26 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

प्रदेश स्तरिय खानेपानी र सरसफाई अधिकार, नितिगत आवश्यक्ता र चुनौती सम्बन्धी १ दिने कार्यशाला सम्पन्न

वीरगंज । प्रदेश स्तरिय खानेपानी तथा सरसफाईको अवस्था, खानेपानी र सरसफाई अधिकार, नितिगत आवश्यक्ता र चुनौती सम्बन्धी १ दिने कार्यशाला आज प्रदेेेश  नंं. २  को  रौतहटमा सम्पन भएको छ ।

रौतहटको चन्द्रपुरको गौेतम होटलमा भएकाे कार्यक्रममा सरोकारवालाहरुले समन्वय, सहकार्य, र अधिकारलाई बाडफाड नगर्दा सम्म अवस्था नसुधिरने बताएका छन । केन्द्रिकृत कानुनले गर्दा चाहेर पनि काम अगाडी नबढेको आरोप लगाएका छन ।

पर्साकाे पोखरीया नगरपालिकाका प्रमुख दिपनारायण रौनियारले पर्सामा दर्जनौ पानीटयांकीमा लगानी गरिएको तर जनताले उपयोग गर्न नसकेको दोषी केन्द्रिय सरकारको बाझने कानुन भएको जिकिर गर्नु भयो । नेपाललाई समृद्ध बनाउन नेपालको पानी र जवानीलाई रोकेर राखियो भने हामा्रे देश अवश्य नै समृद्ध हुने जोड दिनु भयो ।

प्रदेश नम्बर २ का ८ वटा जिल्लाका एक एक जनाले जिल्लाको प्रतिनिधित्व गर्दै आआफना जिल्लाका कुराहरु प्रस्तुत गरेका थिए । प्रदेशनम्बर २ का गाउँपालिका, नगरपालिकाका प्रमुख, उपप्रमुख, कर्मचारी र गैरसरकारी संस्थाका प्रतिनिधीहरुको सहभागीतामा कार्यक्रमले भएकाे थियाे।

युनिसेफको सहयोग र खानेपानी तथा सरसफाई उपभोग्ता महासंघ नेपाल र जिल्ला महासंघ रौतहटकको आयोजनामा भएको कार्यक्रममा महासंघका केन्द्रिय उपाध्यक्ष जनक गिरी, खानेपानी तथा ढल निकास ब्यवस्थापन बिभागका उपनिर्देशका रामाकान्त गिरीले केन्द्रिय तथा प्रदेश स्तरको अवस्था, समस्या र चुनौती, मानव अधिकार, पानीको अधिकार र अब के गर्न सकिन्छ भने बारेमा प्रस्तुतीकरण गरेका थिए ।

खानेपानी तथा सरसफाई उपभोग्ता महासंघ नेपाल प्रदेशनम्बर २ का संयोजक रामकल्याण यादवको अध्यक्षतामा भएको कार्यक्रममा स्वागतमन्तब्य जिल्ला महासंघ रौतहटकका उपाध्यक्ष रामबाबु सोनुले गर्नु भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:3.702 sec. Memory consumption:81.45 mb