Date
बुध, भदौ १७, २०८३
Wed, September 2, 2026

बस्तीमा दुर्गन्ध फैलाउने शिवम् लेयर्स फार्म बन्द गर्न गाउँपालिकाकाे निर्णिय

spot_img
spot_img

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा न‌ं. २ गादी स्थित रहेको शिवम् लेयर्स फार्म प्रा.लि. बन्द गर्ने गाउँपालिकाले निर्णय गरेको छ । कुखुराको अण्डा उत्पादन गर्ने उक्त उद्योगले फैलाएको दुर्गन्धको कारण ५ वटा बस्तीका १० हजार भन्दा बढि नागरिकहरु महामारीको उच्च जोखिममा रहेको समाचारहरु प्रकाशनमा आएपछि १५ दिन भित्र उद्योग बन्द गर्न गाउँपालिकाले निर्देशन दिएकाे हाे ।

मिति २०७९ चैत ८ गते बसेकाे गाउँ कार्यपालिकाकाे बैठककाे निर्णय अनुसार मापदण्ड विपरित संचालनमा रहेकाे उद्याेग बन्द गर्ने निर्देशन दिइएकाे गाउँपालिकाकाे प्रमुख प्रशासकिय अधिकृत सन्देश यादवले जानकारी दिए । चैत ८ गते बसेको कार्यपालिकाको बैठकको निर्णय नं. १ अनुसार विभिन्न मितिमा त्यस क्षेत्रका १ सय भन्दा बढि नागरिकले शिवम् लेयर्स फार्म उद्योगलाई आवश्यक कारवाहीको लागि दिएको उजुरी उपर छलफल गरि उद्योग संचालनको अनुमति दिने निकायले तोकेको शर्तहरु पालना गर्न जानकारी गराउँदा पनि उद्योगले अटेरी गर्दै आएको कारण पालिकाले यस्तो निर्णय लिएको हो ।

पालिकाले दिएको जानकारी अनुसार २०७८ चैत २३ गते पालिकाको न्यायिक समितिद्वारा भएको उद्योग संचालनको अनुमति दिने निकायले तोकेको शर्तहरु तथा प्रचलित कानून अनुसारको वातावरण प्रदूषण सम्बन्धी मापदण्ड पालना गर्न जानकारी गराउँदा समेत उद्योगले शर्तहरु पुरा नगरेको र मापदण्ड विपरित उद्योग संचालन गर्दै आएको जनाएको छ । त्यस पश्चात दिन प्रतिदिन जनगुनासोहरु बढ्दै जाँदा पालिकाले उद्योगलाई पटक पटक मौखिक तथा लिखित ताकेता गर्दा पनि अटेरी गर्दै आएकोले दुर्गन्ध बढ्नुको साथै झिँगा भन्किने समस्या बढ्दै गएकोले यही मिति २०७९ चैत २ गते गरिएको अनुगमन समितिको प्रतिवेदन अनुसा १५ दिन भित्र उद्याेग बन्द गर्न निर्देशन दिएकाे हाे ।

अनुगमन समितिले दिएको प्रतिवेदनमा नेपालको संविधान, २०७२ को धारा ३०, स्वच्छ वातावरणको हक (मौलिक हक) बाट गाउँपालिकाको हजाराैं नागरिकहरुलाई बञ्चित गराइएको, फोहरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ३८ अनुसार र वातावरण संरक्षण ऐन २०७६ विपरित कार्य गरि छरछिमेकको नागरिकहरुको स्वास्थ्यसँग गम्भिर खेलवाड गरेको र फोहरमैला व्यवस्थापन नियमावली, २०७० को नियम ११ अनुसारको फोहरमैला व्यवस्थापन सम्बन्धी गाउँपालिकाको कार्यालयसँग अनुमति समेत नलिइएकोले उल्लेख गरिएको छ ।

