Date
सोम, कार्तिक ३०, २०८३
Mon, November 16, 2026
Home Blog Page 535

‘नेपाली पात्रो’मा रेडियो तथा अनलाइन सम्बन्धी सहकार्यका लागि कसरी सम्पर्क गर्ने ?

0

वीरगंज । नेपालको पहिलो कम्यूनिटी एप ‘नेपाली पात्रो’ लाखौ नेपाली माझ चर्चित एफ हो ।

नेपाली पात्रोले पात्रो मात्र नभएर देशभरका विभिन्न नेपालि रेडियोहरु तथा अन्य डिजिटल मेडियाहरुसंग सहकार्य गर्दै संसार भर छरिएर रहेका नेपालीहरुले आ-आफ्नो प्रदेशका गतिविधिहरु सुन्न र अनलाइन समाचारहरुसंग अपडेट बस्न सजिलो बनाएको छ ।

सो कार्यको लागि कुनै पनि मिडिया र रेडियोले नेपालि पात्रो संग सजिलै सहकार्य गर्न सक्ने छन् । मिडिया र रेडियोले नेपाली पात्रोको मिडिया म्यनाजर आशिस कार्कीसंग सम्पर्क गरि सहकार्य  गर्न सक्ने छन् । बिगत १० बर्ष भन्दा लामो समयदेखि नेपाली रेडियो तथा डिजिटल मेडियासंग नजिक रहेका कार्की नेपाली रेडियोलाई डिजिटल प्रबिधिमैत्री बनाउन महत्वपूर्ण भूमिका रहेको छ।

नेपाली पात्रो एप (Nepali Patro)  नेपालको पहिलो कम्यूनिटी एप हो । यो एपमा नेपाली तिथीमिती तथा पन्चाङ्गको जानकारी, नेपाली चाडपर्ब तथा शुभ साइतको  बिस्तृत विवरण, तपाइको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,  स्थानीय, रास्ट्रीय तथा अन्तर्राष्ट्रिय ताजा समाचार, नेपाली एफ एम तथा अनलाइन रेडियोहरु, विदेशी विनिमय दर,  सुन चादीको दर रेट, मौसम तथा सरकारी बिदाहरु, ज्योतिष परामर्स सेवा लगायत अन्य  धेरै सुविधाहरु छन् ।

नेपाली तथा अंग्रेजी भाषा सहितको नेपालका महत्वपूर्ण तथा विश्वासिलो अनलाइन समाचार श्रोत आवद्ध नेपाली पात्रो नेपाली सञ्चार सामग्रीहरुलाई प्रभावकारी ढंगले धेरैभन्दा धेरै पहुँचमा जोडिरहने पावर टुल्सको रुपमा परिचित नेपालमै उत्पादित पहिलो कम्युनिटी एप हो ।

मधेश सरकारकाे वन मन्त्रीमा रमेश कुर्मी नियुक्त

0

वीरगंज । मधेश प्रदेश सरकारमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल पनि सहभागी भएको छ । प्रदेश सभा सदस्य रमेश प्रसाद कुर्मी वन तथा वातावरणमन्त्री नियुक्त भएसँगै लोसपा पनि मधेश सरकारमा सहभागी भएको हो ।

पर्सा निर्वाचन क्षेत्र नम्बर २ (ख) मा लोसपाबाट दोस्रो कार्यकालका लागि निर्वाचित प्रदेशसभा सदस्य कुर्मीलाई मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशको वन तथा वातावरण नियक्त गरेका छन् । एक सातामा दोस्रो पटक मन्त्रिमण्डल विस्तार गर्दै मुख्यमन्त्री यादवले कुर्मीलाई वनमन्त्री नियुक्त गरेका हुन् । 

यसअघि वन मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री सरोजकुमार यादव आफैले सम्भाल्दै आएका थिए । लोसपाले दुई वटा मन्त्रालय पाउनुपर्ने अडान राख्दै आएको थियो । तर तत्काल एउटा मन्त्रालय दिने सहमतीअनुसार कुर्मीलाई सरकारमा पठाउने निर्णय गरेको छ ।

