Date
मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026

मधेश सरकारकाे वन मन्त्रीमा रमेश कुर्मी नियुक्त

spot_img
spot_img

वीरगंज । मधेश प्रदेश सरकारमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल पनि सहभागी भएको छ । प्रदेश सभा सदस्य रमेश प्रसाद कुर्मी वन तथा वातावरणमन्त्री नियुक्त भएसँगै लोसपा पनि मधेश सरकारमा सहभागी भएको हो ।

पर्सा निर्वाचन क्षेत्र नम्बर २ (ख) मा लोसपाबाट दोस्रो कार्यकालका लागि निर्वाचित प्रदेशसभा सदस्य कुर्मीलाई मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशको वन तथा वातावरण नियक्त गरेका छन् । एक सातामा दोस्रो पटक मन्त्रिमण्डल विस्तार गर्दै मुख्यमन्त्री यादवले कुर्मीलाई वनमन्त्री नियुक्त गरेका हुन् । 

यसअघि वन मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री सरोजकुमार यादव आफैले सम्भाल्दै आएका थिए । लोसपाले दुई वटा मन्त्रालय पाउनुपर्ने अडान राख्दै आएको थियो । तर तत्काल एउटा मन्त्रालय दिने सहमतीअनुसार कुर्मीलाई सरकारमा पठाउने निर्णय गरेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंज–१ का वडाध्यक्ष कुर्मीको जसपालाई खुला चुनौती, पार्टी छाडेर कांग्रेसमा प्रवेश, पद धरापमा

वीरगंज । जनता समाजवादी पार्टी नेपाल (जसपा)को टिकटमा निर्वाचित वीरगञ्ज महानगरपालिका–१ का वडाध्यक्ष मनोज राउत कुर्मीले कार्यकाल नसकिँदै पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका...

अध्यादेशको दुरुपयोग गरेर पदाधिकारी हटाइयो : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन् । अध्यादेशमार्फत ठूलो संख्यामा सार्वजनिक...

दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता

सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा  सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् । आज दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय छित्नु...