Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

विभिन्न निर्णय गर्दै विपद् व्यवस्थापन समिति पर्साकाे बैठक सम्पन्न

spot_img
spot_img

वीरगंज । विपद् ब्यवस्थापन तथा पुर्व तयारी समिती पर्साकाे बैठक शुक्रबार सम्पन्न भएकाे छ । जिल्ला प्रशासन कार्यालय पर्सामा बसेकाे बैठकले अब गर्मीयाम शुरु हुन लागेकाेले पूर्व तयारी रहनुका साथै बिभिन्न महत्वपुर्ण निर्णय गरेको छ ।

विपद् व्यवस्थापन समिति पर्साका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा बसेको बैठकले पालिकामा तथा विपद् ब्यवस्थापन समितीमा रहेको दमकललाई तयारी अवस्थामा राख्न निर्देशन दिएकाे छ ।

पर्साका वीरगंज महानगरपालिकामा ४, पोखरीया नगरपालिकामा १, पर्सागढी नगरपालिकामा १, सखुवा प्रसाैनी गाउँपालिकामा १ र विपद् ब्यवस्थापन समितीमा १ गरी पर्सामा ८ वटा दमकल रहेको छ ।

बैठकमा छलफलको क्रममा बाकी रहेका पालिकाहरुले पनि दमकलका लागी बजेट बिनियोजन गरी खरिद गर्नु पर्ने, गाउँमा रहेका ईनार, पोखरी, तलाउ, कुवाहरुलाई संरक्षण गर्नु पर्ने, आगलागी निभाउन बिभिन्न किसिम्मका नयाँ उपकरणहरु खरिद गर्नु पर्ने तथा सुरक्षाकर्मीहरुले निर्धारित समयमै घटना स्थलमा पुग्नु पर्ने जस्ता बैठकमा छलफल भएको हाे ।

बैठकले यहि बर्षको पुस १ गते देखी चैत्र ५ गते सम्म जिल्ला विपद् ब्यवस्थापन समितीबाट आगलगीबाट घर क्षती भएका एक्कतीस जना घरपरिवारलाई ४ लाख ८ हजार, सखुवा प्रसाैनी गाउँपालिका १ का शिवनारायाण दास थारुलाई चटयांग लागी मृत्यु भएका निजका परिवारलाई राहत स्वरुप दुई लाख, शितलहरबाट प्रभावित पालिकाहरुमा सिरक, डस्ना, कम्बल लगायत सामग्रीहरुकाे खरिद गरिएको रु ९ लाख ९८ हजार बाईस रुपैया गरी १६ लाख ६ हजार बाईस रुपैया खर्च समर्थन गर्ने समेत निर्णय गरेको छ ।

आगलागीलाई रोकथाम गर्न, पत्रकार, गैरसरकारी संस्था, सुरक्षाकर्मी स्थानिय तह, समन्वय गर्ने, आगलागी नियन्त्रणका लागी बिस प्रकारकाे सामग्री सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई हस्तान्तरण गर्ने निर्णय गरेको छ ।

यसैगरी विपद् ब्यवस्थापनलाई असर नगर्ने गरी सार्वजनिक जग्गामा स्वास्थ्य संस्था, अस्पताल भवन निमार्ण गर्न विपद् ब्यवस्थापन समितीको बिभिन्न मितीमा भएको निर्णय र सिफारिसको आधारमा भवन निमार्ण गर्न स्वीकृती दिने समेत निर्णय गरेको जिल्ला प्रशासन कार्यालय पर्साका अधिकृत कृष्णा कुशवाहाले जानकारी दिए ।

बैठकमा वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह, बहुदरमाई नगरपालिकाका मेयर सिंहासन साह तेली, पर्सागढी नगरपालिकाका मेयर गोकर्ण पाठक, धोबिनी गाउँपालिकाका अध्यक्ष मदन चौहान, नेपाली कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मी, नेकपा माओवादी केन्द्रका सुरेन्दर गुप्ता, नेकपा एकीकृत समाजवादीका सुबदार यादव, पर्सा प्रहरी प्रमुख प्रहरी उपरिक्षक कोमल साह, गैरसरकारी संस्था महासंघ पर्साका अध्यक्ष छठु साह लगायत बिभिन्न पालिकाका प्रमुख प्रशासकिय अधिकृत तथा कार्यालय प्रमुखहरुकाे सहभागीता रहेको थियो । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...

पर्सा–४ काे कांग्रेस सभापतिमा पुनः श्रीकान्त यादव

वीरगंज । नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापतिमा श्रीकान्त प्रसाद यादव पुनः सर्वसम्मत चयन भएका छन् । आइतबार जगरनाथपुर गाउँपालिका–५ मसिहानीमा...