Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026
Home Blog Page 45

भोटेकोशी बाढीः हालसम्म ९०३ जनाको शव फेला, १० हजार ४५१ को उद्धार

0

काठमाडौँ । रसुवास्थित भोटकोशी नदीमा यही भदौ १० गते बिहान आएको विनाशकारी बाढीपछि प्रभावित भएका क्षेत्रबाट हालसम्म १० हजार ४५१ जनाको उद्धार गरिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार नेपाली सेनाले तीन हजार ३४४ नेपाली र २५२ विदेशी नागरिकको हवाई उद्धार गरेको छ । भदौ १४ गते मात्रै हाइड्रोपावर क्षेत्रबाट १५ चिनियाँ र सात भारतीय नागरिकको उद्धार गरिएको प्राधिकरणले जनाएको छ ।

बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि हालसम्म ४११ पटक हवाई उडान गरिएको छ । उद्धार कार्यसँगै प्रभावित क्षेत्रबाट सम्पर्कविहीन भएकाहरूको खोजीलाई समेत तीव्रता दिइएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म ९०३ जनाको शव फेला परेको छ भने चार हजार २४७ जना अझै सम्पर्कविहीन छन् । बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, नवलपरासी पूर्व तथा पश्चिम, तनहुँ र चितवनलगायत जिल्ला प्रभावित भएका छन् ।

खोज तथा उद्धारका लागि प्रभावित क्षेत्रमा नेपाल प्रहरीका सात हजार ८९४, नेपाली सेनाका आठ हजार ७२२ र सशस्त्र प्रहरी बल नेपालका चार हजार २०३ गरी २० हजार ८१९ सुरक्षाकर्मी परिचालन गरिएको प्राधिकरणले जनाएको छ । प्रभावित नागरिकका लागि खाद्यान्न, गैरखाद्य सामग्री, औषधि तथा स्वास्थ्य सामग्री पठाउने काम पनि जारी रहेको प्राधिकरणका प्रवक्ता महतले जानकारी दिनुभयो ।

बाढी पीडितका लागि पटेर्वा सुगौली गाउँपालिकाको ५ लाख ५१ हजार सहयोग

0

वीरगंज । रसुवा, नुवाकोट तथा धादिङ जिल्लामा भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढी तथा पहिरोबाट प्रभावितहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि पटेर्वा सुगौली गाउँपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

यहि भदौ १३ गते बसेको गाउँ कार्यपालिकाको बैठकले गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट एकमुष्ट ५ लाख ५१ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराउने निर्णय गरेको गाउँपालिका अध्यक्ष दिनेश प्रसाद चौधरीले जानकारी दिए ।

प्राकृतिक विपद्का कारण भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै गाउँपालिकाले घटनामा ज्यान गुमाएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ । साथै, घाइते सबै नागरिकहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।

गाउँपालिकाले जनप्रतिनिधिहरूको मासिक सेवा–सुविधाबाट रकम कट्टा गरी आर्थिक सहयोग गर्ने तथा गाउँपालिकामा कार्यरत कर्मचारीहरूले पनि नेपाल सरकारको निर्णयबमोजिम सहयोग गर्ने जनाएको छ ।

उक्त निर्णयअनुसार संकलन हुने सम्पूर्ण रकम यथाशीघ्र प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा दाखिला गरिने प्रमुख प्रशासकीय अधिकृत प्राण मेहताले जानकारी दिए ।

गाउँपालिका अध्यक्ष दिनेश कुमार चौधरीले प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्निर्माण कार्यमा आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्न सम्पूर्ण नागरिक, संघ–संस्था तथा सरोकारवालाहरूलाई हार्दिक अपिल गरेका छन् ।

नारायणी अस्पतालबाट चाेरी भएकाे नवजात शिशु फेला, एक महिला पक्राउ

0

वीरगंज । नारायणी अस्पतालबाट चाेरी भएकाे नवजात शिशुलाई प्रहरीले करिब २० घण्टापछि सकुशल उद्धार गरेको छ । घटनामा संलग्न रहेको आरोपमा वीरगंज महानगरपालिका–१६ निवासी २७ वर्षीया सबिना खातुनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार सर्लाहीको रामनगर गाउँपालिका वडा नम्बर ३, बहुअर्वा निवासी रन्जय दासकी श्रीमती २७ वर्षीया रिन्कु देवीले नारायणी अस्पतालमा शल्यक्रियामार्फत एक बालकलाई जन्म दिएकी थिइन् ।

