Date
शुक्र, असार ५, २०८३
Fri, June 19, 2026
Home Blog Page 338

बारामा लागू औषधसहित दुई जना पक्राउ

वीरगंज । बारा प्रहरीले लागु औषधसहित दुई जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा मकवानपुरकाे हेटौडा उपमहानगरपालिका वडा नं. १३ का २४ बर्षिय सुभ राज मोक्तान र कलैया उपमहानगरपालिका कै वडा नं. ४ का २२ बर्षिय निरज गोले रहेका छन् ।

विशेष सूचनाको आधारमा मंगलबार दिउसाे ४:३० बजेको समयमा ईलाका प्रहरी कार्यालय अमलेखगंज र प्रहरी चौकी पथलैया बाराबाट खटिएको संयुक्त प्रहरी टोलीले जीतपुर सिमरा उप-महानगरपालिकाकाे वडा नं.२१ अमलेखगंजबाट दुबै जनालाई नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय बाराले जनाएकाे छ ।

वीरगंजबाट हेटौडा तर्फ जाँदै गरेको ना ४३ प २०२ नम्बरकाे मोटरसाइकल शंकास्पद लागि रोकी चेक जाँच गर्दा पेट्रोल टंयाकी भित्र लुकाई छिपाई राखेको लागु औषध ओनेरेक्स सिरफ १०० एमएलकाे ३९ बाेत्तल वरामद भएकाे जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक दधिराम न्याैपानेले जानकारी दिए ।

त्यसपछि उक्त लागु औषधसहित माेटरसाइकल चालक माेक्तान र माेटरसाइकलकाे पछाडी सवार गाेलेलाई नियन्त्रणमा लिई लागु औषध मुद्दा दर्ता गरी बारा जिल्ला अदालत, कलैयाबाट ५ दिन म्याद थप गरि अनुसन्धान कार्य भई रहेको प्रवक्ता न्याैपानेले वताए ।

समाजवादी किसान महासंघ लुम्बिनी प्रदेश समिति गठन

वीरगंज । समाजवादी किसान महासंघ लुम्बिनी प्रदेश समिति गठन भएकाे छ । जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेशको आयोजनामा भएकाे अगुवा किसान भेलाले प्रदेश स्तरिय समिति गठन गरेकाे हाे ।

 प्रदेश अध्यक्ष असोक यादवको अध्यक्षतामा लुम्बिनी प्रदेशको राजधानी देउखुरी दाङ्गमा सम्पन्न भेलाले सन्तोष पाण्डेको अध्यक्षतामा २१ सदस्यीय प्रदेश समिति गठन गरेकाे समाजवादी किशान महासंघका उपमहासचिव तबरेज अहमदले जानकारी दिए ।

नवगठित समितिकाे उपाध्यक्षहरु माधव बर्मा, निरान्कार यादव, पुनिसरा मगर, मुख्य सचीव जाबेद आलम, सचिवहरु टेकराज केसि, कन्हैया राजभर, कोषाध्यक्ष निरा चौधरी र सदस्यहर मन्जु चौधरी, रामलखन यादव लगायत रहेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि समाजवादी किसान महासंघका केन्द्रिय अध्यक्ष संजय सिंहले किसान समृद नभए देश समृद नहुने वताए । देशको किसानहरुको अवस्था बद्लिए देश अवस्था पनि नबदलिने वताए ।

कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका राजनैतिक समिति सदस्य एवम् लुम्बिनी प्रदेश सह इन्चार्ज नवीन सुनुवारले अबको आन्दोलन किसानहरुको समस्याहरुलाइ लिएर गर्नुपर्ने बताए । 

कार्यक्रममा नवगठित समितिलाई अतिथिहरु लुम्बिनी प्रदेश उपाअध्यक्ष माधवराम बर्मा,.मा.अम्बिका काफ्ले, समाजबादी किसान महासंघ नेपालका केन्द्रिय महासचिव ओम श्रेष्ठ, उपमहासचिव तबरेज अहमद, केन्द्रिय सदस्य हरिकला चैलागाइ, तराई थरुहट अवध प्रदेश अध्यक्ष सुमित्रा चौधरी लगायतले शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा समाजवादी किसान महासंघका कार्यसम्पादन समिति सदस्य श्रावण यादवले कार्यक्रमको उदेश्य र स्वागत मन्तव्य व्यक्त गरेका थिए । अन्त्यमा नवगठित समितिका पदाधिकारी एवम् सदस्यहरुलाई पद तथा गोपिनियताको सपथ ग्रहण उपमहासचिव तबरेज अहमदले गराएका थिए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका अगुवा किसान्हरुको उपस्तिथि रहेको महासचीव ओम श्रेष्ठले बताए । कार्यक्रम संचालन जनता समाजवादी पार्टी लुम्बिनी प्रदेशका मुख्यसचिव राजन राना मगरले गरेका थिए ।

