Date
मङ्ल, भदौ १६, २०८३
Tue, September 1, 2026

नेपाल–जापानबीच बधाई सन्देश आदानप्रदान

spot_img
spot_img
काठमाडौँ । नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवको अवसरमा आज दुवै देशका विदेश मन्त्रीहरूबीच बधाई सन्देश आदानप्रदान भएको छ । परराष्ट्रमन्त्री शिशिर खनालले जापानका विदेशमन्त्री मोतेगी तोशिमित्सुलाई पठाउनुभएको सन्देशमा उहाँसहित उहाँमार्फत जापान सरकार र त्यहाँका जनतालाई शुभकामना तथा बधाई ज्ञापन गर्नुभएको छ ।
इतिहास र संस्कृतिमा आधारित नेपाल र जापानबीचको दीर्घकालीन सम्बन्धलाई उजागर गर्दै मन्त्री खनालले दुवै देशले पारस्परिक विश्वास, सद्भावना, समझदारी तथा सहयोगमा आधारित समयको कसौटीमा खरो उत्रिएको मित्रता विकास गर्दै आएको बताउनुभयो ।
विश्वसनीय विकास साझेदार जापानबाट नेपालको विकास प्रयासमा प्राप्त भइरहेको मूल्यवान् सहयोगको प्रशंसा गर्दै उहाँले व्यापार, लगानी, ऊर्जा, पूर्वाधार, पर्यटन, शिक्षा तथा संस्कृतिका क्षेत्रमा दुवै पक्षबीच विभिन्न तहमा भइरहेका महत्त्वपूर्ण सहकार्य निरन्तर रूपमा विस्तार हुँदै गएका उल्लेख गर्नुुभयो । उहाँले आगामी वर्षहरूमा पनि यो दीर्घकालीन बहुआयामिक साझेदारी थप सुदृढ र विस्तार हुने विश्वास व्यक्त गर्नुभयो ।
त्यसैगरी, जापानका विदेशमन्त्री मोतेगीले नेपालका परराष्ट्रमन्त्री खनाललाई पठाउनुभएको सन्देशमा जापान–नेपाल कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवको मनाउन पाउँदा खुसी लागेको बताउनुभयो । सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि दुवै देशले अर्थतन्त्र, संस्कृति, शिक्षा तथा जनस्तरको आदानप्रदानलगायत विभिन्न क्षेत्रमा सहयोगलाई थप गहिरो बनाउँदै मैत्रीपूर्ण सम्बन्ध विकास गरेको उल्लेख गर्नुभयो ।
जापानी आधिकारिक विकास सहायताअन्तर्गत सहुलियत ऋणको माध्यमबाट निर्माण गरिएको नागढुङ्गा सुरुङको उद्घाटनको सन्दर्भ उल्लेख गर्दै उहाँले यसले नेपाली जनताको जीवनस्तर सुधार गर्न तथा नेपालमा आर्थिक गतिविधिलाई प्रोत्साहित गर्न योगदान पुर्याउने बताउनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सव मनाउन यसै वर्ष फेब्रुअरीमा राष्ट्रपति रामचन्द्र पौडेलले गर्नुभएको जापानको औपचारिक भ्रमणको स्मरण गर्दै उहाँले नेपालका राष्ट्रपति र जापानका प्रधानमन्त्री ताकाइची सानेबीच भएको भेटवार्ताले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन सँगसँगै काम गर्ने प्रतिबद्धतालाई पुनः पुष्टि गरेको उल्लेख गर्नुभएको थियो ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भोटेकोशी बाढीबारे गृहमन्त्रीको बिफ्रिङ : ‘राज्य आफ्नो जिम्मेवारीबाट पछि हट्ने छैन’

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले भोटेकोशी बाढीका कारण जलविद्युत् आयोजनाको सुरुङ क्षेत्रमा फसेकाको उद्धारका लागि सरकारले सक्दो प्रयास गरिरहेको बताउनुभएको छ । राष्ट्रिय विपद् जोखिम...

भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि जगदम्बा इन्टरप्राइजेजको ५१ लाख सहयोग

वीरगंज । भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले जगदम्बा इन्टरप्राइजेजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा...

रसुवा बाढीपीडितका लागि ठोरी गाउँपालिकाको ११ लाख रुपैयाँ सहयोग

वीरगंज । रसुवा लगायतका जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारहरूको राहत तथा सहयोगका लागि पर्साको ठोरी गाउँपालिकाले ११ लाख रुपैयाँ सहयोग गर्ने भएको छ...