गत भदौ १३ गते राति जन्मिएको उक्त नवजात शिशुलाई सुत्केरीका कुरुवा बसेका आफन्तसँग खेलाउने तथा स्याहार गर्ने बहाना बनाएर एक महिलाले अनाधिकृत रूपमा साथमा लगेको सूचना प्रहरीले प्राप्त गरेको थियो ।

सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको विशेष प्रहरी टोलीले अनुसन्धान तथा खोजी अभियान तीव्र बनाएको थियो । अस्पताल तथा आसपासका सीसीटीभी क्यामेराको फुटेजका आधारमा गरिएको अनुसन्धानपछि प्रहरीले साेमबार दिउँसो नवजात शिशुलाई सकुशल उद्धार गरेको जनाएको छ ।

प्रहरीका अनुसार उद्धार गरिएको शिशुलाई परिवारको जिम्मा लगाइएको छ भने शिशु हाल नारायणी अस्पतालको एनआईसीयूमा उपचाररत रहेको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालका अनुसार शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

नारायणी अस्पताल प्रशासनले अस्पताल, वडा प्रहरी कार्यालय वीर्ता र जिल्ला प्रहरी कार्यालय पर्साबीचको संयुक्त समन्वय तथा अनुसन्धानका कारण छोटो समयमै नवजात शिशुको उद्धार सम्भव भएको जनाएको छ ।

घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेकी सबिना खातुनमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।

अस्पताल प्रशासनले नवजात शिशुको सकुशल उद्धारमा सहयोग गर्ने प्रहरी तथा सम्पूर्ण सरोकारवालाप्रति हार्दिक धन्यवाद व्यक्त गरेको छ ।

‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’ : प्रजिअ गणेश अर्याल

0

नारायणगढ (चितवन) ।  भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी नदी किनारमा भेटिएका शवको व्यवस्थापनका सन्दर्भमा चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अहिले भइरहेको प्रक्रिया ‘अन्तिम संस्कार’ नभई पहिचान नहुन्जेलका लागि अपनाइएको ‘अस्थायी व्यवस्थापन’ मात्र भएको प्रष्ट पार्नुभएको छ ।

विपद्का कारण उत्पन्न जटिल परिस्थिति र सम्भावित स्वास्थ्य सङ्क्रमणको जोखिमलाई ध्यानमा राख्दै अन्तरराष्ट्रिय मापदण्ड ९आइसीआरसी० र सरकारी निर्देशिकाअनुसार शव व्यवस्थापन भइरहेको उहाँले जानकारी दिनुभयो ।

आज जिल्ला प्रशासन कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रमुख जिल्ला अधिकारी अर्यालले शव व्यवस्थापनामा भइरहेको कामका बारेमा प्रष्ट पार्दै भन्नुभयो, “यो दाहसंस्कार होइन, अन्तिम संस्कार होइन । शव पहिचान नहुन्जेलसम्मका लागि सम्मानजनक हिसाबले राखिएको अस्थायी संरक्षण प्रणाली हो । बाहिर राख्दा दुर्गन्धित भएर समाजमा सङ्क्रमक रोग फैलिन सक्नेतर्फ सचेत भएर हामीले कानुन बमोजिम र रेडक्रसको अन्तरराष्ट्रिय समितिको मार्गनिर्देशनलाई सम्मान गर्दै यो व्यवस्थापन गरेका हौँ ।”

चितवनका अस्पतालमा जम्मा ३० वटा शव राख्ने क्षमता भए पनि हालसम्म २७२ शव प्राप्त भइसकेकाले अन्य विकल्प नभएकाले शव गाड्ने निर्णयमा पुगेको प्रअिज अर्यालले बताउनुभयो । उहाँका अनुसार प्राप्त २७२ शवमध्ये १० वटा आफन्तले जिम्मा लिइसकेका छन् भने अन्यको अस्थायी व्यवस्थापन गरिएको छ ।