चाेरीकाे आराेपमा एक भारतिय पक्राउ

वीरगञ्ज । वडा प्रहरी कार्यालय बिर्ताले चाेरीकाे आराेपमा एक भारतिय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत बिहारको मोतिहारी स्थायी घरभई हाल बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ मा बस्दै आएका ३० बर्षिय प्रवेज खान रहेका छन् ।

वीरगंज महानगरपालिका वडा नम्बर १० आदर्शनगरस्थित ठाकुरराम बहुमुखी क्याम्पस पछाडी श्रवण सर्राफको घरको ताल्चा फुटाइरहेको सूचनाको आधारमा प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।

अनुसन्धानको क्रममा खनाललाई ताल्चा फुटाउने औजारसहित पक्राउ गरिएको वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक पुस्कर बोगटीले जानकारी दिए । उनकाअनुसार निजविरुद्ध चोरी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान भइरहेको छ । 

हुण्डी कारोबारीको आशंकामा पर्सा र बाराका दुई जना पक्राउ

वीरगंज । बारा प्रहरीले श्रोत नखुलेको १३ लाख ५० हजार रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको पोखरिया नगरपालिका-१ बनकटवाका ३४ वर्षीय हरिकिशोर पटेल र बाराको महागढीमाई नगरपालिका-१ का ४२ वर्षीय रमेश कुशवाहा रहेका छन् । उनीहरुको साथबाट प्रहरीले श्रोत खुल्न नसकेको नेपाली नगद १३ लाख ५० हजार रुपैयाँ बरामद गरिएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

उनका अनुसार, विशेष सूचनाको आधारमा सोमबार जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोली भारतीय सीमासँग जोडिएको बाराको विश्रामपुर गाँउपालिका-४ मुसहर्वा स्थितबाट भारतबाट नेपाल प्रवेश गर्दै गरेको प्रदेश २-०३-०१६ प २३३७ नम्बरको मोटरसाइकललाई रोकेर चेकजाँच गर्दा श्रोत नखुलेको रकम बरामद भएको थियो । मोटरसाइकलमा सवार हरिकिशोर पटेलको साथबाट बरामद भएको १३ लाख ५० हजार रुपैयाँको श्रोत खुलाउन नसकेकाले पटेललाई प्रहरीले रकमसहित नियन्त्रणमा लिएको थियो ।

बरामद गरिएको रकम सहित पटेललाई जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखेर अनुसन्धान गर्दा उनले दिएको बयानको आधारमा यस कार्यमा संलग्न कुशवाहालाई पनि सोमबार नै पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक न्यौपानेले जानकारी दिए । पटेलको साथबाट बरामद रकम हुण्डी कारोबारका लागि ल्याइए हुन सक्ने र पक्राउ परेका दुबैजना हुण्डी कारोबारमा संलग्न रहेको हुन सक्ने प्रहरी नायब उपरीक्षक न्यौपानले बताए । रकमसहित पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको डिएसपी न्यौपानेले बताए ।

धाेबिनीका प्रमुख प्रशासकिय अधिकृत साहमाथि दुर्व्यवहार, कुटपिट गर्ने कलवार पक्राउ

वीरगंज । पर्साकाे धाेबिनी गाउँपालिकाकाे प्रमुख प्रशासकिय अधिकृत प्रमाेद कुमार साहलाई त्यही गाउँपालिका जनप्रतिनिधिले नेम प्यलेटबाट हिर्काएपछि अधिकृत घाइते भएका छन् ।

गाउँपालिका कार्यालय मै प्रमुख प्रशासकिय अधिकृत साहलाई मंगलबार दिउसाे गाउँ कार्यपालिका सदस्य दिनेश प्रसाद कलवाहरले गाउँपालिका अध्यक्षकाे नेम प्यलेटले हिर्काउनुकाे साथै कुटपिट समेत गरेकाे कर्मचारीहरुले वताएका छन् । कुटपिट गर्ने गाउँ कार्यपालिका सदस्य कलवारलाई प्रहरी नियन्त्रणमा समेत लिएकाे छ । घाइते अधिकृत साहकाे छातीमा गम्भिर चाेट लागेकाे छ ।  

