26 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

बसपार्क टर्मिनल संचालनको ठेक्कामा अनियमितता भएको आरोप

patrakar samelan_kalikatimes

वीरगंज । वीरगंज महानगरपालिकाले बसपार्क टर्मिनल संचालन तथा व्यवस्थापनको लागि ठेक्का लगाउनमा अनियमितता गरेको श्री ओउम् साई निर्माण सेवा वहुअरीका मोहन प्रसाद यादवले आरोप लगाएका छन ।

नेपाल पत्रकार महासंघ पर्साको भवनमा पत्रकार सम्मेलन गर्दै संचालक यादवले मिति २०७६/०४/०६ गते महानगरले गोरखा पत्र दैनिक पत्रिकामा बसपार्क टर्मिनल संचालन तथा व्यवस्थापनको ठेक्काको लागि प्रस्ताव अवहान गरेकोमा मेरो प्रस्ताव पहिलो चरणमा प्राविधिक प्रस्तावमा सफल भए पनि आर्थिक चलखेल गरी कमिशन लिई एन.के. इन्टरनेशनल प्रा.लि. चितवनको प्रस्ताव पत्र स्वीकृत गरी अनियमितता गरेको आरोप लगाएका हुन

। उनले भने ‘मेरो ओउम् साई निर्माण सेवाले रु ८ करोड ५० लाखमा प्रस्ताव पत्र दर्ता गराए पनि महानगरले रु ७ करोड ५० लाखमा प्रस्ताव दर्ता गराएका एन.के. इन्टरनेशनल प्रा.लि. चितवनको प्रस्ताव स्वीकृत गरेको छ’ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:4.155 sec. Memory consumption:81.45 mb