प्रत्येक शवको फोटो, ट्याग नम्बर र डिएनए नमूना सुरक्षित राखिएकाले पछि आफन्त आएमा शव उत्खनन गरी हस्तान्तरण गर्न सकिने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । उहाँले थप्नुभयो, “यदि भोलि कुनै आफन्त आएर फोटो र ट्यागका आधारमा डिएनए परीक्षण गर्न चाहनुहुन्छ र परीक्षण सफल हुन्छ भने हामी माथिबाट कोड नम्बर खोजेर शव उत्खनन गरी उहाँहरूलाई अन्तिम संस्कारका लागि हस्तान्तरण गर्नेछौँ ।”

प्रअिज अर्यालले अस्थायी होल्डिङ सेन्टर बनाउँदा र ‘एसी’ तथा ‘कम्प्रेसर’ जोड्दा लगातार आउने प्राविधिक समस्याका साथै अहिले शव सड्न थालेकाले शव गाड्ने विकल्प पुगेको स्पष्ट पार्नुभयो । उहाँले यो प्रक्रिया छनोट नभएर अन्तिम विकल्पको रूपमा बाध्यता अवस्थामा अपनाइएको बताउनुभयो ।

भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा विश्वबन्धु बगालेले अस्पतालमा क्षमताभन्दा बढी शव आएकाले फोरेन्सिक जाँच र डिएनए नमूना सङ्कलनमा निकै चुनौती थपिएको बताउनुभयो । अत्यधिक गर्मीका कारण शव छिटो कुहिन थालेपछि विशेषज्ञ चिकित्सकको टोली खटाएर तीव्र गतिमा अभिलेखीकरणको काम गरिएको उहाँले जानकारी दिनुभयो ।

अस्पतालबाट महामारी फैलिने त्रासबारे प्रष्ट पार्दै डा बगालेले भन्नुभयो, “शव परीक्षण गरिएका ठाउँबाट सिधैँ महामारी फैलिने जोखिम रहँदैन । सरसफाइ गर्दा निस्कने तरल पदार्थ पानीको मुहानमा नमिसियोस् भनेर छुट्टै खाल्डो खनेर सुरक्षित व्यवस्थापन गरेका छौँ र दिनमा २५–३० पटकभन्दा बढी विषाणुरहित बनाउने औषधि छर्किएका छौँ ।”

उहाँका अनुसार अस्पतालमा नियमित प्रयोग हुने फ्रिजर २४ वटा मात्र उपलब्ध छन् । जसमा सामान्यतया पहिले दुईदेखि पाँच वटासम्म बेवारिसे वा दुर्घटनाका शव राखिएका हुन्छन् । एकैपटक धेरै शव आउँदा व्यवस्थापन गर्न गाह्रो भएको उहाँले बताउनुभयो । भदौ १० गते बेलुका प्राप्त भएका २२ वटा शवलाई फ्रिजर, कोरिडोर तथा त्रिपालमुनि राखेर पहिलो दिन फोरेन्सिक प्रक्रिया पूरा गरी पठाइएको उहाँको भनाइ छ ।

सङ्कलित डिएनए नमूनाको परीक्षण अस्पतालमा नभई नेपाल प्रहरीको समन्वयमा नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशाला र राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा हुने डा बगालेले प्रष्ट पार्नुभयो । सामान्यतया नेपालमा डिएनए परीक्षणको रिपोर्ट आउन ३० देखि ४५ दिनसम्मको समय लाग्ने भन्दै लामो समयसम्म शव त्यसै राख्न सम्भव नभएपछि अस्थायी व्यवस्थापन गरिएको उहाँले जानकारी दिनुभयो ।

अस्पतालमा कार्यरत फोरेन्सिक विज्ञ डा सुरज शर्माले समय बित्दै जाँदा शव अत्यधिक कुहिएर औँलाका छाप (फिङ्गरप्रिन्ट) समेत लिन नसकिने अवस्था सिर्जना भएकाले डिएनए नमूना सङ्कलन नै पहिचानको मुख्य आधार भएको बताउनुभयो । दाँत र शरीरको लामो हड्डीबाट डिएनए नमूना निकालेर नेपाल प्रहरीलाई हस्तान्तरण गर्ने गरिएको उहाँले जानकारी दिनुभयो ।