कर्मचारीहरुका अनुसार कार्यालय समय मै दिउसाे २ बजे गाउँपालिका अध्यक्ष मदन प्रसाद चाैहानले प्रमुख प्रशासकिय अधिकृत साहलाई आफ्नाे कार्यकक्षमा बाेलाएका थिए । त्यहीं समयमा उनकै कार्यकक्षमा बसेका गाउँ कार्यपालिका सदस्य कलवारले गाली गलौज गर्दै एक्कासी निजको कलर घाँटी समाति उनले लगाएको लुगा सर्ट च्याती लछारपछार गरी अन्धाधुन्ध हातमुक्का तथा काठ फलाम भएको गाँउपालिका अध्यक्षको नेमप्लेट समेतले हिर्काएका हुन् ।

प्रमुख प्रशासकीय अधिकृत साह धाेबिनी गाउँपालिका कार्यालयमा हाजिर भएदेखि नै कार्यपालिका सदस्य दिनानाथ भन्ने दिनेश प्रसादले पटक पटक सानो तिनो कुरामा विवाद श्रृजना गरि कार्यालयबाट गर्न नहुने गैर कानुनी भुक्तानी गर्न दबाब दिदै आएको र  कर्मचारीहरुसँग रिसिईवी साधी पूर्व रिसिईवीबाट प्रेरित भई बारम्बार अभद्र व्यवहार गर्ने गरेकाे कर्मचारीहरुकाे भनाई छ ।

अधिकृत साहमाथि जनप्रतिनिधिबाट नै भएकाे दुर्व्यवहार तथा कुटपिट घटनाकाे गाउँपालिकाका सम्पूर्ण कर्मचारीहरु घोर भत्र्सना समेत गरेका छन् । गाउँपालिकाका सम्पूर्ण कर्मचारीहरुले संयुक्त रुपमा मंगलबार नै प्रेस विज्ञप्ती जारी गर्दै दोषीलाई तुरुन्त कडाभन्दा कडा कारवाहीको माग गरेका हुन् ।

कर्मचारीहरुले दोषीमाथि कारवाही नभएसम्म गाँउपालिका अन्तर्गतको आकस्मिक सेवा वाहेकका सम्पूर्ण सेवा ठप्प गर्ने घोषणा समेत गरेका छन् । पिडित साहले मंगलबार नै दाेषीमाथि कारवाहीकाे माग गर्दै जिल्ला प्रहरी कार्यालय पर्सामा उजरी समेत दिएका छन् । 

यता घटना बारे जिल्लाका कर्मचारीहरुकाे एक समुहले पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश प्रसाद भुसालसंग भेटेर घटना बारे जानकारी समेत गराएकाे छ । दाेषीमाथि कारवाही नभए जिल्लाका सम्पर्ण कार्यालयकाे कामकाज समेत बन्द गर्ने उनीहरुकाे चेतावनी छ ।

मुक्त हरवाचरवामैत्री निति तथा कार्यक्रमका लागि बजेट पैरवी अभियान सञ्चालन गरिने

वीरगंज । स्थानिय, प्रदेश र संघीय सरकारको आगामी आर्थिक बर्ष २०८०/०८१ को निति तथा कार्यक्रममा मुक्त हरवाचरवाहरुको सवाल सम्बोधन गराउनका लागि राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको अगुवाईमा बजेट पैरवी अभियान सञ्चालन गरिने भएको छ ।

यसका लागि मिति २०८० चैत्र २१ देखि २४ गतेसम्म मधेश प्रदेशका ८ वटै जिल्लामा गठन गरिएका जिल्ला अधिकार मञ्चका बिस्तारीत बैठकहरु मार्फत मुक्त हरवाचरवाका आवश्यकता पहिचान गरिने कुरा राष्ट्रिय दलित नेटवर्क, नेपालका कार्यकारी निर्देशक हुकुम सार्कीले बताए ।

जनवकालत कार्ययोजना अनुसार आगामी २०८० चैत्र २८ गतेभित्रै स्थानिय हरवाचरवा अधिकार मञ्चको नेतृत्वमा आगामी आर्थिक २०८०/०८१ को निति तथा कार्यक्रममा मुक्त हरवाचरवाहरुको सवाल सम्बोधन गराउनका लागि मधेशप्रदेशका ८ वटै जिल्लाका ३२ वटा स्थानिय सरकार/पालिकाहरुमा डेलीगेसन सम्पन्न गरिनेछ । सोका लागि कहाँ के गर्ने र सोका लागि कति बजेट आवश्यकता पर्छ सहितको ज्ञापनपत्र तयार गरिनेछ ।