राैतहटमा ज्येष्ठ नागरिकको गोली हानी हत्या

0

रौतहट । देवाही गोनाही नगरपालिका– १ करुनियामा एक ज्येष्ठ नागरिकको गोली हानी हत्या गरिएको छ । पछाडिबाट गोली हानी ७० वर्षीय शेख तैयबको हत्या गरिएको अवस्थामा बिहिबार बिहान शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

बुधबार राति १२ बजेसम्म घरमै रहेका तैयब कसरी बाहिर गएको वा कसले उनलाई गोली हानेर हत्या गरेकोबारे यकिन हुनसकेको छैन । तैयबको शव घरबाट करिब एक किलोमिटर टाढा भेटिएको प्रहरीले जनाएको छ ।

उनको शव प्रादेशिक अस्पताल गौरमा शव परीक्षण गरी परिवारको जिम्मा लगाइएको तथा यस घटनाबारे अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय राैतहटका प्रहरी उपरिक्षक वीरबहादुर बुढामगरले वताए । शव परीक्षणको रिर्पोट आएपछि यसबारे थप जानकारी प्राप्त हुने प्रहरी उपरीक्षक बुढामगरले बताए ।

श्रीगढीमाई क्याम्पसलाई १४ कठ्ठा जग्गा दान 

0
कलैया । बाराको श्रीगढीमाई बहुमुखी क्याम्पसलाई विभिन्न दाताले  रु ५६ लाख बराबरको १४ कठ्ठा जग्गा दान गरेका छन् । 
 
केही समयअघि क्याम्पसको आयोजनामा श्रीमद् भागवत तथा गढीमाई महोत्सवका अवसरमा विभिन्न व्यक्तिले क्याम्पसलाई जग्गा दान गर्न प्रतिबद्धता जनाएका थिए । सोही अनुसार उनीहरूले क्याम्पसलाई जग्गा दान गरेका हुन् । महागढीमाई नगरपालिका–१ का नागेन्द्रप्रसाद चौधरीले  १० कठ्ठा तथा पन्नालाल प्रसाद, प्रेम प्रसाद, सुमित्रा देवी र नरेशप्रसाद जयसवालले एक–एक कठ्ठा जग्गा दान गरेकाे क्याम्पस सञ्चालक समितिका सदस्य अमित चौधरीले जानकारी दिए । 
 
पाँचै जनाले बुधबार मालपोत कार्यालयमा गई जग्गा क्याम्पसको नाममा पास गरी लालपुर्जा क्याम्पस सञ्चालक समितिका अध्यक्ष विजयकुमार स्वर्णकार र क्याम्पस प्रमुख धर्मेन्द्रप्रसाद यादवलाई हस्तान्तरण गरेका हुन् । यसैगरी क्याम्पसले महायज्ञबाट सङ्कलन भएको रकमबाट रु चार लाखका दरले थप चार कठ्ठा जग्गा खरिद गरेको अध्यक्ष स्वर्णकारले जानकारी दिए ।   

अझै रुकेन पर्साकाे विभिन्न नाका भएर तस्करी

0

वीरगंज । प्रहरीले तस्करी रुकेकाे दाबी गरिरहेपनि पर्साको विभिन्न नाका भएर अझै पनि खुल्याम तस्करी भइरहेकाे समाचार प्राप्त भएकाे छ । मुलुक कै मुख्य प्रबेशद्वारकाे रुपमा चिनिने वीरगंज भन्सारसहित इनर्वा, छपकैया, झौवा, अमरपर्टी लगायतका नाकाहरबाट खुल्याम तस्करी भइरहेकाे हाे ।

पर्साकाे ग्रामिण नाका झाैवा र अमरपटीबाट दिउसाे कै समय तस्करी भइरहेपनि वीरगंज भन्सार, इनार्वा र छपकैया लगायतकाे नाका भएर बेलुका र रातिकाे समयमा तस्करी भइरहेकाे समाचार स्राेतले जनाएकाे छ । 

