31.7 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

नेपाल ‘खुला दिसामुक्त राष्ट्र’ घोषणा

khuladisamuktadesh-kalikatimes

काठमाडौं । नेपाल ‘खुला दिसामुक्त राष्ट्र’ घोषणा भएको छ । खानेपानी तथा सरसफाइ मन्त्रालयले सोमबार संघीय राजधानी काठमाडौंमा आयोजना गरेको समारोहमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई ‘खुला दिसामुक्त राष्ट्र’ घोषणा गरेका हुन् ।

नेपालका ७५३ स्थानीय तह र ७७ जिल्लाले गरेको खुला दिसामुक्त क्षेत्र घोषणा कार्यलाई सदर गर्दै नेपाललाई खुला दिसामुक्त घोषणा गरिएको हो ।

सोमबारको घोषणासँगै नेपाल दक्षिण एसियाकै पहिलो ‘खुला दिसामुक्त राष्ट्र’ भएको दाबी गरिएको छ । नेपालभन्दा २ दिन पछि (२ अक्टोबर) मा भारतले पनि आफूलाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्ने कार्यक्रम छ ।

दक्षिण एसियामा सन् २००३ पछि खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने अभियान शुरु भएको मानिन्छ । सन् २००३ को अक्टोबरमा बंगलादेशको ढाकामा दक्षिण एसियाका ८ वटा राष्ट्र नेपाल, भारत, पाकिस्तान, अफगानिस्तान, भुटान, बंगलादेश, श्रीलंका र माल्दिभ्सको खानेपानी तथा सरसफाई सञ्जालको संयुक्त बैठक बसेको थियो ।

त्यसपछि उक्त सञ्जालका बैठकहरु सन् २००६ को सेप्टेम्बरमा पाकिस्तानमा, सन् २००८ को नोभेम्बरमा भारतको दिल्लीमा, सन् २०११ को अप्रिलमा श्रीलंकामा बसेका थिए ।

दक्षिण एसियाली खानेपानी तथा सरसफाई सञ्जालको बैठकमा भएका निर्णयकै आधारमा नेपालले २०६८ सालमा सरसफाइ गुरुयोजना तयार गरी लागू गरेको थियो ।

उक्त योजना लागू भइसकेपछि तत्कालीन गाउँ विकास समिति (गाविस) र नगरपालिकासँगै जिल्लाहरुलाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने कार्यक्रम शुरु भयो । पहिलोपटक खुला दिसामुक्त घोषणा भएको जिल्लामा कास्की पर्छ । कास्कीलाई २०६८ सालको असार १० गते खुला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:5.371 sec. Memory consumption:81.46 mb