Date
शनि, अशोज २४, २०८३
Sat, October 10, 2026

प्रेस युनियन पर्साका नवनिर्वाचित कार्यसमितिको पदस्थापन

spot_img
spot_img

वीरगंज । नेपाल प्रेस युनियन पर्साका नवनिर्वाचित कार्यसमितिका पदाधिकारी र सदस्यहरुको पदाधिकारी र सदस्यहरुको पदस्थापन समारोह सम्पन्न भएको छ ।

प्रेस युनियन पर्साकाे दशाैं जिल्ला अधिवेशनबाट नवनिर्वाचित अध्यक्ष विजय चौहान, उपाध्यक्षद्वय क्रान्ति शाह र अलीअसगर देवान, सचिव इरफान अली सहितका पदाधिकारी र सदस्यहरुलाई निर्वाचिन अधिकृत रामाशीष यादवले प्रमाणत्रपत्र प्रदान गरि पदस्थापन गराएका हन् ।

वीरगंजकाे क्लाशीक ब्यांकेटमा मंगलबार आयोजित पदस्थापन समारोहलाई सम्बाेधन गर्दै नेपाल प्रेस युनियनका केन्द्रिय अध्यक्ष शिव लम्सालले श्रमजीवि पत्रकार र स्वरोजगारमूलक संचारमाध्यमको हितकालागि प्रेस युनियन कठोर रुपमा प्रस्तुत हुने बताए ।

बिज्ञापन बोर्डले देशभरका पत्रपत्रिकाहरुले पाउँदै आएको लोक कल्याणकारी विज्ञापन बापतको भुक्तानी कटौती गर्ने सूचना जारी गर्नु स्वरोजगारमूलक संचारमाध्यम रत्यसमा आवद्ध श्रमजीवि पत्रकारहरूको घाँटी निमोठ्ने काम भएको भन्दै उक्त निर्णयलाई तत्काल नरोके नेपाल प्रेस युनियन कठोर आन्दोलन गर्ने चेतावनी दिए ।

त्यस्तै प्रेस युनियनलाई पर्सामा कमजोर बनाउने खेलमा लागेकाहरूलाई तत्काल सुध्रिन समेत अध्यक्ष लम्सालले आग्रह गरे । पर्साको पत्रकारिता देशभरी उदाहरणीय रहेको र आगामी दिनमा पनि पर्सेली पत्रकारिताले पत्रकार हक हितको सन्दर्भमा अग्रणी भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता रहेको बताए ।

कार्यक्रममा मधेश प्रदेशका सांसद श्याम पटेल, नेपाल पत्रकार महासंघका केंन्द्रिय सचिव दीपेन्द्र चौहान, प्रेस युनियनका उपाध्यक्ष नकुल अर्याल, अनिल कर्ण, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य के.सी. लामिछाने, मधेश प्रदेशका महासचिव श्याम बंजारा, श्रीराम रायमाझी, निलिमा पौडेल, नेपाली कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मी लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

युनियन पर्साका पूर्व अध्यक्ष रामनारायण कुर्मीले नव निर्वाचित अध्यक्ष बिजय चौहानलाई पद हस्तान्तरण गर्दै आगामी दिनमा पनि यूनियनको समग्र विकास र उत्थानमा आफ्नो सक्रिय सहयोग रहने प्रतिबद्धता जनाए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरीको ड्युटीअगाडि नै घण्टाघरबाट मोटरसाइकल चोरी

वीरगंज । वीरगंजको मुख्य चोक घण्टाघरबाट शनिबार साँझ एक मोटरसाइकल चोरी भएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको ड्युटी रहने चोकबाटै मोटरसाइकल चोरी...

पर्सामा स्याहार अर्थतन्त्रमा सहकारी व्यवसाय मोडेलसम्बन्धी तालिम सुरु

वीरगंज । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) र राष्ट्रिय सहकारी महासंघको सहयोग तथा जिल्ला सहकारी संघ, पर्साको आयोजनामा सहकारी सदस्यहरूका लागि पाँचदिने ‘Start.CareCOOP’ स्याहार अर्थतन्त्रमा...

घण्टाघरमा गौतम समाज कल्याणको निःशुल्क भोजन सेवा

वीरगंज । गौतम माध्यमिक विद्यालयद्वारा सञ्चालित गौतम समाज कल्याण संस्थाले वीरगंजमा २४० जना गरिब, विपन्न तथा दैनिक ज्यालामजदुरी गरी जीविकोपार्जन गर्ने व्यक्तिलाई निःशुल्क भोजन...