Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

वीरगंजमा हिन्दु स्वयंसेवक सम्मेलन तथा पथ यात्रा सम्पन्न

spot_img
spot_img

वीरगंज । हिन्दु स्वयंसेवक संघ नेपालकाे आयाेजनामा शनिबार वीरगंजमा स्वयंसेवक सम्मेलन सम्पन्न भएकाे छ । हिन्दू नवबर्षकाे चैत शुक्ल प्रतिपदाकाे उपलक्ष्यमा स्वयंसेवक सम्मेलन सम्पन्न हुनुकाे साथै पथ संचालन समेत गरिएकाे हाे ।

वीरगंजकाे आदर्शनगरस्थित पूरानाे बस पार्कबाट सुरु भएकाे पथ यात्रा घडिअर्वा, माइस्थान, घण्टाघर हुँदै पुन: माइस्थान भएर आदर्शनगर, अलखियामठ, छपकैया हुँदै पुन: बस पार्क मै पुगी सम्पन्न भएकाे थियाे ।

बाजागाजासहित निस्केकाे पथ यात्राकाे सहभागिहरुलाई स्थानियहरुले ठाउँ ठाउँमा फुल बर्षाएका थिए ।

स्वयंसेवक सम्मेलन तथा पथ यात्राकाे उद्घाटन वीरगंज उद्याेग वाणिज्य संघका अध्यक्ष अनिल पटवारीले गरेका थिए । उद्घाटन कार्यक्रमलाई सम्बाेधन गर्दै अध्यक्ष पटवारीले हिन्दुत्वकाे लागि जागृत भएर लाग्नु पर्ने वताए ।

हिन्दु स्वयंसेवक संघका विभाग संघचालक ललन द्विवेदीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा विश्व हिन्दु परिषदका संगठन मन्त्री प्रहलाद रेग्मी, वीरगंज उद्याेग वाणिज्य संघका उपाध्यक्ष माधव राज पाल, जनजाती कल्याण आश्रमका अध्यक्ष सुरेश रुगंटा, वीगंज नगर संघचालक रामलक्ष्मण यादव लगायतकाे सहभागिता रहेकाे थियाे । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषाको हंसपुरमा ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण

जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आएपनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर नगरपालिका–५, साविक सुगा निकास गाविस–३ का ३६५ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा...

सहयोगको बहानामा रकम उठाउनेमाथि निगरानी र कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमार्फत नागरिकलाई सहज, सरल र प्रभावकारी सेवा उपलब्ध गराउन पाँच बुँदे निर्देशन जारी गरेको छ। मन्त्रालयका सहसचिव आनन्द काफ्लेद्वारा...

भोटेकोशी बाढीः एक हजार ३९५ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी हालसम्म एक हजार ३९५ जनाको शव फेलापरेको छ भने पाँच हजार १३० जना अझै सम्पर्कविहीन छन् । राष्ट्रिय विपद् जोखिम...