Date
शनि, साउन १६, २०८३
Sat, August 1, 2026

वीरगंज वितरण केन्द्रले विद्युत महशुल्ककाे वक्याैता नबुझाउने ग्राहककाे लाइन काट्दै

spot_img
spot_img

वीरगंज । नेपाल विद्युत प्राधिकरण वीरगंज वितरण केन्द्र वीरगंजले विधुत महशुल्ककाे वक्याैता नबुझाउने ग्राहककाे लाइन काटने अभियान तिब्र रुपले संचालन गरेकाे छ ।

रु १० हजार भन्दा बढी बाकी रहेका दुई फेजका ग्राहकहरुकाे लाइन काटन अभियान संचालन गरिएकाे वीरगंज वितरण केन्द्रका प्रमुख अवधेश कुमार दुवेले जानकारी दिए । उनले नेपाल विद्युत प्राधिकरणकाे निर्देशन अनुसार बाकी बक्याैता असुल गर्न वीरगंजमा लाइन काटने अभियान संचालन गरिएकाे वताए ।

प्रमुख दुवेका अनुसार २०८१ साउनदेखि फागुन महिना सम्म वीरगंज वितरण केन्द्र मातहतका २ हजार २०४ जना ग्राहककाे लाइन काटिएकाे छ । उनले उपलब्ध गराएका तथ्यांक अनुसार साउनमा ९ जना, भदाैमा २१६ जना, असाेजमा १०४ जना, कार्तिकमा ३ जना, मंसिरमा १३० जना, पुसमा ५६२ जना, माघमा ६६३ जना र फागुनमा ५१७ जनाकाे लाइन काटिएकाे हाे ।

लाइन काटिएका ग्राहबाट एक अरब ३६ कराेड ५५ लाख ५० हजार ९ सय ८७ रुपैया विद्युत महशुल्क अशुल गर्नु पर्ने बाकी रहेका थियाे । यसैगरी गत बर्षमा पनि ३ हजार ६१६ जनाकाे लाइन काटिएकाे प्रमुख दुवेले जानकारी दिए । लाइन काटिएका ग्राहकहरु कहाँ २ अरब २३ कराेड ७ लाख ९४ हजार ९७१ रुपैया विद्युत महशुल्क वाकी रहेकाे थियाे ।

लाइन काट्ने ग्राहकहरुमा सब भन्दा बढी दुई फेजका सर्वसाधरण ग्राहक रहेका छन् । प्राधिकरणकाे लाइन काटने नितिले आम सर्वसाधरण नै मारमा परेका छन् । मंगलबार पनि वीरगंज ११ श्रीपुर नयाँ बस्तीमा सर्वसाधरणकाे लाइन काटिएकाे छ । विना सूचना  र विना कुनै जानकारी अकास्मात लाइन काटिएका कारण आफुहरु मारमा परेकाे लाइन काटिएका ग्राहकहरु वताएका छन् ।

लाइन काटने ग्राहकहरुकाे पुन: लाइन जडान गराउन ८ सय ४७ रुपैया जम्मा गर्नु परिरहेकाे छ । लाइन काटिएकाे दिन नै सम्पूर्ण वाकी वक्याैत जम्मा गरे पनि थप जरिवानाले आफुहरु मारमा परेकाे ग्राहकहरुकाे गुनासाे छ । करोडौं रुपैया ठुला ठुला उद्योगि ब्यापारीहरु बाकी रहेपनी उनीहरुको लाईन नकाटनु र केही हजार मात्र बाकि रहेका सर्वसाधारण आम जनताको लाईन काट्नुले आफुहरुमाथि अन्याय भएको सर्वसाधारण ग्राहकको भनाई छ ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

गृह मन्त्री र गणेश यादवका परिवारबीच सम्झौता, १० लाख राहत र रोजगारी दिने सहमति

सिरहा । सिरहाको औरही गाउँपालिका–२, मोतिपुरमा गत श्रावण १४ गते भएको घटनामा मृत्यु भएका गणेश यादवका परिवार र गृह मन्त्रालयबीच सात बुँदे सम्झौता भएको...

‘मेयर पदमुक्ति लोकतन्त्रमाथिको प्रहार’ : एमालेले आफ्नै मुखमा हिलो छ्याप्यो– प्रभु साह

वीरगंज । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेकपा (एमाले)ले लोकतान्त्रिक मूल्य–मान्यताको उल्लंघन गर्दै लोकतन्त्रलाई नै मजाक बनाएको आरोप लगाएका छन्।...

१८ वर्ष कैद सजाय पाएका जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

वीरगंज । जबरजस्ती करणी मुद्दामा १८ वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार पर्सा जिल्ला...