त्यसैगरी मधेश प्रदेश सरकारको निति तथा कार्यक्रममा सवाल सम्बोधन गर्नका लागि आगामी २०८० चैत्र २९ गतेका दिन जनकपुरमा मधेशप्रदेश सरकार अन्तरगत मुख्य मन्त्रीको कार्यालय, प्रदेश सचिव, प्रदेश निति आयोग र भूमि ब्यवस्था, कृषि र सहकारी मन्त्रालयमा ज्ञापनपत्र पेश गरिनेछ ।

आगामी २०८० चैत्र २५ गतेका दिन काठमाण्डौमा संधीय सरकार भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रीको बिशेष उपस्थितीमा सम्बन्धीत मन्त्रालय र सरोकारवाला निकायको सहभागितामा जनवकालत कार्यशाला गोष्ठीको आयोजना गरिनेछ ।

सोही सन्दर्भमा संघीय सरकारको आगामी निति तथा कार्यक्रममा मुक्त हरवाचरवाको सवाल सम्बोधन गराउनका लागि प्रधानमन्त्रीको कार्यालय, सम्बन्धीत मन्त्रालय, राष्ट्रिय योजना आयोग र राष्ट्रिय मानव अधिकार आयोगमा डेलीगेशन आयोजना गरिनेछ ।

वीरगंज विकासकाे बाधा हटाउन सर्वाेच्च अदालतलाई सांसद यादवकाे ध्यानाकर्षण

वीरगंज । जनता समाजवादी पार्टीका प्रमुख सचेतक प्रदिप यादवले वीरगंजकाे विकासकाे बाधा हटाउन सर्वाेच्च अदालतकाे ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाकाे शून्य समयमा बाेल्दै यादवले सर्वाेच्चमा मुद्दा अड्किँदा ओद्याेगिक सहर वीरगंजकाे मुख्य सडक नै विस्तार हुन नसकेकाे बताए । वीरगंजकाे मुख्य सडक मुद्दाका कारण केही वर्षदेखि ओझेलमा परेकाे उनकाे भनाई छ ।

`त्रिभुवन राजपथमा पर्ने मुख्य सडक सडक ऐन २०३१ अनुसार मुख्य सडककाे मापदण्डभित्र पर्छ । सडक ऐनले नै सडककाे क्षेत्राधिकार ताेकी ऐनकाे क्षेत्राधिकार अन्तर्गत वीरगंजकाे मुख्य सडक २५/२५ मिटर फराकिलाे पार्न सडक विभागले वीरगंजकाे गण्डक चाेकदेखि घण्टाघर माइस्थान हुँदै मितेरी पुलसम्मकाे ८ किलोमिटर मुख्य सडक विस्तारकाे कार्य २०७६ कात्तिक १७ गतेदेखि गर्नेगरी सडक विभागले प्रक्रिया अगाडि बढायाे,´ उनले भने, `तर, त्यही बेला केही स्थानीयले सर्वाेच्च अदालतमा मुद्दा दायर गर्याे । मुद्दाको छिनाेफानाे नहुँदा वीरगंज विकास नै ओझेलमा परेकाे छ ।´

यादवले थपे, `त्यसकारण सभामुखमार्फत सर्वाेच्च अदालतकाे ध्यानाकर्षण गराउन चाहन्छु कि मुद्दाको छिनाेफानाे तुरून्त गरेर वीरगंजकाे विकासकाे बाधा हटाइदिन अनुराेध गर्न चाहन्छु ।´

हुलाकी राजमार्गमा विभेद किन : प्रभु साह

वीरगंज । आम जनता पार्टी (आजपा)का अध्यक्ष समेत रहेका प्रतिनिधि सभा सदस्य प्रभु साहले राष्ट्रिय राजमार्गको सीमा निर्धारण गर्न सरकारको ध्यानाकर्षण गरेका छन् ।

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले राष्ट्रिय राजमार्गको सीमा निर्धारणका सन्दर्भमा ख्याल गर्नुपर्ने बताए ।

हाल मुलुकमा बनिरहेका राष्ट्रिय राजमार्ग र तिनको सीमाका सन्दर्भमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठले जवाफ दिनुपर्ने उनको माग छ ।

पहाडी लोकमार्ग, मदन भण्डारी राजमार्ग, हुलाकी राजमार्गको १२ मिटर चौडाइ गरिएको स्मरण गर्दै उनले भने, ‘जिल्लास्तरका सडकहरु ६ लेनका हुने राष्ट्रिय राजमार्ग दुई लेनका हुने ? हामी के सन्देश दिन खोजिरहेका छौं ?’

