने वताउनु भएको हो ।

साथै कलाकारहरु राष्ट्रका जागरुप तथा महत्वपूर्ण प्रतिनिधि पात्र भएकाले समाजिक सहिष्णुता, शान्ति प्रवर्धन, पर्यटन विकास, पर्यावरणिय शन्तुलन र आर्थिक समृद्धिका सन्देश दुत बनेर समाजमा चेतना र जागरण फैलाउनु पर्ने वताउनु भयो ।

उदघाटन समारोहमा नेपाली चलचित्र स्वर्णिम सम्मानले प्रथम चलचित्र छांयाकार वैकुण्ट मास्के, प्रथम चलचित्र सम्पादक तिर्थलाल श्रेष्ठलाई राष्ट्रपति भण्डारीले समानित गर्नु भयो । नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीको अध्क्षतामा भएको कार्यक्रममा सुचना तथा संचार मन्त्री गोकुल प्रसाद बास्कोटा, प्रदेश २ का मुख्य मन्त्री लालबाबु राउत गद्दी, वीरगंज महानगरपालिका मेयर विजय सरावगी, नेपाल उधोग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा लगायतको सहभागिता रहेको थियो ।

नेपाल चलचित्र निर्माता संघले आयोजनामा आज देखी सुरु भएको महोत्सव शनिबार सम्पन्न हुनेछ ।महोत्सवमा प्रस्तुती राख्न बलियुड सुपर स्टार गोबिन्दा आहुजा वीरगंज आएका छन् । उनले आज बेलुका ४ बजे देखी आफ्नो प्रस्तुती राख्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:4.064 sec. Memory consumption:81.51 mb