Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

प्याब्सन अण्डर-१२ क्रिकेट प्रतियोगितामा कालिका एकेडेमी विजयी

spot_img
spot_img

वीरगंज ।  प्याब्सन वीरगंज महानगर समितिको आयोजनामा जारी अण्डर-१२ क्रिकेट प्रतियोगिता अन्तर्गत बिहिबार भएकाे पहिलाे खेलमा पर्साकाे ग्रामिण भेगमा रहेका स्कुल कालिका एकेडी विजयी भएकाे छ ।

वीरगंजस्थित ज्ञानदा एकेडेमीको मैदानमा भएकाे खेलमा एसआर ग्यालेक्सी वीरगंज १३ राधेमाईलाई हराउँदै २९ रनले हराउँदै कालिका एकेडेमी कालिकामाई गाउँपालिका २, भेडिहारी विजयी भएकाे हाे ।

एसआर ग्यालेक्सीले टस जितेर फिल्डिङ्ग राेजेपछि सुरुमा ब्याटिङ गरेकाे कालिका एकेडेमीले पुरै १० ओभर खेल्दै ६ विकेटकाे नाेक्सानीमा १०९ रन बनाएकाे थियाे । त्यसपछि ११० रनकाे लक्ष्य सहित जवाफी ब्याटिङमा उत्रेकाे एसआर ग्यालेक्सीले ७ ओभर मै पुरै विकेट गुमाउँदै ८० रनमै समेटिएपछि कालिका एकेडेमी विजयी घाेषित भएकाे थियाे ।

खेलकाे म्यान अफ द म्याच ५० रन बनाएर कालिका एकेडेमी कै साेनु साह भएका थिए । म्यान अफ द म्याच भएका साहलाई प्याब्सन मधेश प्रदेशका उपाध्यक्ष पुरण प्रधानले सिल वितरण गरेका थिए । 

यसैगरी अण्डर-१२ क्रिकेट प्रतियोगिता अन्तर्गत नै बिहिबार भएकाे दाेस्राे खेलमा मुनलाईट स्कुल वीरगंजलाई हराउँदै विद्यासागर स्कुल वीरगंज विजयी भएकाे प्याब्सन वीरगंज महानगर समितिका अध्यक्ष राहुल श्रीवास्तवले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्ज–२६ को अठराहा सुगौली जलमग्न, पानी निकासको माग गर्दै स्थानीयले आईसीपी गेटमा चक्काजाम

वीरगञ्ज । लगातारको वर्षाका कारण वीरगञ्ज महानगरपालिका–२६ स्थित अठराहा सुगौली क्षेत्र जलमग्न भएको छ। पानी निकासको उचित व्यवस्था नहुँदा बस्ती तथा सडकमा पानी जम्नुका...

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...