छिमेकी मुलुक भारतको रक्सौल, पन्टोका, भेलाही बजारहरुवाटबाट दैनिक लाखौ रुपैयाँ बराबरको राजस्व छली गरी लत्ताकपडा, हाडयेवर, काजू, रजनिगन्धा, राजनिवास लगायतको समानहरुको व्यापक रुपमा तस्करी भइरहेकाे स्थानियहरु बताउँछन् ।

नाकामा खटिने सशस्त्र प्रहरी र नेपाल प्रहरीकाे मिलाेमताेमा ब्यापक रुपमा तस्करी भइरहेकाे स्थानियहरुकाे भनाई छ । भाेला, तवारक, मुकेश साेनी, अफसर, आकाश बर्णवाल, शम्भु भट्ठीवाला, विनाेद भनिने तस्करहरुलाई प्रहरीले लाइन दिएकाे समाचार स्राेतकाे दाबी छ । 

यसैगरी, प्रसिध मिरा भनिने तस्करलाई इनार्वाकाे बासगारी भएर प्रहरीले कपडाकाे लाइन दिएकाे छ । यी तस्करहरुले प्रहरी चाैकी इनार्वा, इनार्वा गाउँ चाैकी, इन्डाे हस्पिटल नजिक रहेकाे प्रहरी बिट र भन्सारमा खटिने सशस्त्र प्रहरीलाई नाजाराना बुझाउने गरेका छन् ।  

बेलुका देखि राति सम्म तस्करहरुले अटोमा कपड़ा हालेर मुख्य वीरगंज भन्सारको बाटो भएर विर्ता मन्दिर हुँदै महावीर स्थान, माइस्थान र बजारको अन्य ठाउँमा पुर्याउने गरेका छन् । यी सबै काम प्रहरीकाे सामुने भइरहेपनि केही गर्न नसकिनुले प्रहरीकाे मिलाेमताे प्रमाणित गरेकाे प्रत्यक्षदर्शीहरु बताउँछन् ।

ठेकेदार ढकालले कराेडाैं ठगी गरेकाे पर्साका साहकाे आराेप

0

वीरगंज । निर्माण व्यवसायी महासंघका एक सदस्यले आफूलाई ठगेको अर्का सदस्यले आरोप लगाएका छन् । हेटौंडा उपमहानगरपालिका – २ स्थित सपना निर्माण सेवा प्रालीका महानिर्देशक हरीप्रसाद ढकालले आफूसँग ठगी गरेको पर्साको बहुदरमाई नगरपालिका–३ निवासी अशोक कुमार साहले आरोप लगाएका हुन् ।

ढकालको सपना निर्माण सेवाको मार्फत ठेक्का सकार गरेर काम गरेको तर उनले जालसाजी गरेर एकलौटी भुक्तानी लिँदै आफूसँग ठगी गरेको भन्दै अशोकले जिल्ला प्रशासन कार्यालय पर्सामा निवेदनसमेत दायर गरेका छन् ।

अशोकले जिल्ला प्रशासन कार्यालय पर्सामा दिएको निवेदन बमोजिम अशोक र हरी निर्माण व्यवसायी महासंघ काठमाडौँका स्थाई सदस्य हुन् । सोही अन्तरलामा चिनजान भई अशोकले नै पर्सा जिल्लामा पुल, सडक तथा अन्य निर्माण सम्बन्धी कामको ठेक्का हरीप्रसादकै सपना निर्माण सेवाको नाममा सकारेर काम गर्दै आएका थिए । जसकालागि अशोकले ढकालसँग सम्झौता पनि गरेका छन् ।

काम गर्ने क्रममा सम्बन्ध प्रगाढ हुँदा विश्वासको आधारमा लेनदेन सम्बन्धी काम हुँदै आएको अशोकले निवेदनमा उल्लेख गरेका छन् । जस बमोजिम पर्सा जिल्लाको साविक गाविस मिर्जापुर तुल्सीवर्वा सडक अन्तर्गत औरिया नदिको पुल र वीरगंज महानगरपालिका – २१ अन्तर्गत सिर्सिया नदिमा काशी तिवारी पुल निर्माणका लागि सडक डिभिजन कार्यालय हेटौंडाबाट ८ करोडमा सपना निर्माण सेवा प्रालीले ठेक्का प्राप्त गरेको थियो । जसमध्ये औरिया खोलाको पुल भ्याटसहित ५ करोड ३८ लाख ७५ हजार ५७२ रुपैयाँ ६० पैँसामा ठेक्का सकार भएको थियो भने काशी तिवारी पुल भ्याटसहित २ करोड ८२ लाख ४४ हजार ३३२ रुपैयाँ ७६ पैँसामा सकार भएको थियो ।