शवको पहिचानका लागि उचाइ, कपडा, कोठी वा विशेष चिह्नको सुक्ष्म अभिलेख राखिएको छ । शव कुहिएर दुर्गन्ध बढे पनि हालको व्यवस्थापनका कारण अस्पताल तथा आसपासको क्षेत्रमा सङ्क्रमण वा महामारी फैलिने जोखिम नरहेको उहाँले प्रष्ट पार्नुभयो ।

पहिचान हुन नसकेका शवलाई भविष्यमा आफन्तले पहिचान गर्न सक्ने गरी वैज्ञानिक विधिअनुसार चितवनको भरतपुर–१ स्थित देवघाट जङ्गलमा सुरक्षित व्यवस्थापन गरिएको फोरेन्सिक विज्ञ डा शर्माले जानकारी दिनुभयो ।

अहिलेको प्राथमिकता उद्धारसँगै शव सङ्कलन गर्नु होः सञ्चारमन्त्री डा तिमिल्सिना

0

नुवाकोट । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाढी प्रभावित क्षेत्रमा उद्धारसँगै शव सङ्कलन हाल सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ ।

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा भइरहेका उद्धार, राहत सामग्री वितरण तथा शव सङ्कलनलगायतमा सरकारले गरिरहेको कामबारे आज जानकारी गराउँदै मन्त्री डा तिमिल्सिनाले शव सङ्कलनकै लागि दुई वटा ‘डेडिकेटेट’ हेलिकप्टर सञ्चालन गरिएको जानकारी दिनुभयो ।

मन्त्री डा तिमिल्सिनाले पूर्ण रुपमा विस्थापितलाई गाँसबाससहितको व्यवस्था गरी ‘होल्डिङ सेन्टर’मा राखिएको बताउनुभयो । अहिले पनि विभिन्न जलविद्युत आयोजनाका सुरुङमार्गमा फसेका भनिएकाको जीवितै उद्धार गर्ने प्रयासमा सरकार अहोरात्र खटिरहेको उहाँको भनाइ थियो ।

“बाढीबाट जोगिने क्रममा विभिन्न स्थानमा फसेकालाई खोज गरेर उद्धार गर्ने प्रयास भइरहेको छ”, मन्त्री डा तिमिल्सिनाले भन्नुभयो, “जीवितै फेला पार्न सकिन्छ भन्ने आशा छ । संसारभर उद्धारको इतिहासमा त्यस्ता कतिपय चमत्कार भएका घटना पनि छन् ।”

मन्त्री डा तिमिल्सिनाले तत्काललाई त्रिशूली नदी वारपार जोड्न तीन वटा स्थानमा बेलिब्रिज राख्न पहल गरिसकेको उल्लेख गर्नुभयो । त्यसका लागि देवीघाट, ढुङ्गे र बेत्रावती क्षेत्र प्राथमिकतामा रहेको उहाँले बताउनुभयो ।

भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा

1
बाढीले क्षति बनाएको त्रिशूली बजार क्षेत्रका बस्ती नुवाकोट, ११ भदौः रसुवाको भोटेकोशी नदीमा बुधबार आएको बाढीपछि त्रिशूली नदीमा आएको बाढीले क्षति बनाएको नुवाकोटको विदुर नगरपालिका–१ स्थित त्रिशूली बजार क्षेत्रका घर तथा बस्तीका संरचना। तस्बिरः हरिराम भेटुवाल/रासस

जनकपुरधाम ।  रसुवाको भोटेकोशीमा गएको बाढीमा हराइरहेकामध्ये मधेस प्रदेशका ३० जना परिवारको सम्पर्कमा आएका छन् ।

मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार बाढीमा परेर हराइरहेका मधेस प्रदेशका १९२ जनामध्ये आज बिहानसम्म सो सङ्ख्यामा टेलिफोनमार्फत सम्पर्कमा आएका हुन् । हालसम्म सप्तरीका ४९, पर्साका ४०, रौतहटका १९, बाराका २५, सर्लाहीका १९, महोत्तरीका १७, धनुषाका १३ तथा सिरहाका १० जना सम्पर्कविहीन रहेको विवरण प्राप्त भएको प्रवक्ता ढकालले बताउनुभयो ।

