Date
मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026

अझै रुकेन पर्साकाे विभिन्न नाका भएर तस्करी

spot_img
spot_img

वीरगंज । प्रहरीले तस्करी रुकेकाे दाबी गरिरहेपनि पर्साको विभिन्न नाका भएर अझै पनि खुल्याम तस्करी भइरहेकाे समाचार प्राप्त भएकाे छ । मुलुक कै मुख्य प्रबेशद्वारकाे रुपमा चिनिने वीरगंज भन्सारसहित इनर्वा, छपकैया, झौवा, अमरपर्टी लगायतका नाकाहरबाट खुल्याम तस्करी भइरहेकाे हाे ।

पर्साकाे ग्रामिण नाका झाैवा र अमरपटीबाट दिउसाे कै समय तस्करी भइरहेपनि वीरगंज भन्सार, इनार्वा र छपकैया लगायतकाे नाका भएर बेलुका र रातिकाे समयमा तस्करी भइरहेकाे समाचार स्राेतले जनाएकाे छ । 

छिमेकी मुलुक भारतको रक्सौल, पन्टोका, भेलाही बजारहरुवाटबाट दैनिक लाखौ रुपैयाँ बराबरको राजस्व छली गरी लत्ताकपडा, हाडयेवर, काजू, रजनिगन्धा, राजनिवास लगायतको समानहरुको व्यापक रुपमा तस्करी भइरहेकाे स्थानियहरु बताउँछन् ।

नाकामा खटिने सशस्त्र प्रहरी र नेपाल प्रहरीकाे मिलाेमताेमा ब्यापक रुपमा तस्करी भइरहेकाे स्थानियहरुकाे भनाई छ । भाेला, तवारक, मुकेश साेनी, अफसर, आकाश बर्णवाल, शम्भु भट्ठीवाला, विनाेद भनिने तस्करहरुलाई प्रहरीले लाइन दिएकाे समाचार स्राेतकाे दाबी छ । 

यसैगरी, प्रसिध मिरा भनिने तस्करलाई इनार्वाकाे बासगारी भएर प्रहरीले कपडाकाे लाइन दिएकाे छ । यी तस्करहरुले प्रहरी चाैकी इनार्वा, इनार्वा गाउँ चाैकी, इन्डाे हस्पिटल नजिक रहेकाे प्रहरी बिट र भन्सारमा खटिने सशस्त्र प्रहरीलाई नाजाराना बुझाउने गरेका छन् ।  

बेलुका देखि राति सम्म तस्करहरुले अटोमा कपड़ा हालेर मुख्य वीरगंज भन्सारको बाटो भएर विर्ता मन्दिर हुँदै महावीर स्थान, माइस्थान र बजारको अन्य ठाउँमा पुर्याउने गरेका छन् । यी सबै काम प्रहरीकाे सामुने भइरहेपनि केही गर्न नसकिनुले प्रहरीकाे मिलाेमताे प्रमाणित गरेकाे प्रत्यक्षदर्शीहरु बताउँछन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

शुक्रबारदेखि तीन दिन भारी वर्षाको सम्भावना, बाढी–पहिरो र डुबानको जोखिम

काठमाडौं । आगामी शुक्रबारदेखि आइतबारसम्म देशका धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले विशेष मौसम बुलेटिन जारी गर्दै केही स्थानमा...

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दै...

त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु

वीरगंज । त्रिपुरेश्वरमा सोमबार बसमा भएको आगलागीमा परी गम्भीर घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा २५ वर्षीय चालक दावा लामा रहेका...