सपना निर्माण सेवाले ठेक्का पाएपनि निर्माणको सबै काम अशोकले गर्ने ढकालसँग सम्झौता गरेका थिए । निर्माण क्रममा ढकालको कुनै संलग्नताको कुरा थिएन ।

सडक डिभिजन कार्यालय हेटौंडाद्वारा आर्थिक वर्ष २०७०/७१ मा आह्वान भएको ठेक्का ३२ असार २०७१ मा सम्झौता भएको थियो । २ वर्षभित्र निर्माण सम्पन्न गर्ने सम्झौता भएपनि सडक डिभिजन कार्यालय हेटौंडाको प्राविधिक त्रुटिका निर्माणको माय्द थपिनु परेको अशोकको भनाई छ ।

निर्माणको भुक्तानीका लागि सपना निर्माण सेवा प्रालीको नाममा कुमारी बैंकमा खाता पनि खोलियो । अशोक साह र हरीप्रसाद ढकाल दुवै जना खाताको सञ्चालक हुने गरी र दुवैको हस्ताक्षरबाट मात्रै खाता सञ्चालन भइरहेको थियो ।

अशोकले आफ्नो नाममा दर्ता रहेको जग्गा र घर धितो राखेर खोलेको खाताबाट विभिन्न मितिमा २ करोड ३६ लाख ५६ हजार ६ सय ५ रुपैयाँ निकालेर पुल निर्माणको काममा खर्च गरे । ठेक्का सकारेको भुक्तानी आउने आशमा आफ्नै घर जग्गा धितो राखेको खाताबाट रकम निकालेर खर्च गरेको अशोकको दुखेसो छ ।

आफ्नै घरजग्गा धितो राखेको पैँसाबाटै वीरगंज महानगरपालिका वडा नम्बर २१ स्थित सिर्सिया नदिमा काशी तिवारी पुलको निर्माण कार्य सम्पन्न गरेको अशोकको दावी छ । यद्यपि भुक्तानी आउने बेलामा भने सपना निर्माण सेवाका महानिर्देशक हरीप्रसाद ढकालले सपना निर्माण सेवा प्रालीको नामबाट एकल खाता बनाएर भुक्तानी लिएको आरोप अशोकले लगाएका छन् ।

तुल्सीवर्वा सडकअन्तर्गतकाे ओरिया नदिको पुल निर्माणको कार्य पनि ९५ प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको हुँदा दुवै जना बसेर काममा भएको खर्चको हरहिसाव गर्नु पर्नेमा हरीप्रसाद ढकालले आलटाल गर्दै गालीगलौज गर्नुका साथै ज्यान मार्ने धम्कीसमेत दिने गरेको अशोकको आरोप छ । आफू अन्यायमा परेको उल्लेख गर्दै अशोकले हरीप्रसाद ढकाललाई झिकाएर दुवैको हरहिसाब गरी निर्माणमा भएको खर्च र क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन् ।

अशोकले ढकाल बारे निर्माण व्यवसायी महासंघमा पनि गुनासो गरेका छन् । महासंघले ढकाललाई छलफलका लागि बोलाउँदा पनि उनले अटेरी गर्दै आएका छन् । ‘हामीले पटकपटक हरि ढकाललाई छलफल गर्न र हिसाबकिताब फर्छ्यौट गर्न बोलाएका छौँ । तर उनि आउँन मान्दैनन्,’ अशोकले भने, ‘निर्माण व्यवसायी महासंघले पनि उनलाई छलफलका लागि कयौं पटक बोलाइसक्यो तर उनि आउँन मान्दैनन् ।’ हिसाबकिताबका निमित्त ढकालको घर पुग्दा उनले आफूहरुसँग सबै फाइल खोसेको अशोकोले बताए । ‘म, मेरो छोरा र महासंघका पदाधिकारीहरु उनिसँग कुरा गर्न गयौं । तर उनले कुरै गर्न मानेनन् । उल्टै हामीलाई गालीगलौज गरेर थर्काए । हामीसँग भएको हिसाबकिताबको फाइल खोसे,’ अशोकले थपे ।

