Date
बिहि, अशोज ८, २०८३
Thu, September 24, 2026

नबिल बैंकद्वारा अन्तर्राष्ट्रिय महिला दिवसकाे अवसरमा पदयात्रा

spot_img
spot_img

वीरगंज । नबिल बैंकले ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस राष्ट्रव्यापी पदयात्राका साथ मनाएको छ । नबिल बैंक, केन्द्रीय क्लस्टर-मधेश प्रदेशले शनिबार अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा वीरगंजमा पदयात्रा निकालेकाे थियाे ।

“महिलाहरू गतिशील – कार्यलाई गतिशील बनाउनुहोस्” भन्ने मुल नारा साथ निकालिएकाे पदयात्रा वीरगंज बजार क्षेत्रकाे परिक्रमा पछि सम्पन्न भएकाे थियाे । बैंकका मधेश प्रदेश प्रमुख सुलभ कुमार श्रेष्ठले यो कार्यक्रमले महिलाहरूको उपलब्धिलाई मात्र मनाउने नभई सबै क्षेत्रहरूमा थप सकारात्मक परिवर्तनलाई प्रेरित गर्ने लक्ष्य राखेको वताए ।

बैंकका कर्मचारीहरूको उत्साहजनक सहभागिता निकालिएकाे पदयात्राले महिलाहरूको योगदानलाई सम्मान गर्न र लैङ्गिक समानतातर्फ द्रुत कार्यलाई प्रवर्द्धन गर्न मद्दत गरेको नविल बैंक वीरगंजका शाखा प्रबन्धक विशेष दिवागयाले वताए ।

यस्तै कार्यक्रमहरु देशभरका १२ स्थानहरू गरिएकाे नविल बैंक वीरगंजका शाखा प्रबन्धक दिवागयाले जानकारी दिए । जहाँ बैंकले यस्तै पदयात्रा कार्यक्रमहरू आयोजना गरेको उनले वताए । जसले लैङ्गिक समानता र सामुदायिक सशक्तिकरणप्रतिको आफ्नो प्रतिबद्धतालाई अझ बलियो बनाउनले उनले बिश्वास व्यक्त गरे ।

वीरगंजमा भएको पदयात्रामा नबिल बैंकको सिमरा, जीतपुर, परवानीपुर, पावरहाउस चौक, बाइपास, कलैया शाखाका कर्मचारीहरुकाे सहभागिता रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्राइम कमर्सियल बैंकको वार्षिकोत्सवमा रक्तदान, ७५ जनाले दिए रगत

वीरगंज । प्राइम कमर्सियल बैंक लिमिटेडको २०औँ वार्षिकोत्सवको अवसरमा बैंकको वीरगञ्ज शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा चार महिलासहित ७५ जनाले रक्तदान गरेका...

आजपा उपत्यका विशेष कमिटीको अध्यक्षमा पासाङ तामाङ

काठमाडौं । आम जनता पार्टी (आजपा)को उपत्यका विशेष कमिटी पुनर्गठन भएको छ । पासाङ तामाङको अध्यक्षतामा ८७ सदस्यीय कमिटी गठन भएको हो । कमिटीको उपाध्यक्षमा...

भारी वर्षाको सम्भावना, पर्सावासीलाई सतर्क रहन प्रशासनको आग्रह

वीरगंज । जिल्ला प्रशासन कार्यालय पर्साले आगामी दिनमा भारी वर्षा तथा अति भारी वर्षाको सम्भावना रहेकाले जिल्लावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। कार्यालयले बुधबार...