Date
मङ्ल, कार्तिक १७, २०८३
Tue, November 3, 2026

एसिसी प्रिमियर कप क्रिकेट : बहराइनमाथि नेपालको जित

spot_img
spot_img
काठमाडौँ ।  एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्र्गत आज भएको खेलमा नेपालले बहराइनलाई पराजित गर्दै प्रतियोगितामा सुःखद सुरुआत गरेको छ ।
मलेसियाको बांगीमा भएको खेलमा नेपालले बहराइनलाई सात विकेटले पराजित गर्दै जित हासिल गरेको हो ।
बहराइनले जितको लागि दिएको ८८ रनको सामान्य लक्ष्य पच्छाएको नेपालले २१ ओभरमा तीन विकेट गुमाउदै लक्ष्य पूरा ग¥यो ।
नेपालको लागि अर्जुन कुमालले अविजित ३६ रनको योगदान दिए । उनले ५८ बलमा पाँच चौका प्रहार गर्दै ३६ रन बनाएका हुन । त्यस्तै रोहितकुमार पौडेलले अविजित १९ तथा आसिफ शेखले १८ रन जोडे । देव खनालले १० रन बनाए ।
बलिङतर्फ बहराइनका इमरान जाभेद अनवारले तीन विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बहराइनले ३६.२ ओभरमा सवै विकेट गुमाउदै ८७ रनमा समेटिएको थियो ।
बहराइनको लागि फिआज अहमेदले १५ बलमा सर्वाधिक १५ रन बनाए । त्यस्तै मुहम्मद वासिमले १३ रन जोडे । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
बहराइनलाई ८७ रनमा समेट्नेक्रममा नेपालका सन्दिप लामिछानेले पाँच विकेट लिए । यस्तै ललित नारायण राजवंशीले ३ विकेट लिदा करण केसीले २ विकेट हात पारे । नेपालले आफनो दोस्रो खेल यही भदौ १८ गते मलेसियासँग खेल्नेछ ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

समाचार लेखेकै कारण पत्रकारलाई धम्की, वडाध्यक्षमाथि कारबाही गर्न प्रेस चौतारीको माग

वीरगञ्ज । पर्साको पोखरिया नगरपालिका–४ का वडाध्यक्ष लक्ष्मण साह कानुले पत्रकार शैलेश साह कानुलाई सार्वजनिक मञ्चबाटै अपशब्द प्रयोग गर्दै कुटपिटको धम्की दिएको आरोप लागेको...

काठ बरामद गर्न गएको संयुक्त टोली र स्थानीयबीच झडप, ८ थान झ्याल नियन्त्रणमा

सेढवा । पर्साको जिराभवानी गाउँपालिका–१ महादेवपट्टीस्थित पकडीटोलमा रहेको एक चिरान तथा फर्निचर उद्योगबाट काठ बरामद गर्ने क्रममा सुरक्षाकर्मी, वन कर्मचारी र स्थानीयबीच झडप भएको...

जिराभवानीमा कक्षाकोठामै प्रधानाध्यापकमाथि हातपात

वीरगंज । पर्साको जिराभवानी गाउँपालिका–२ स्थित श्री वनशक्ति प्राथमिक विद्यालय, काठमाडौं टोलका प्रधानाध्यापक गोविन्द मिर्दाहामाथि विद्यालयकै कक्षाकोठाभित्र हातपात भएकाे छ। विद्यालयमा लामो समयदेखि चल्दै आएको...