सपना निर्माण प्रालीका हरीप्रसाद ढकालले अशोकले लगाएको आरोपको खण्डन गर्दै उल्टै आफूलाई ठगी गरेको आरोप लगाए । काम गर्ने भनेर जिम्मा लिने तर काम नगर्ने समस्या हुँदा आफूले एकल खाता बनाएर अरु मान्छेलाई जिम्मा दिएर काम गराएको उनले स्विकार गरे । सँगै काम गर्दासम्मको कुनै पनि भुक्तानी बाँकी नरहेको दावी गर्दै उनले प्रमाण भए अदालतमा जान चुनौती दिए । ढकालको सपना निर्माण सेवालाई गतवर्ष भौतिक पूर्वाधार विकास मन्त्रालयले कालुसूचीमा राखेको छ ।

तर, अशोकले भने निर्माणको काम आफूले गरेको दावी गर्छन । हिसाबकिताबको कुरा नमिलेपछि मात्र आफूले काम बन्द गरेको उनको भनाई छ । ‘मैले लगभग ९५ प्रतिशत काम सम्पन्न गरेको थिए, तर पछि हिसाबकिताबको कुरा नमिलेपछि मैले काम रोकेको हुँ । हरि ढकालले दावी गरे जस्तो मैले काम अलपत्र छोडेको छैन । सम्पूर्ण कागजपत्र मिलानको काम पनि मैले नै गरेको हुँ ।’ उनले आफूसँग सबै प्रमाण सुरक्षित रहेको बताए ।

प्रेस युनियन पर्साका नवनिर्वाचित कार्यसमितिको पदस्थापन

0

वीरगंज । नेपाल प्रेस युनियन पर्साका नवनिर्वाचित कार्यसमितिका पदाधिकारी र सदस्यहरुको पदाधिकारी र सदस्यहरुको पदस्थापन समारोह सम्पन्न भएको छ ।

प्रेस युनियन पर्साकाे दशाैं जिल्ला अधिवेशनबाट नवनिर्वाचित अध्यक्ष विजय चौहान, उपाध्यक्षद्वय क्रान्ति शाह र अलीअसगर देवान, सचिव इरफान अली सहितका पदाधिकारी र सदस्यहरुलाई निर्वाचिन अधिकृत रामाशीष यादवले प्रमाणत्रपत्र प्रदान गरि पदस्थापन गराएका हन् ।

वीरगंजकाे क्लाशीक ब्यांकेटमा मंगलबार आयोजित पदस्थापन समारोहलाई सम्बाेधन गर्दै नेपाल प्रेस युनियनका केन्द्रिय अध्यक्ष शिव लम्सालले श्रमजीवि पत्रकार र स्वरोजगारमूलक संचारमाध्यमको हितकालागि प्रेस युनियन कठोर रुपमा प्रस्तुत हुने बताए ।

बिज्ञापन बोर्डले देशभरका पत्रपत्रिकाहरुले पाउँदै आएको लोक कल्याणकारी विज्ञापन बापतको भुक्तानी कटौती गर्ने सूचना जारी गर्नु स्वरोजगारमूलक संचारमाध्यम रत्यसमा आवद्ध श्रमजीवि पत्रकारहरूको घाँटी निमोठ्ने काम भएको भन्दै उक्त निर्णयलाई तत्काल नरोके नेपाल प्रेस युनियन कठोर आन्दोलन गर्ने चेतावनी दिए ।

त्यस्तै प्रेस युनियनलाई पर्सामा कमजोर बनाउने खेलमा लागेकाहरूलाई तत्काल सुध्रिन समेत अध्यक्ष लम्सालले आग्रह गरे । पर्साको पत्रकारिता देशभरी उदाहरणीय रहेको र आगामी दिनमा पनि पर्सेली पत्रकारिताले पत्रकार हक हितको सन्दर्भमा अग्रणी भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता रहेको बताए ।

