Date
सोम, कार्तिक ३, २०८३
Mon, October 19, 2026

जगरनाथपुरमा जारी तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न

spot_img
spot_img

ओमप्रकाश चाैधरी/
सेढवा । पर्साको जगरनाथपुर गाँउपालिकामा जारी तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शनिबार सम्पन्न भएकाे छ । जगरनाथपुर गाउँपालिकाकाे वडा नं. ५ स्थित मधुवाहा खेल मैदानमा शुक्रबारदेखि सुरु भएकाे प्रतियाेगिता शनिबार सम्पन्न भएकाे हाे ।

प्रतियोगितामा माद्यमिक विद्यालय तर्फ नेरामाबि मसिहानीले प्रथम स्थान हासिल गरेका छन । साथै नेरामाबि सन्ठीले द्वितीय स्थान र नेरामाबि जगरनाथपुर सिराले तृतीय स्थाल हासिल गरेकाे प्रमुख प्रशासकिय अधिकृतले सन्देश कुमार यादवले जानकारी दिए ।

त्यसैगरी निम्न माद्यमिक बिद्यालय तर्फ नेरामावि जगरनाथपुरले प्रथम, नेरा मावि सन्ठी द्वितीय र नेरामावि मसिहानीले तृतीय स्थान प्राप्त गरेका थिए । यसैगरी प्राथमिक तहमा नेरामावि सन्ठी प्रथम, नेरामावि मसिहानी द्वितिय र नेरामावि जगरनाथपुर तृतिय भएकाे प्रमुख प्रशासकिय अधिकृत यादवले जानकारी गराए ।

प्रतियाेगिताका विजेता विद्यालय र विद्यार्थीहरुलाई गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले ट्रफी र प्रमाण पत्र बितरण गरेका थिए । समापन कार्यक्रमलाई सम्बाेधन गर्दै गाउँपालिका अध्यक्ष यादवले प्रतियाेगिता विजेता विद्यालय र विद्यार्थीहरुलाई बधाई तथा शुभकामना व्यक्त गरे ।

वडा नं. ४ का वडाध्यक्ष बिहारी महतो नूनियाको सभापतित्वमा भएकाे प्रतियाेगिता समापन कार्यक्रममा गाउँपालिकाकी उप प्रमुख विविता सिंह क्षेत्री, प्रमुख प्रशासकीय अधिकृत सन्देश कुमार यादव, शिक्षा शाखा प्रमुख अशोक सिंह, प्रतियाेगितामा सहभागि विद्यालयका प्रधानाध्यापकहरु, शिक्षक र बिद्यार्थीहरुको सहभागिता रहेका थिए ।

गाउँपालिकाकाे आयाेजनामा भएकाे प्रतियोगितामा छात्र र छात्रा तर्फ १०० मीटर, २०० मिटर, ४०० मिटरको डाैढ प्रतियोगिता, छात्र र छात्रा तर्फ हाईजम्प, लॉग जम्प, ज्याभलिङ्ग थ्रो र शटपुट लगायतका खेलहरु भएका थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...