राजमार्गको सीमा निर्धारण नगरिनु राज्यको हेलचेक्य्राइँ भएको उनको भनाइ छ । ‘राष्ट्रिय राजमार्गको सीमा किन निर्धारण गरिएको छैन । यसरी राष्ट्रको रकममा हेलचक्याईं गर्न मिल्छ ? यो रकमको दुरुपयोग हो,’ उनले भने ।

देशकाे पुरानाे हुलाकी सडक झन्डै ६५ सालदेखि निर्माण कार्य सुरु भएपनि हाल सम्म निर्माण सम्पन्न नभएकाे वताए । उनले हाल पनि साे सडककाे बिच बिचमा पुलहरु निर्माण भएकाे वताउँदै यस्ताे विभेद किन ? प्रशन समेत गरे ।

फरार प्रतिवादी धाेबिनीका कुर्मी पक्राउ

वीरगंज । पर्सा प्रहरीले बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी एक जनालाई पक्राउ गरेकाे छ । 

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएकाे प्रहरी टाेलीलले पर्साकाे धाेबिनी गाउँपालिका वडा नं. ३, हरिहरपुर निवासी ३० बर्षिय सुजित राउत कुर्मीलाई पक्राउ गरेकाे हाे । 

सूचना परिचालन तथा प्रहरी कारवाहीको सिलसिलामा शनिबार विहान ०९:३० बजेको समयमा कुर्मीलाई धाेबिनी गाउँपालिकाकाे वडा नं. ४ लंगडीबाट पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले जानकारी दिए ।

बैंकिङ कसुर मुद्दामा ३ दिन कैद र रु २५ लाख जरिवाना तोकि वारदात पश्चात फरार रहेका कुर्मी लुकीछिपी बस्दै आएको अवस्थाबाट पक्राउ गरी आवश्यक कारवाहीको लागि साेही दिन पर्सा जिल्ला अदालतमा उपस्थित गराइएको प्रवक्ता थापाले वताए ।

बीवाईडी कम्पनीको गाडी खरिद गर्न सिटिजन्स बैङ्कले फाइनान्सिङ सुविधा उपलब्ध गराउने

वीरगंज । बीवाईडी अटो इन्डस्ट्री कम्पनी लिमिटेडद्वारा उत्पादित सवारी साधन खरिद गर्ने ग्राहकका लागि सिटिजन्स बैङ्क लिमिटेडले फाइनान्सिङ सुविधा उपलब्ध गराउने भएको छ ।

नीरज अटोमोबाइल्स प्रालिले सिटिजन्स बैङ्क लिमिटेडसँग बीवाईडी कम्पनीका सवारी साधन खरिद गर्ने ग्राहकका लागि फाइनान्सिङ सुविधा उपलब्ध गराउने सम्झौता गरेको हो । नीरज अटोमोबाइल्स प्रालि बीवाईडी कम्पनीको सवारी साधनको आधिकारिक विक्रेता कम्पनी हो ।

सोमबार भएको सम्झौता पत्रमा नीरज अटोमोबाइल्सको तर्फबाट सञ्चालक आकाश सर्राफ र सिटिजन्स बैङ्कको तर्फबाट मधेस प्रदेशका पीएम नितेश खड्कीले हस्ताक्षर गरेका छन् ।

नीरज अटोमोबाइल्सले सिटिजन्स बैङ्कसँग बीवाईडी अटो इन्डस्ट्री कम्पनी लिमिटेडद्वारा उत्पादित विभिन्न मोडेलको विद्युतीय गाडीको फाइनान्सिङ सुविधाका लागि सम्झौता गरेको जनाएको छ । सम्झौताअनुसार ग्राहकले सिटिजन्स बैङ्क मार्फत बीवाईडी कम्पनीको गाडी खरिद गर्दा फाइनान्सिङ सुविधा प्राप्त गर्ने छन् ।

सिटिजन्स बैङ्कले न्यूनतममा १ प्रतिशत ब्याजदर थपेर बीवाईडी कम्पनीको गाडीमा ८० प्रतिशतसम्म अटो कर्जा उपलब्ध गराउने भएको छ । जहाँ ऋणको अवधि ८ वर्षको हुनेछ । ग्राहकहरूले अटो कर्जाको लागि आवश्यक कागजातहरू सहित नजिकैको सिटिजन्स बैङ्क शाखामा गएर आवेदन दिन सक्नेछन् ।