अनुगमन समितिको प्रतिवेदनमाथि भएको छलफल पश्चात नेपालको संविधान २०७२ को अनुसूचि ८ को बुंदा नं. १० को अधिकार, स्थानीय सरकार संचालन ऐन २०७४ र अन्य प्रचलित कानून अनुसार गाउँपालिकाले लिखित तथा मौखिक निर्देशन दिँदा त्यसलाई वेवास्ता गर्दै नागरिकको स्वास्थ्यसँ गम्भिर खेलवाड गरेकोले उक्त उद्योगलाई १५ दिन भित्र बन्द गर्न पत्रचार गर्नुकाे साथै र सोको जानकारी सम्बन्धित निकायहरुलाई समेत गराइएकाे गाउँपालिकाकी उप प्रमुख ममता चौधरीले जानकारी दिइन् ।

उद्याेग बन्द गर्न शिवम् लेयर्सलाई गरिएकाे पत्रचारकाे बोद्धार्थ कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय सिंहदरबार काठमाडौं, जिल्ला प्रशासन कार्यालय पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सा, भेटिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्सा, घरेलु तथा साना उद्योग कार्यालय वीरगंज (पर्सा) लाई समेत गरिएकाे गाउँपालिकाले जनाएकाे छ ।

उद्योगको कारण त्यस क्षेत्रका २ हजार भन्दा बढि घरधुरीका १० हजार भन्दा बढि नागरिकहरु विभिन्न रोगको महामारीको उच्च जोखिममा छन् भने अधिकाँश बालबालिका, वृद्धवृद्धाहरु विभिन्न रोगबाट ग्रसित छन् । उद्योगले कुखुराको दिशा र मरेका कुखुराको उचित व्यवस्थापन नगर्दा त्यस क्षेत्रका स्थानीयहरु झिँगाको प्रकोपबाट बढि प्रभावित छन् । विहानदेखि रातिसम्म झिँगाले स्थानीयलाई प्रभावित पारि रहेका हुन्छन् नै, त्यसमाथि विभिन्न प्रकारको रोगको महामारी नै फैलाएको छ ।

वीरगंजका चर्चित व्यापारी शिवजी कलवारले संचालन गर्दै आएको उक्त उद्योगले फैलाएको दुर्गन्धबाट वरिपरि करिब ५ देखि ७ किलोमिटर वरिपरिका बासिन्दाहरु दुर्गन्ध एवं झिँगाबाट बढि प्रभावित छन् । दैनिकी जीवनको सबै प्रकारको कार्यमा झिँगाले प्रभावित पारेको छ । खाना पकाउँदा खानामा झिँगा पर्ने, खाना खाँदा झिँगा पर्ने, बालबालिकाहरु केही खाना खाँदा झिँगा अल्झिएको खाना खाने, नाक मुख जीउ भरि नै झिँगै झिँगा भन्कि रहने जस्ता समस्याले उद्योग वरिपरि क्षेत्र रहेका बस्तीका १० हजार भन्दा बढि सर्वसाधारण प्रभावित बनेको स्थानीयहरुको भनाई छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बिश्रामपुरका ११ वर्षीय बालकको अपहरणपछि हत्या, १७ वर्षीय किशोर पक्राउ

बारा । बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ३ मुसहर्वाका ११ वर्षीय राजेश कुमार साहको अपहरणपछि हत्या गरिएको घटनामा एक १७ वर्षीय किशोर पक्राउ परेका...

तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त भएका छन् । नेपाल तरुण दल पर्साका अध्यक्ष बाल्मिकी यादवले साहलाई कोषाध्यक्ष पदमा नियुक्त गरेका...

अदालतको आदेश विपरित वीरगंजस्थित टेलिकम भवन भत्काइएको भन्दै टेलिकमको आपत्ति

वीरगंज । नेपाल टेलिकमले वीरगंजस्थित दूरसञ्चार कार्यालयको भवन सडक डिभिजन कार्यालय हेटौंडाले एकपक्षीय रूपमा पुनः भत्काएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ । दूरसञ्चारको स्थापना कालदेखि...