सम्पर्कविहीनमध्ये आजसम्ममा पर्साको पोखरिया नगरपालिका ५ का ओजिर अन्सारी, वीरगञ्ज महानगरपालिका बस्दै आएका सिन्धुलीका ज्ञानबहादुर थिङ, बाराको कलैया उपमहानगरपालिका २२ का सत्यम राम, जितपुर सिमरा उपमहानगरपालिका–१२ का रोजितकुमार साह, स्वर्ण गाउँपालिका–३ का रुपेश गुप्ता सम्पर्कमा आएको प्रवक्ता ढकालले बताउनुभयो ।

यस्तै, रौतहटको गढीमाई नगरपालिका–७ का मोविदा खातुन, सकिना खातुन, सलमान अन्सारी, रौतहटकै ईशनाथ नगरपालिका–४ का सेख मजिद, रौतहटको चन्द्रपुर नगरपालिका पवित्रा नेपाल सिलवाल र सम्राट सिलवाल पनि सम्पर्कमा आएको प्रवक्ता ढकालले बताउनुभयो ।

त्यस्तै, सर्लाहीको लालबन्दी नगरपालिका–१ का बृजकिशोर दास, सुनिता दास, श्यामलाल मोक्तान, बागमती नगरपालिका–६ का दिपेश थापा, महोत्तरीको जलेश्वर नगरपालिका–१ का राकेशकुमार यादव, ई विपीनकुमार मण्डल, श्रीकेश यादव, लोहारपट्टी गाउँपालिका युवराज पाण्डे, ओेरही गाउँपालिका–९ का सचिनकुमार यादव, गौशाला नगरपालिका–६ का आदित्यनारायण यादव र बर्दिबास नगरपालिकाका विकास भारती सम्पर्कमा आएको प्रवक्ता ढकालको भनाइ छ ।

यस्तै, धनुषाको सबैला नगरपालिका लक्ष्मण मेहता, हंसपुर नगरपालिकाका दयावतीदेवी यादव, विजयकुमार यादव, सुरेश पजियार, जनकपुरधाम उपमहानगरपालिका–४ का रीतिक झा, विक्रम ठाकुर, जनकपुरधाम उपमहानगरपालिका–११ का सुशान्त यादव, सिरहाको गोलबजार नगरपालिका–१० का टार्जन बलम्पाकी, लहान नगरपालिका–४ का उमेश यादव र कञ्चनरुप नगरपालिका–८ का अजय मरिक पनि टेलिफोनमार्फत सम्पर्कमा आएको प्रहरीले जनाएको छ ।

मधेस प्रदेश प्रहरी कार्यालयले सम्पर्कविहीन भएकाहरुको विवरण सङ्कलन गर्न थालेको छ । बाढी तथा पहिरोपछि परिवार तथा आफन्तको सम्पर्कमा नरहेको भन्दै खोजीका लागि विवरण सङ्कलन गर्न थालिएको उहाँले बताउनुभयो । मधेसका विभिन्न जिल्लाबाट रोजगारी, व्यवसाय तथा अन्य कामका लागि रसुवा पुगेका नागरिकसमेत विपद्को चपेटामा परेपछि परिवारजन चिन्तित बनेका छन् ।

छिपहरमाई–४ मा रास्वपाको अगुवा कार्यकर्ता भेला सम्पन्न

0

वीरगंज । पर्साकाे छिपहरमाई गाउँपालिका वडा नं. ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । वडा सभापति राज पाण्डेको सभापतित्व र रास्वपा पर्सा क्षेत्र नं. ४ का सभापति जितेन्द्र मिश्र प्रमुख अतिथ्यतामा भेला सम्पन्न भएकाे हाे ।

भेलामा आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठनलाई थप सशक्त बनाउने, वडा तहमा संगठन विस्तार गर्ने तथा कार्यकर्तालाई सक्रिय र संगठित बनाउने विषयमा छलफल गरिएको थियो ।

कार्यक्रममा जनताको आवाज, सुशासन र परिवर्तनको अभियानलाई थप मजबुत बनाउँदै वडा तहदेखि नै पार्टी संगठनलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो ।

भेलामा मुना बर्मा, चुनमुन सिंहलगायत अगुवा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो । कार्यक्रमले आगामी निर्वाचनका लागि वडा तहमा संगठनात्मक गतिविधि तीव्र बनाउने सन्देश दिएको आयोजकले जनाएको छ ।

