Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

वीरगंजमा सवारी दुर्घटनामा परी भारतिय महिलाकाे मृत्यु

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. २१ स्थित सडक खण्डमा बुधबार सवारी दुर्घटना परी भारतिय महिलाकाे मृत्यु भएकाे छ । भारत विहार जिल्ला मोतिहारी थाना रक्सौल बस्ने वर्ष ५० की माला देबीकाे  मृत्यु  भएकाे प्रहरीले जनाएकाे छ ।

बुधबार दिउसाे १:४५ बजेको समयमा ड्राईपोर्टबाट चोर्नी तर्फ जाँदै गरेको बिआर०५एएम१६२४ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकलकाे पछाडी सवार महिलाकाे मोटरसाइकलबाट लडी मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

मोटरसाइकलबाट लडी निजको टाउकोमा गम्भिर चोट लागेको हुँदा उपचारार्थ एल.एस.न्यूरो अस्पताल वीरगंजमा ल्याएकोमा बिहिबार दिउसाे १२:३० बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीले जानकारी दिए ।

मृतकको लासजाँच प्रकृति मुचुल्का लगायतको कार्य सम्पन्न गरी पोष्टमार्टमकाे लागि नारायणी अस्पताल वीरगंजमा लास राखिएकाे उनले वताए । मोटरसाइकल चालक भारत विहार जिल्ला मोतिहारी थाना रक्सौल जोखियारी पञ्चायत वडा नं.९ बस्ने वर्ष २३ को सचिन कुमारलाई नियन्त्रणमा लिइ थप  अनुसन्धान भैरहेको प्रवक्ता गिरीले जानकारी गराए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पत्रकार तिवारी यादवको पहलमा बुनियादमा निःशुल्क आँखा तथा दन्त स्वास्थ्य शिविर

वीरगंज । बाराको परवानीपुर गाउँपालिका–१, बुनियादमा शनिबार निःशुल्क आँखा तथा दन्त स्वास्थ्य शिविर सम्पन्न भएको छ। पत्रकार तिवारी यादवको पहल तथा एलएस न्युराे हाेस्पटिल...

टेस्ला गाडीमा पुरानै मूल्य कायम गरी थप राजस्व मागेको भन्दै आयातकर्ताको आपत्ति

वीरगंज । विश्व बजारमा टेस्लाका विद्युतीय सवारीसाधनको मूल्य घटेको अवस्थामा नेपालमा आयात भएको गाडीको वास्तविक खरिद मूल्यभन्दा पुरानो आयात मूल्यलाई आधार बनाएर थप राजस्व...

मित्तल–अग्रवाल विवादको नयाँ मोड : दिएको चेकमै उजुरी, अग्रवालले उठाए प्रश्न

वीरगंज । झुटा तथा किर्ते कागजात पेस गरी नेपाली नागरिकता लिएको आरोप विवादमा तानिएका शंकर मित्तल पछिल्लो समय पुनः विवादमा परेका छन् । उनीविरुद्ध...