Date
मङ्ल, भदौ २, २०८३
Tue, August 18, 2026

प्रारम्भिक कक्षा पढाई कार्यक्रमले प्रारम्भिक कक्षाकाे पढाइसिपमा परिवर्तन

spot_img
spot_img

पर्सा, १३ पुस ।

पर्सामा प्रारम्भिक कक्षा पढाई कार्यक्रम (ई.जि.आर.पी) ले प्रारम्भिक पढाइसिपमा परिवर्तन ल्याएको छ । कार्यक्रमले कक्षा १, २ र ३ का वालवालिकाहरुको अक्षर चिन्ने, गति, यति र लय मिलाएर शब्द, वाक्य तथा परिच्छेद पढने, पढेको कुरा बुझ्ने लगायतको पढाइसिपमा परिवर्तन ल्याएको कार्यक्रका समुदाय परिचालन अधिकृत मित्रदेव यादवले वताए ।

पहिला प्रारम्भिक कक्षामा अध्ययनरत पढाइसिप सम्बन्धी आधारभुत उपलब्धि अत्यन्तैं न्यून रहेको र कार्यक्रम संचालन भए पछि अहिले आएर सुधार हुदै गएको अधिकृत यादवले वताए । यसका साथै अभिभावकहरु विद्यालयमा गएर आफ्ना वालवालिकाहरुको पढाई अवस्थाको बारेमा बुझन थालेको उनले वताए ।

यस्तै घरमा अभिभावकहरुले पढाई कुनाको व्यवस्था समेत गरेका कारण पढाइसिपमा सुधार आएको पटेर्वा सुगौलीका अभिभावक पुष्पा चौधरीले वताइन । कार्यक्रमले कक्षा १ देखी ३ सम्मका पाठ्य सामग्रीहरु पढ्न र बुझन सक्ने विद्यार्थीहरुको संख्यामा वृधि समेत भएको यादवले दाबी गरे ।

यू.एस.ए.आई.डी. को सहयोमा र नेपाल सरकार मार्फत सामाजिक संस्था जिल्ला समन्वय समिति, पर्साले पर्साको सबै विद्यालयहरुमा प्रारम्भिक कक्षा पढाई कार्यक्र संचालनमा रहेको छ । ६ महिना देखी संचालनमा रहेको कार्यक्रम अन्तर्गत प्रारम्भिक कक्षाका बावालिकाका अभिभावकहरुलाई दौतरी शिक्षा तालिम दिइएको छ ।

यस्तै कार्यक्रम संचालनमा रहेको १ सय १५ विद्यालयहरुलाई रु २ लाखका दरले विद्यालय व्यवस्थापन अनुदान समेत आउने कार्यक्रम व्यवस्थापक अनुरोध साहले वताए । त्यस मध्ये ४८ विद्यालयहरुमा पहिलो किस्ता रु १ लाख ४० हजारका दरले रु ६७ लाख २० हजार आइसकेको साहले जानकारी गराए ।

कक्षा १ देखी ३ भित्रै पढाइसिप हाँसिल गरिसकेका विद्यार्थीहरुको माध्यमिक तहमा उर्तिण हुने सम्भावना ४ गुणाले बढने र पढाइमा राम्रो नतिजा ल्याउने सम्भावना बढेर जाने साहको भनाई थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

उच्च अदालत वीरगंजका मुख्य न्यायाधीश डाँगी सवार स्कारपियो दुर्घटना, हेलिकप्टरबाट काठमाडौं लगियो

वीरगंज । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका मुख्य न्यायाधीश गोकर्ण डाँगी सवार स्कारपियो मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा दुर्घटना हुँदा ६ जना घाइते भएका...

पत्रकार किशोर श्रेष्ठ सर्वोच्चको आदेशमा रिहा

काठमाडौं । सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न परमादेश जारी गरेको छ । सर्वोच्चले श्रेष्ठलाई हाजिरी जमानीमा छाडेर वा तारिखमा राखेर अनुसन्धान अघि...

पर्सामा अवैध बालुवा उत्खननमा संलग्न १९ ट्याक्टर र ७ पाडोसहित एक जना पक्राउ

वीरगंज । पर्सामा अवैध रूपमा नदीजन्य बालुवा उत्खननमा संलग्न १९ वटा ट्याक्टरसहित १५ जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । साथै भन्सार छली नेपाल...