मुक्त हरवाचरवाको आन्दोलन सशक्त बनाउने निर्णय, माग पूरा नभएसम्म धर्ना जारी

1

जनकपुरधाम । मुक्त हरवाचरवाको पहिचान, लगत संकलन, प्रमाणीकरण, परिचयपत्र वितरण तथा दिगो पुनर्स्थापनाको माग गर्दै जनकपुरधाममा जारी अनिश्चितकालीन धर्नालाई थप सशक्त बनाउने निर्णय गरिएको छ ।

हरवाचरवा संघर्ष समितिको आयोजनामा मधेश प्रदेश सरकारको पुरानो मुख्यमन्त्री कार्यालय अगाडि मिल्स एरियामा भदौ १० गतेदेखि धर्ना जारी छ। प्रदेश सरकारले हालसम्म माग सम्बोधनका लागि ठोस पहल नगरेको भन्दै संघर्ष समितिले आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको हो ।

मुक्त हरवाचरवा अधिकार मञ्चको अगुवाइमा भदौ २९ गते भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री श्यामप्रसाद पटेललाई १० दिने अल्टिमेटमसहित ज्ञापनपत्र बुझाइएको थियो। निर्धारित समयभित्र माग सम्बोधन नभएपछि भदौ ९ गते मधेश प्रदेशका आठवटै जिल्लाबाट आएका हजारौँ मुक्त हरवाचरवाको सहभागितामा जनकपुरधामस्थित रेलवे स्टेसनदेखि मुख्यमन्त्री कार्यालयको गेटसम्म विरोध प्रदर्शन गरिएको थियो ।

प्रदर्शनपछि मुख्यमन्त्री कार्यालयले वार्ताका लागि बोलाए पनि भदौ १० गते प्रदेश सरकार र संघर्ष समितिबीच भएको वार्ता निष्कर्षविहीन भएपछि आन्दोलनकारीले अनिश्चितकालीन धर्ना सुरु गरेका हुन् ।

संघर्ष समितिका संयोजक श्रीप्रसाद सदाले मुक्त हरवाचरवाको समस्या राहत वा तत्कालीन सहयोगमा मात्र सीमित नभई पहिचान, भूमि अधिकार, सम्मानजनक जीवन र दीर्घकालीन पुनर्स्थापनासँग जोडिएको मौलिक अधिकारको विषय भएको बताउनुभयो। प्रदेश सरकारले तत्काल स्पष्ट कार्ययोजना स्वीकृत गरी लगत संकलन, प्रमाणीकरण, परिचयपत्र वितरण तथा भूमिहीन हरवाचरवा परिवारको दिगो पुनर्स्थापना सुनिश्चित नगरेसम्म आन्दोलन नरोकिने उहाँले चेतावनी दिनुभयो।

आन्दोलन परिचालन समितिका सदस्य वालाराम भट्टराईका अनुसार भदौ १४ गते बसेको संघर्ष समितिको बैठकले आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरेको हो। माग सम्बोधन नभएसम्म धर्ना, र्‍याली, मैनबत्ती जुलुसलगायतका कार्यक्रम सञ्चालन गरिने उहाँले बताउनुभयो।

संघर्ष समितिले आन्दोलनमा ऐक्यबद्धता जनाउन राजनीतिक दल, नागरिक समाज, मानव अधिकारकर्मी, सञ्चारकर्मी, व्यवसायी, बुद्धिजीवी, कानुनविद् तथा सम्पूर्ण सरोकारवालालाई आह्वानसमेत गरेको छ ।

समितिले प्रदेश सरकारलाई वार्तामार्फत समस्या समाधान गर्दै मुक्त हरवाचरवाको सम्मानजनक पुनर्स्थापनाका लागि तत्काल ठोस निर्णय लिन आग्रह गरेको छ।

युएई सरकारद्वारा बाढी प्रभावितका लागि १० मिलियन अमेरिकी डलर सहयोग

0

काठमाडौँ । युनाइटेड अरब इमिरेट्स (युएई) सरकारले रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीबाट प्रभावितको उद्धार तथा राहतका लागि १० मिलियन अमेरिकी डलर बराबरको आर्थिक सहयोग उपलब्ध गराउन तयार रहेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा धर्मराज उप्रेतीसँग आज प्राधिकरणको कार्यालयमा भएको भेटमा युएई एडको टोलीले बाढी प्रभावित क्षेत्रमा आवश्यक सामग्री तथा सहयोग उपलब्ध गराउन आफूहरू तयार रहेको बताउनुभएको प्राधिकरणले जनाएको छ ।

