30.1 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

संविधान दिवस पर्सामा पनि भव्यताको साथ मनाउने निर्णय

cdo office meeting_kalikatimes

वीरगंज । पर्सामा यस बर्ष भब्यताको साथमा संबिधान दिवस मनाउने निर्णय गरिएको छ । जिल्ला समन्वय समिती पर्साका उपप्रमुख ठाकुर न्यौपानेको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

आश्विन २ गते सममपुर्ण सरकारी तथा गैरसरकारी संस्थाहरुको कार्यालय सरसफाई गर्ने, पर्साका निजी, सामुदायि तथा सरकारी बिधालयहरुमा २ गते र ४ गते विविघ कार्यक्रम गर्ने, नेपाल रेडक्रस सोसाईटीले आश्विन ४ गते बृहत रक्तदान गर्ने र असोज ३ गते बिभिन्न ठाउँबाट बाजागाजा र बैनर तथा जुलुसका सहित रैली गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भटराईले बताए ।

बैठकमा बिरगंज महानगरपालिकाका मेयर बिजय सरावगी, नेपाली कांग्रेस पर्साका सभापति अजय द्धवेदी, नेकपाका प्रभु हाजरा पासवान, समाजवादी पार्टीका रामनरेश यादव, नेपाल रेडक्रस सोसाईटी प्रदेश नम्बर २ का अध्यक्ष फुलमहम्मद मियाँ, गैरसरकारी संस्था महासंघ नेपाल पर्साका अध्यक्ष छठु साह, नेपाल पत्रकार महासंघ पर्साका सचिव युवराज खड्का लगायत बिभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधीहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

सिनेमा हलमा एमआरपीभन्दा बढी मूल्यमा खानेकुरा बिक्री गर्न नपाइने

कालिका टाईम्स

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स
SQL requests:216. Generation time:5.411 sec. Memory consumption:81.44 mb