Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

समाजिक संस्था जिल्ला समन्वय समितिको ३० औं साधारण सभा सम्पन्न

spot_img
spot_img

वीरगंज । समाजिक संस्था जिल्ला समन्वय समिती पर्साको ३० औं साधारण सभा शनिबार सम्पन भएको छ । संस्थाका अध्यक्ष ईब्राहिम देवानको अध्यक्षतामा भएको साधारण सभाको उद्घाटन मधेश प्रदेशका भुमी ब्यवस्था कृषी तथा सहकारी मंत्री जर्नाधन सिंह क्षेत्रीले गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका मंत्री क्षेत्रीले लगन र टिम वर्क वलियो भए मात्र सफलता सम्भव रहेको बताए । साधारण सभालाई सम्बाेधन गर्दै मंत्रीले समाजिक संघसंस्थाहरुले महिला शशक्तिकरणमा ठुल्लो योग्यदान गरेको बताए । उनले समाजिक परिवर्तन गर्न कठिन रहेकोले सबैजना संग सम्भव नरहेको पनि बताए । समाजिक कार्यकर्ताहरुलाई जहिले पनि साकारात्मक एटिच्युडबाट सोच्नु पर्ने सबै जना सित आग्रह गरे ।

संस्थाले मधेश प्रदेशमा १६ वटा कोल्डस्टोर बनाउन अवधारण ल्याएको पनि उनले बताए । राजतन्त्रमा आम सर्बसाधाराणले दुख पाएकोले प्रजातन्त्र र गणतन्त्र लाखौ गुना राम्रो रहेको बताए । राजतन्त्रमा प्रेस स्वतन्त्रता हुदैन, मानव अधिकार हनन हुन्छ, शिक्षण संस्था सिमीत हुन्छ र समाजिक संघसंस्था सवतन्त्र रुपमा रहन सक्दैन भन्ने ठोकुवा गरे ।

साधारणसभाको खुल्ला सत्रमा समाजिक संस्था जिल्ला समन्वय समितीका संस्थापक अध्यक्ष राजेश पंडित, जिल्ला शिक्षा विकास समन्वय ईकाई प्रमुख हरि राउत कुर्मी, गैरसरकारी संस्था महासंघ नेपाल पर्साका अध्यक्ष छठु साहले समाजिक संस्थाको समन्वय र सहकार्य बिना देश, प्रदेश, क्षेत्र तथा समुदायको विकास अम्भव रहेको जिकिर गरेका थिए ।

समाजिक काममा संस्थालाई सहयोग र योग्यदान पुरयाउने मंत्री जर्नाधन सिंह क्षेत्री, गैर सकारी संस्था महासंघ पर्साका अध्यक्ष छठु साह, समाजिक संस्था जिल्ला समन्वय समितीका संस्थापक अध्यक्ष राजेश पंडित, जिल्ला शिक्षा विकास समन्वय ईकाई प्रमुख हरि राउत कुमी, रामाकान्त पटेल, हरेन्द्र साह, रामप्रबेश साह, तबरेज अहम्मद पत्रकार बिजय भण्डारी लगायतलाई सम्मान समेत संस्थाले गरेको थियो ।

संस्थाका आधादर्जन भन्दा बढी कर्मचारीहरुले संस्थाको काममा धेरै भन्दा धेरै राम्रो काम गरेकोले सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । सखुवा प्रसौनी गाउँपालिकाका माध्यमिक बिधालयका एक जना छात्र र एक जना छात्रालाई २५ सयको दरले नगदसहित सम्मान गरिएको थिये ।

संस्थामा ३४ संस्थाका ३४ जना सदस्य रहेको साधारणसभाले बार्षिक प्रगतीप्रतिवेदन, संगाठनिक, आर्थिृक, प्रतिवेदन समेत सर्वसम्मत पास गरेको छ । बन्द सत्रले आर्थिक बर्ष २०८१।०८२ को भावी योजनाहरु पनि पास गरेको हो । रिक्त रहेको महासचिवको पदमा आज नै साधारणसभाले अनन्नत श्रेष्ठलाई सर्वसम्मत नियुक्त गरेको संस्थाका सचिव चन्देश चौहानले जानकारी दिए ।

संस्थाले ग्रास रुटबाट हुँदै मधेश प्रदेश सम्मपुर्ण जिल्लामा आफना प्रभुत्व जमाउन सफल भएको छ । अबका दिनमा नेपालको हरेक जिल्लामा आफना कार्य क्षेत्र गर्न सक्ने शुभकमना वक्ताहरुले दिएका थिए । साधारणसभा समाजिक संस्था जिल्ला समन्वय समिती पर्साको आफ्नै सभाहाल वीरगंजस्थित राधेमाई टोलमा सम्पन भएको थियि ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...