कार्यक्रममा मधेश प्रदेशका सांसद श्याम पटेल, नेपाल पत्रकार महासंघका केंन्द्रिय सचिव दीपेन्द्र चौहान, प्रेस युनियनका उपाध्यक्ष नकुल अर्याल, अनिल कर्ण, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य के.सी. लामिछाने, मधेश प्रदेशका महासचिव श्याम बंजारा, श्रीराम रायमाझी, निलिमा पौडेल, नेपाली कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मी लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

युनियन पर्साका पूर्व अध्यक्ष रामनारायण कुर्मीले नव निर्वाचित अध्यक्ष बिजय चौहानलाई पद हस्तान्तरण गर्दै आगामी दिनमा पनि यूनियनको समग्र विकास र उत्थानमा आफ्नो सक्रिय सहयोग रहने प्रतिबद्धता जनाए । 

मधेस प्रदेश सरकारका तीन मन्त्रीले लिए शपथ

0
जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेतृत्वको मधेस प्रदेश सरकार विस्तार गरिएको छ । नेकपा (एमाले) सरकारबाट बाहिरिएको डेढ महिनापछि आज नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)सहित सरकार विस्तार गरिएको हो । 
 
मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा कांग्रेसबाट प्रदेश संसदीय दलका नेता कृष्ण यादव र वीरेन्द्रप्रसाद सिहं तथा एकीकृत समाजवादीबाट संसदीय दलका नेता गोविन्दबहादुर न्यौपाने सरकारमा नयाँ जिम्मेवारीसहित सहभागी हुनुभयो ।  
 
कांग्रेसका यादव भौतिक पूर्वाधार तथा विकास, सिंह स्वास्थ्य तथा जनसङ्ख्या र समाजवादीका न्यौपानेलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ । 
 
आज मधेश भवनमा आयोजित एक विशेष समारोहमा प्रदेश प्रमुख हरिशङ्कर मिश्रसमक्ष तीनै जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभयो । 
 
केन्द्रमा सत्ता गठबन्धन फेरबदल भएसँगै गत चैत २१ गते नेकपा (एमाले) मधेश प्रदेश सरकारबाट बाहिरिएको थियो । मधेस–प्रदेश सरकारमा सहभागी एमालेका चार मन्त्री र एक राज्यमन्त्रीसहित पाँच जनाले मुख्यमन्त्री यादवसमक्ष सामूहिक राजीनामा दिनुभएको थियो । एक मन्त्री पाउने सहमति भए पनि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सरकारमा सहभागी भएको छैन । रासस

इजाजत नलिई नापतौल यन्त्र प्रयोग गर्ने विरुद्ध मुद्दा दायर

0

वीरगंज । गुणस्तर तथा नापतौल कार्यालय वीरगंज पर्साले इजाजत नलिई नापतौल यन्त्र प्रयोग गर्ने चालु आर्थिक वर्ष २०७९/८० को १० महिनामा रौतहट र चितवनका १८ व्यापारीविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ ।

कार्यालयले कम नापतौलमा सामान बिक्री गरेर उपभोक्तालाई ठगी गर्ने तथा इजाजत नलिई कारोबार गर्ने रौतहटका १३ र चितवनका पाँच गरी १८ व्यापारीमाथि सम्बन्धित जिल्लाको जिल्ला अदालतमा मुद्दा दायर गरिएको गुणस्तर तथा नापतौल कार्यालय वीरगंजका प्रमुख मनिष दासले जानकारी दिनुभयो ।

