21.8 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

सांसद प्रदिप यादवले गरे आफ्नो तलब भक्ताबाट नगवा स्कुललाई सहयोग

pradip yadav sahyog_kalikatimes

वीरगंज । पर्सा पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदिप यादवले आफ्नो तलब भतता वापतको रकमबाट नेपाल राष्ट्रिय माध्यमिक विद्यालय नगवालाई १५ थान पंखा सहयोग गरेका छन् ।

समाजवादी पार्टी नेपालका सांसद यादवले महानगरमा भएपनी २०१७ सालमै स्थापना भएको यस विद्यालय स्रोत साधनको पहुच बाहिर रहेकाले स्कुल पुगेका आफ्नो एक्लो तलब भक्ता कटौती गरी पंखा सहयोग गरेका हुन् ।

शैक्षिक मेला को बेला प्रमुख अतिथिकै रुपमा स्कुल पुगेका सांसद यादव ले बस्तुस्तिथि हेरेपछि मंच बाटै स्कुलका बालबालिका का लागि पंखा सहयोग गर्ने घोषणा गरेका थिए र सोहि वाचा पुरा गर्दै विहिबार सांसद प्रदिप यादवको अनुपस्थितिमा पार्टीका जिल्ला सदस्य सुन्दरकुर्मीको नेतृत्वमा नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक घनश्याम मिश्रालाई १५ थान पंखा हस्तनान्तरण गरेको सांसद यादवका स्वकिय सचिव निखिल वर्णवालले बताए ।

कार्यक्रममा विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष अरुण यादव, शिक्षकहरु ऋजय साह, मनोज चौरसिया, विजय चौरसिया, पदमा पौडेल व्यवस्थापन सदस्य मनदिस राउत अहिर, अब्दुल मियाँ लागायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:4.473 sec. Memory consumption:81.45 mb