युएई एडको टोलीले बाढीबाट प्रभावित क्षेत्रमा तत्काल आवश्यकपर्ने सामग्रीबारे प्राधिकरणसँग जानकारी लिएको थियो । प्राधिकरणका कार्यकारी प्रमुख उप्रेतीले भेटमा अस्थायी पुल, पानी शुद्धीकरण तथा सरसफाइ र हाइजिन ९सरसफाइ र स्वच्छता कायम राख्न प्रयोग गरिने० सामग्री, ठूलो परिवारका लागि आवश्यक पाल, चार्जिङ सुविधासहितका ‘पोर्टेबल’ बत्ती, ‘पोर्टेबल’ जेनेरेटर, ‘सोलार प्यानल’, स्याटेलाइट फोन, वाकीटकीलगायत सामग्री आवश्यक रहेको जानकारी गराइएको बताउनुभयो ।

प्राधिकरणले बाढी प्रभावित क्षेत्रमा आवश्यक सामग्री तथा उपकरणको प्राथमिकता र आवश्यकताका सम्बन्धमा जानकारी गराएपछि युएईको टोलीले सोहीअनुसार सहयोग गर्न आफूहरू तयार रहेको बताउनुभएको कार्यकारी प्रमुख उप्रेतीले उल्लेख गर्नुभयो ।

भेटमा युएई एडका अन्तरराष्ट्रिय सहायता निर्देशक डा अहमद अल मन्सौरी, सहायता तथा स्थिरीकरण विशेषज्ञ मोहम्मद सलेम अल शाम्सी, मानवीय सहायता प्रतिक्रिया संयोजक सलेम हमेद अल नुआइमीलगायतको सहभागिता थियो । नेपाल र संयुक्त अरब इमिरेट्स ९युएई० बीच लामो समयदेखि कूटनीतिक सम्बन्ध रहँदै आएको छ । यी दुई देशबीच श्रम, व्यापार, लगानी तथा मानवीय सहयोगका क्षेत्रमा सहकार्य हुँदै आएको छ ।

भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छ : अध्यक्ष ओली

0

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले रसुवाको भोटेकोशी र नुवाकोटको त्रिशूली क्षेत्रमा गत बुधबार गएको बाढीले ठूलो जनधनको पुर्‍याएकाले यस अवस्थालाई राष्ट्रिय शोक र पीडाको विषयका रूपमा लिनुपर्ने बताउनुभएको छ ।

बाढीपछिको अवस्थाबारे नुवाकोटको विदुर, देवीघाटलगायत क्षेत्रमा एमालेमा महासचिव शङ्कर पोखरेलसहितको टोलीको स्थलगत अनुगमनबाट तयार गरिएको प्रतिवेदन आज बुझ्दै अध्यक्ष ओलीले सो क्षेत्रमा पुनःनिर्माणलाई विशेष प्राथमिकताका साथ अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

पूर्वप्रधानमन्त्री ओलीले विपद्को समयमा तीनै तहका सरकारको सामथ्र्य प्रभावकारी हुनुपर्नेमा जोड दिँदै विपत्तिका नाममा राजनीतिक लाभ वा श्रेयय लिने प्रयास र होडबाजी नगर्न सबै पक्षलाई आग्रह गर्नुभयो ।

महासचिव पोखरेलको नेतृत्वमा प्रभावित क्षेत्रमा टोली पठाएर स्थलगत अवस्थाको अध्ययन गरेको बताउँदै उहाँले अब बागमती प्रदेश कमिटीले प्रभावित जिल्लाबीच समन्वय गरेर पार्टीका तर्फबाट राहत, उद्धार र पुनःस्थापनाका कामलाई थप प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । उहाँले प्रदेश इञ्चार्ज महेश बस्नेतको नेतृत्वमा एमाले केन्द्रीय कार्यालयमा सम्पर्क केन्द्र स्थापना गरी पार्टीका तर्फबाट राहत तथा पुनःस्थापनाका काममा समन्वय गर्न सुझाव दिनुभयो ।