इजाजत नलिई नापतौल गर्ने यन्त्रको प्रयोग गर्ने रौतहटको पशुपति फेन्सी, माँ लक्ष्मी सुनचाँदी ज्वेलर्स, न्यू प्रिया ज्वेलर्स, रामबलराम ट्रेडर्स, रिसब ट्रेडर्स, बैजु किराना एण्ड जेनरल सटार्स, सरोज बिज भण्डार, कृष्णा राइस मिल, बाबा विश्वकर्मा राइस मिल, पप्पु हार्डवेयर एण्ड मेसिनरी, लक्ष्मी हार्डवेयर, रोशन हार्डवेयर र जय बजरङ्गवली ट्रेडर्सविरुद्ध अदालतमा मुद्दा दायर गरिएको प्रमुख दासले बताउनुभयो ।

चितवनको खजुरीको नेपाल प्रालि, खुन्हा एक्सपोर्ट एण्ड इम्पोर्ट प्रालि, प्यासिफिक एक्जिम नेपाल प्रालि, याक ब्रिबीङ्ग कम्पनी प्रालि र याक डिब्टिलरी प्रालिमाथि पनि जिल्ला अदालत चितवनमा मुद्दा दायर गरिएको प्रमुख दासले जानकारी दिनुभयो ।

अनुगमनका क्रममा जाँच गर्दा इजाजत नलिई कारोबार गर्ने गरेको तथा कम तौलमा सामान बिक्री गर्ने गरेको पाइएपछि ती १८ व्यापारीविरुद्ध एक वर्षसम्म कैद तथा रु १० हजारसम्म जरिवानाको मागदाबीसहित अदालतमा मुद्दा दायर गरिएको उहाँको भनाइ छ ।

यस्तै चालु आवको १० महिनामा चार सय ७५ जना व्यापारीले अनुमतिपत्र÷इजाजतपत्र लिएको सो कार्यालयले जनाएको छ । कार्यालय प्रमुख दासका अनुसार सो अवधिमा एक हजार ६२ व्यापारीले नियमित जाँच÷नवीकरण र एक हजार एक सय ६१ व्यापारीले जरिवाना तिरी नवीकरण गराएका छन् ।

ती सबै शीर्षकबाट चालु आवको साउनदेखि वैशाखसम्ममा रु एक करोड ९४ हजार तीन सय ७१ राजस्व सङ्कलन भएको प्रमुख दासले जानकारी दिनुभयो । सो कार्यालयले आफ्नो क्षेत्राधिकारभित्र पर्ने मधेस प्रदेशको रौतहट, बारा, पर्सा र बागमती प्रदेशको मकवापुर र चितवन जिल्लामा व्यापारीले गैरकानुनीरूपमा प्रयोग गर्ने ढक, तराजुलाई निरुत्साहित गर्न डोर (अनुगमन) गर्दै आएको कार्यालय प्रमुख दासले बताउनुभयो ।

कुनै पनि नापतौल गर्ने यन्त्र प्रयोग गर्ने पूर्व खरिद गरेको ३५ दिनभित्र नजिकको गुणस्तर नापतौल कार्यालयबाट अनुमति लिइसक्नुपर्ने कानुनी व्यवस्था छ । रासस

बहुदरमाई जनस्वास्थ्य प्रयोगशाला उदघाटन

0

वीरगंज । पर्साकाे बहुदरमाई नगरपालिकामा साेमबार बहुदरमाई जन स्वास्थ्य प्रयोगशालाकाे उदघाटन गरिएकाे छ । एक कार्यक्रमकाे बिच बहुदरमाई नगरपालिकाका मेयर सिंगाशन साह तेली र उप मेयर सुष्मा शर्माले संयुक्त रुपमा स्वास्थ्य प्रयाेगशालाकाे उदघाटन गरेका थिए ।

प्रदेश सरकार र स्थानिय तहको सहकार्यमा बहुअरी पिडरी स्वास्थ्य चौकिमा उक्त प्रयाेगशाला संचालनमा आएकाे हाे ।

प्रयाेगशाला उदघाटन कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख कौशलेन्द्र मिश्र, सिअहेब अधिकृत बिरेन्द्र प्रसाद साह, सुचना प्रबिधि अधिकृत भास्कर कुमार पाण्डेय, बिभिन्न स्वास्थ्य चौकी प्रमुख, स्वास्थ्य कर्मी कर्मचारी तथा सर्बसाधारणको समेत उपस्थिती रहेको थियो ।