Date
बुध, साउन १३, २०८३
Wed, July 29, 2026

पर्सा र बारामा दलित कार्यपालिका सदस्यहरुकाे संजाल गठन

spot_img
spot_img

वीरगंज । दलित सशक्तिकरणकाे लागि ऐन २०७६ कार्यान्वयनकाे अवस्था : अगामी दिनमा कार्यपालिका सदस्यहरुकाे भूमिका विषयक जिल्ला स्तरिय अन्तरक्रिया कार्यक्रम शुक्रबार वीरगंजमा सम्पन्न भएकाे छ ।

कार्यक्रममा वाेल्ने दलित कार्यपालिका सदस्यहरुले नियम अनुसार पाउनु पर्ने सेवा सुविधाहरु आफुहरु पालिकाबाट नपाएकाे गुनासाे गरेका छन् । आफुहरु कार्यपालिकामा अल्पमतमा रहेका कारण अर्थपूर्ण सहभागिता हुन नसकेकाे दलित कार्यपालिका सदस्यहरुकाे गुनासाे छ ।

उनिहरुले गराएकाे जानकारी अनुसार पर्सा र बाराका अधिकांश पालिकामा दलित विकास बाेर्ड गठन भएकाे छैन । 

बाराकाे सुवर्ण गाउँपालिकाका कार्यपालिका सदस्य शिवधारी दासले नेपाल सरकारबाट पाउनु पर्ने सेवा सुविधाहरु आफुहरु नपाएकाे गुनासाे गरे । उनले पाउनु पर्ने सुविधाकाे लागि अब डटेर लडने समेत वताए ।

पर्साकाे पटेर्वा सुगाैली गाउँपालिकाकी कार्यपालिका सदस्य सजिना विकले आफ्नाे पालिका दलित बिकास वाेर्ड गठन भएकाे वताइन । उनले आफ्नाे पालिकामा छुवाछुत लगायतकाे समस्या समेत नरहेकाे जानकारी गराइन ।

ठाेरी गाउँपालिकाकी कार्यपालिका सदस्य फुलमाया दर्जीले आफ्नाे गाउँपालिकामा दलित विकास बाेर्ड गठन नभए पनि अब गठन गराउने वताइन । उनले दलित समुदायकाे विकासकाे लागि अब याेजना बनाएर कार्यन्वयन गराउन समेत वताइन ।

वीरगंजकाे घण्टाघरस्थित राेयल पार्टी प्यालेसमा भएकाे कार्यक्रममा पर्सा र बाराका दलित कार्यपालिका सदस्यकाे संजाल गठन भएकाे छ । पटेर्वा सुगाैली गाउँ कार्यपालिकाकी सदस्य सजिना विककाे अध्यक्षतामा १३ सदस्यीय पर्सा जिल्ला कार्यपालिका सदस्य संजाल गठन भएकाे हाे ।

जुन संजालकाे उपाध्यक्षमा ठाेरी गाउँपालिकाकी फुलमायाँ दर्जी, सचिवमा जिराभवानी गाउँपालिकाकी श्रृषि कुमार हजारा, सह सचिवमा पर्सागढीकी सुनिता कुमारी राम, काेषाध्यक्षमा वीरगंजकी नितु कुमारी राम, सदस्यहरुमा सखुवा प्रसाैनी गाउँपालिकाकी दाैलतिया देवी, जपसी देवी माझी, पाेखरिया नगरपालिकाकी तेतरी देवी, जिराभवानीकी काेशिलिया देवी, ठाेरीकी सुशिला कुर्मी र जिराभवानीकी रुनादेवी माझी चयन भएका छन् ।

यसैगरी सुवर्ण गाउँपालिकाकी विरस्पती देवीकाे अध्यक्षतामा बारा जिल्ला कार्यपालिका सदस्य संजाल गठन भएकाे छ ।

 जुन संजालकाे उपाध्यक्षमा महागढीमाई नगरपालिकाकी रुपकली देवी माझी, सचिवमा करईयामाई गाउँपालिकाकी राधा देवी राम, सह सचिव बारागढी गाउँपालिकाकी अनिता बैठा, काेषाध्यक्षमा आदर्शकाेत्वाल गाउँपालिकाकी रामपति देवी पासवान, सदस्यहरुमा सुवर्ण गाउँपालिकाकी धनेशरी देवी, पचराैता नगरपालिकाकी पुनित राम र आदर्शकाेत्वालकी बचनी देवी राम चयन भएका छन् ।

दलित सराेकार मंच नेपालकाे आयाेजनामा भएकाे कार्यक्रममा मंचका कार्यकारी निर्देशक भाेला पासवान र पत्रकार रघुनाथ लामिक्षानेले प्रशिक्षण दिएका थिए भने सहजिकरण पत्रकार बृजलाल पासवानले गरेका थिए । 

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जिराभवानीमा मल वितरणमा अनियमितताको आरोप, रास्वपाद्वारा गाउँपालिकाको ध्यानाकर्षण

सेढवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जिराभवानी गाउँपालिका समिति, पर्साले जिराभवानी गाउँपालिकामा रासायनिक मल वितरण प्रक्रियामा अनियमितता भएको आरोप लगाउँदै गाउँपालिकाको ध्यानाकर्षण गराएको छ...

जगरनाथपुरमा ‘समृद्धिका लागि वन’ अभियान जारी, थप ८ बिघा ऐलानी पर्तीमा बिरुवा रोपियो

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिकाले सार्वजनिक तथा ऐलानी पर्ती जग्गामा वृक्षारोपण अभियानलाई निरन्तरता दिएको छ । वन तथा वातावरण संरक्षणमा उत्कृष्ट काम गर्दै मधेश...

वडाध्यक्ष चतुर्वेदीको पक्राउको विरोधमा वीरगंजका ३२ वटै वडा कार्यालय बन्द

वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर २५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीको पक्राउको विरोधमा महानगरपालिकाका ३२ वटै वडा कार्यालयका नियमित सेवा अनिश्चितकालका लागि बन्द गरिएका...