Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

अशाेक राई नेतृत्वका जसपा वीरगंजका उपाध्यक्ष गुप्ता र ईकाई अध्यक्ष कानुले छाडे पार्टी

spot_img
spot_img

वीरगंज । अशाेक राई नेतृत्वकाे जनता समाजवादी पार्टी (जसपा) वीरगंज महानगरपालिकाका उपाध्यक्ष लखन लाल गुप्ता र वीरगंज–१० वडा इकाई अध्यक्ष जोगिन्द्र प्रसाद साह कानुले पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिएका छन् ।

दुबै जनाले व्यक्तिगत कारण र पारिवारिक व्यस्तताको कारण देखाउँदै पार्टीको साधारण सदस्यबाटसमेत अलग हुने घोषणा गरेका हुन् ।

लखन गुप्ता विगत १७ वर्षदेखि जसपाको विचार, नीति र सिद्धान्तप्रति समर्पित रही सक्रिय राजनीतिमा संलग्न थिए । उनले पार्टीका विभिन्न आन्दोलन, संघर्ष र कार्यक्रमहरूमा अग्रणी भूमिका निर्वाह गर्दै आएका थिए । पछिल्लो समय व्यक्तिगत कारणले पार्टी गतिविधिमा पूर्ण रूपमा संलग्न हुन नसकेको भन्दै उनले राजीनामा दिएका हुन् ।

राजीनामा पत्रमा गुप्ताले लेखेका छन्, “विगत केही समयदेखि म आफ्नो निजी जिम्मेवारी र पारिवारिक व्यस्तताका कारण पार्टीको कार्य र जिम्मेवारी पूरा गर्न असमर्थ महसुस गरिरहेको छु । त्यसैले म आजैको मितिदेखि पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा पेश गर्दछु ।”

यसैगरी, वीरगंज महानगरपालिकाकाे वडा नं. १० का इकाई अध्यक्ष जोगिन्द्र साह कानुले पनि समान कारण उल्लेख गर्दै राजीनामा दिएका छन् । दुबै नेताले आफ्नो राजीनामा पत्र पार्टीको केन्द्रीय कार्य समिति, मधेश प्रदेश समिति, जिल्ला समिति र नगर समितिलाई बोधार्थ पठाएका छन् ।

खानेपानी मन्त्री प्रदिप यादव निकटका दुबै जनाकाे एकैपटकको राजीनामाले उनलाई समेत असर पर्ने देखिएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भन्सारबाट सस्तोमा सामान दिलाइदिने भन्दै ठगी गर्ने प्रविण साह पक्राउ

वीरगंज । वीरगंज भन्सारबाट लिलाम हुने सवारीसाधन तथा घरायसी सामान सस्तो मूल्यमा दिलाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले एक जना बिचौलियालाई पक्राउ...

कांग्रेसको सहमहामन्त्रीमा अजय चौरसिया विजयी

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साका नेता अजयकुमार चौरसिया मधेसीतर्फको सहमहामन्त्री पदमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी महेन्द्र यादवलाई २३४ मतले पराजित...

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, फेरि काजीको बिहेको चर्चा

वीरगंज । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर सार्वजनिक भएसँगै प्रेम र विवाहमा पटक–पटक असफल...